अमेरिकामा आतंककारी हमला हुन सक्ने वर्तमान बिग्रँदो अवस्था

लोकनारायण सुवेदी

नयाँ वर्ष २०२५ अमेरिकाका लागि शुभ संकेत लिएर आएको देखिँदैन । किनभने यो सुरु भएको सालको प्रारम्भमा नै विभिन्न आतंकारी किसिमका घटनाहरु भएको देखियो । त्यसैले एकथरी विश्लेषकहरु भनिरहेका छन् कि अमेरिकामा आतंकवाद, हिंसा र प्रतिरोधका जस्ता घटनाहरु यस सुरु भएका घटनाहरु घटे त्यसले अमेरिकामा आतंकारी घटना घट्न सक्ने अनुमान गरिरहेका छन् ।

यही जनवरी २० मा अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले दोश्रो कार्यकालका लागि सपथ लिँदैछन् । त्यसअघि नै त्यहाँ विभिन्न अनौठो लाग्ने किसिमका घटनाहरु घटिरहेका छन् । हुन सक्छ कि ती घटनाहरु श्रृंखलाबद्ध र सुनियोजित हुन् । के पनि भनिँदै छ भने अमेरिकामा केही शक्तिहरु यतिबेला डोनाल्ड ट्रम्पमाथि केही निश्चित नीतिहरु अनाउनका लागि निकै दबाब पनि दिइरहेका छन् ।

यो नव वर्ष २०२५ सुरु हुनासाथ पहिलो घटना अमेरिकाको न्यू ओर्लियन्समा भयो त्यसलाई निश्चितरुपमा ‘जेहादी आतंकवाद’ भन्न सकिने एकथरीको निष्कर्ष छ । दोश्रो घटना लास भेगासमा ट्रम्प होटलको मूख्य द्वारमा वाहन विस्फोटनको माध्यमबाट घटाइएको देखियो । न्यू ओर्लियन्सका हमलाकारी शामसद्दीन जब्बार अमेरिकी सरकारी सेवामा सूचना प्रौद्योगिकी सहायककोरुपमा सेवा गरिसकेका व्यक्ति थिए । अमेरिकी सेनामा तिनको कार्यकाल एक दशक जतिको रहेको बताइएको छ ।

अर्कोतिर ट्रम्प होटलको घटनाको हमलाकारी मेथ्यू लिभेहसबर्गर भने वर्तमानमै अमेरिकी सेनामा कार्यरत रहेका थिए । ती दुवै अमेरिकी सेनामा कार्यरत व्यक्तिहरुले आफ्नो सैनिक सेवाको कार्यकालमा विभिन्न मोडलहरुबाट सम्मानित पनि भइसकेका रहेछन् । त्यस प्रकारका गम्भीर हमला भइसक्दा पनि अमेरिकी अधिकारीहरुले भने यसलाई त्यति गम्भीरताका साथ लिएर सही समीक्षा नगरिएको र हल्काफुल्का किसिमले लिएको देखिँदैैछ ।

ती घटनाहरु अमेरिकाको युद्धपरस्त नीतिहरु र प्यालेस्टिनमा उत्पन्न भइरहेको मानव त्रासदीलाई वेवास्ता गरिएको परिणमस्वरुप भएको हुन सक्ने कुरामा ध्यान दिएको पनि देखिँदैन भन्ने विश्लेषकहरुको निष्कर्ष छ ।
वास्तवमा गएको वर्ष फेब्रुअरी महिनामा एक–एक कार्यरत वायु सैनिक बुसनेलले वासिङ्टनमा इजरायली दूतावासका अगाडि आत्मदाह गरेर आफ्नो ज्यान दिएको थियो ।

आफूलाई आगाको ज्वालाले लपेटिरहेको उसले पेलिस्टिनी जनताको मुक्ति र स्वाधीनताको पक्षमा नारा लगाउँदै आफ्नो ज्यान दिएको थियो । आफ्नो यस अतिवादी कदम चाल्नुभन्दा पहिला उसले के भनेको थियो भने ऊ प्यालेस्टिनी जनताको नरसंहारमा सामेल हुन सक्तैन । यो कुरा वास्तवमा अमेरिकी सरकारका लागि खतराको घण्टी थियो । तर अमेरिकाको राजनीतिक संयन्त्र र सञ्चारतन्त्रले बुसनेलको त्यो बलिदानकाप्रति कुनै वास्ता गरेन ।

आँखा चिम्लेर बस्यो । यदि एक जना अमेरिकी सैनिक प्यालेस्टिनमा हजारौँ बालबच्चा र महिलाहरुको मृत्युबाट क्षुब्ध हुन सक्छ भने अरु सर्वसाधारण तथा आम मानिसहरुको मन मस्तिष्कमा कत्तिको ठूलो असर पर्दो हो त्यस कुरालाई गम्भीरतापूर्वक लिएको देखिएन । यति मात्र कहाँ हो र अमेरिकामा विगत १५ पहिनादेखि जनस्तरमा खासगरी त्यहाँका विभिन्न शहरहरुमामा अमेरिकी यूवा–विद्यार्थीहरुले चलाइरहेको युद्ध विरोधी प्रदर्शनप्रति पनि सरकारले बेवास्ता गर्दै रह्यो ।

