लन्डन । कारबाओ कपका नामले परिचित इंग्लिस फुटबल लिग वा लिग कपअन्तर्गत बुधबार राति भएको खेलमा टोटेनह्यामसँग लिभरपुल पराजित भएको छ । टोटेनह्यामको रंगशालामा भएको पहिलो लेगको सेमिफाइनल खेलमा खेलको उत्तराद्र्धमा टोटेनह्यामले गोल गरी १–० गोल अन्तरले खेल जितेको छ । तथापि यी दुई बीच हुने दोस्रो खेलले फाइनल यात्रा तय गर्नेछ ।
निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा इङलिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुलले निरन्तर आक्रमण गरेको थियो । खेलको ८६औँ मिनेटमा टोटेनह्यामका फर्वार्ड लुकास बर्गभ्यालले डिबक्स भित्रबाट प्रहार गरेको बल गोलमा परिणत भएको थियो । खेल अवधिमा झण्डै ६१ प्रतिशत अवधि लिभरपुलले बललाई आफ्नो नियन्त्रणमा राखी १४ पटक टोटेनह्यामको पोस्टमा प्रहार गरेको थियो । टोटेनह्यामका गोलरक्षक र डिफेन्सले यी आक्रमणलाई निस्तेज बनाएका थिए ।
यी दुई टिमबीच अब ७ फेब्रुअरीमा लेगको दोस्रो खेल हुनेछ । यस्तै, अर्को सेमिफाइनल खेलमा आर्सनल न्यूक्यासलसँग २–० गोलले निराश बन्यो । न्यूक्यालका लागि अलेक्जान्डर इसाक र एन्थोनी गोर्डोनले गोल गरेका थिए । यी दुई टिमबीच ६ फेब्रुअरीमा दोस्रो लेगको खेल हुनेछ ।
प्रतिक्रिया