काराबाओ कप : इसाकको उत्कृष्ट लय कायमै

काठमाडौँ । काराबाओ कप सेमिफाइनलको पहिलो लेगमा न्यु क्यासल युनाइटेडले आर्सनललाई २–० ले हराएको छ । पछिल्लो समय सानदार फर्ममा रहेका अलेक्जेन्डर इसाकको खेल उत्कृष्ट थियो । ५ फेब्रुअरीमा घरेलु भूमिमा न्यु क्यासलले दोस्रो लेग सेमिफाइनल खेल्नेछ ।
इसाकले पछिल्ला १५ खेलमा १४ गोल गरे भने न्यु क्यासलले सबै प्रतियोगितामा गरेर लगातार सातौँ जित हात पारेको हो । मंगलबार राति भएको खेलको ३७औँ मिनेटमा ज्याकोब मर्फीको पासमा इसाकले गोल गरेका थिए ।

खेलको ५१औँ मिनेटमा इसाकको प्रहार डेभिड रायाले बचाएपछि रिबाउन्डमा एन्थोनी गोर्डनले गोल गरे । बुधबार अर्को सेमिफाइनलमा पहिलो लेगमा टोटनहाम हस्टस्पर्सले घरेलु भूमिमा लिभरपुलसँग खेल्नेछ ।

वर्षको अन्त्यमा नै इसाकको सानदार फर्मको बारे र्चा भएको थियो । डिसेम्बर महिनामा नै उनको फर्मका कारण न्यू क्यासलले नयाँ उचाइ पाएको हो ।
डिसेम्बर महिनामा खेलिएका प्रिमियर सिपमा ६ खेलमा २५ वर्षीय इसाकले ८ गोल गरे । साथै उनले २ एसिस्ट पनि गरे । प्रिमियर सिपको सर्वाधिक गोलकर्ताको होडमा उनी डिसेम्बर महिनामा नै तेस्रो स्थानमा उक्लिएका थिए । अहिले पनि उनी तेस्रो स्थानमा नै छन् । पहिलो स्थानमा रहेका लिभरपुलका मोहम्मद सलाहले १८ तथा दोस्रो स्थानमा रहेका म्यानचेस्टर सिटीका एर्लिङ हलान्डले १६ गोल गरेका छन् । चेल्सीका कोल पालमर, इसाक र ब्रेन्टफोर्डका एमबुमोले समान १३ गोल गरेका छन् ।

२०२४ क्यालेन्डर इयरमा भने उनले २५ प्रिमियर सिप गोल गरे । त्यस भन्दा बढी हलान्ड र पालमरले मात्र गोल गरेका छन् । हलान्डले २७ तथा पालमरले २६ गोल गरेका छन् । उनी क्यालेन्डर इयरमा सबै भन्दा धेरै गोल गर्ने न्यू क्यासलको खेलाडीको रुपमा कीर्तिमान कायम गर्न समेत सफल भएका छन् । इसाक अहिले २५ वर्षका भए र शारीरिक रूपमा पनि उनी तन्दुरुस्त छन् । यसकारण अबको केही समय उनी अझ राम्रो लयमा रहने अनुमान गरिएको छ ।

डिसेम्बर महिनामा नै उनको बेजोड फर्मका कारण उनी प्रिमियर सिपका उत्कृष्ट फरवार्ड हुन् या होइनन् भन्ने बहस उठन् थालेको छ । उनी ६९औँ खेलमा सहभागिता जनाउदा क्लबे गरेको ५० गोलमा सरिक भएका थिए । उनले त्यो सफलात म्यानचेस्टर युनाइटेडसँगको खेलमा पाएको २–० को जितको समयमा पाएका थिए । यस अर्थमा उनले यस क्रममा ४३ गोल गरेका थिए भने ७ एसिस्ट गरेका थिए ।

सन् २०२२ मा न्यूक्याशद पुगेका इसाकले त्यस पछि एकसे एक सानदार प्रदर्शन गरेका छन् । आफूलाई अब्बल फरवार्डको रुपमा स्थातिप गरेका छन् । सबै भन्दा महत्वपूर्ण पक्ष भनेको इसाकले लिभरपुल, आर्सनल, नटिङघम फरेस्ट र चेल्सीको विरुद्धमा गोल गरेका छन् । यी तालिकाको शीर्ष ४ स्थानमा छन् । न्यू क्यासल पाँचौ स्थानमा छ । टोटनहाम अस्टन भिल्ला र म्यानचेस्टर युनाइटेडको विरुद्धमा पपनि उनले गोल गरे । यस सिजन इसाकको उत्कृष्ट फर्म र न्यू क्यासलको सानदार लय अझ हेर्न लायक हुने छ ।

प्रतिक्रिया