तथ्यांकको दृष्टिले हेर्दा पनि प्यालेस्टिनको गाजा तथा लेबनान र सीरियामा भएको जन हत्या र हानी विश्वमा पहिला पहिलाका यस्ता घटनाहरुभन्दा कम भएको होस् । तर अमेरिकामा के कुरा पहिलो पटक भएको छ भने सामाजिक सञ्जाल (सोशियल मिडिया)को पूरै निगरानीमा यो अहिलेको मानव त्रासदी सबैका सामुमा आइरहेको छ । प्रत्येक दिनजसो लाखौँलाख मानिसहरु त्यसमा पनि निर्दोष बालबच्चाहरु र महिलाहरुका क्षतविक्षत शशहरु प्रत्यक्ष देखिने गरेका छन् ।

हुन पनि यतिबेला पूरै गाजा क्षेत्र डरलाग्दो खण्डहरमा परिणत भइसकेको छ । एक जना सैन्य विशेषज्ञका अनुसार प्यालेस्टिनमा जति बम खसालिएका छन् त्यसबाट भएको भयावह क्षति हेर्दा त्यो ५–६ वटा शक्तिशाली परमाणु बम खसालेजति नै छ । आत्म रक्षाको नाममा मृत्युको यो भयंकर ताण्डवबाट आम जनमानसमा ठूलो र त्रासद आहत पुगिरहेको छ । तर पनि मानिसहरु बिवस र सहाराहीन जस्तो असैह्य अबस्थाबाट गुज्रिरहेका छन् । यसै परिप्रेक्षमा वर्तमानमा अमेरिकामा घटिरहेका त्रासदी घटनाहरुलाई बुझ्नु र त्यसको आकलन बढी सही हुन्छ ।

यस्तो दुःखद परिप्रेक्षमा अमेरिका र पश्चिमा देशहरुमा फेरि पनि ‘जेहादी आतंकवाद’को खतरा मडारिने ढोल पिटिँदैछ । तर के आत्म चिन्तन भइरहेको देखिँदैन भने अफगानिस्तान, इराक, लिबिया, सिरिया र लेवनानमा धार्मिक कट्टरतालाई कसले बढावा दियो ? ती देशहरुमा किन एकतर्फीरुमा र मनोमानी तरीकाले सैन्य हस्तक्षेप गरिँदै आयो । हालसालै बंगलादेश र सिरियामा धर्मनिरपेक्ष सरकारहरुलाई सत्ताबाट च्यूत गरियो । कतिपय परिपक्क जानकार विशेषज्ञहरुको के प्रष्ट मान्यता रहेको देखिन्छ भने यी सबै घटनाक्रमहरुमा अमेरिका र पश्चिमा देशहरुको निश्चित र प्रत्यक्ष तथा परोक्ष भूमिका रहेकै छ ।

त्यसैले यतिबेला सीरियामा बशल अल असदको स्थानमा विद्रोही अर्थात जेहादी नेता अबू मोहम्मद जोलानी सत्तामा जमेका छन् । अनि पश्चिमा देशका सञ्चार माध्यमहरु भने आजभोली तिनको छबी सुधार्नमा लागेका देखिन्छन् । तर आउँदा दिनहरुमा यो कुरा अझ स्पष्ट हुँदै जाने देखिन्छ कि पश्चिमा देशहरुले मध्यपूर्वमा कस्तो भस्मासुर तयार गरिरहेका छन् ।

अनि यता बंगलादेशमा पनि यस्तै यस्तै खालको स्थिति देखापरेको जानकारहरुको पछिल्लो आँकलन छ । त्यहाँ शेख हसिनाको स्थानमा सेना र इस्लामी तत्वहरुको कठपुतलीका रुपमा मोहम्मद युनूसलाई सत्तारुढ गराइएको भनिन्छ । त्यहाँ इस्लामी धार्मिक कट्टरताबादीहरुको एक किसिमको ताण्डब नै चलिरहेको छ । त्यसको शिकार त्यहाँका हिन्दू अल्पसंख्यक बनिरहेका छन् ।

त्यहाँ पनि तत्कालीनरुपमा बंगलादेशको घटनाक्रम पश्चिमा देशहरुको भू–रणनीतिक हित अनुकूल रहेको होस् तर त्यसको दूरगामी परिणाम भयावह हुन सक्ने गम्भीर आकलन पनि बिश्लेषहरुबाट गरिँदैछ । त्यसले गर्दा दक्षिण एशियाका अन्य देशहरु र वरिपरकिा छिमेकी देशहरुमाथि पनि खतरा मडारिएको गम्भीर र अशुभकारी निष्कर्श निकालिँदै छ । त्यसैले तेश्रो विश्वका देशहरुले अत्यन्तै सतर्क, सावधान र एकताबद्ध रहनुपर्ने अपूर्ब स्थिति विकसित भइरहेको छ ।

प्रतिक्रिया