कृषि भन्नेबित्तिकै हामी माटो सम्झन्छौँ । माटो भनेको एक माध्यम मात्र हो, जसबाट बिरुवाले आफूलाई आवश्यक पर्ने खनिज र पानी प्राप्त गर्छ । हाइड्रोपोनिक्स पानीलाई माध्यम बनाएर र एरोपोनिक्स हावालाई माध्यम बनाएर बाली उब्जाउने प्रक्रिया हो । यसमा बिरुवालाई आवश्यक पर्ने तत्वहरू पानीमा घोल बनाएर वा वाफको रूपमा छर्केर उब्जाउ गरिन्छ । हाइड्रोपोनिक्स र एरोपोनिक्स तरिकाबाट बाली उत्पादन गर्दा माटोको आवश्यक पर्दैन । यस तरिकाबाट बिरुवामा हुने संक्रमण कम साथै माटोको गुणस्तर कम भएको ठाउँमा पनि उब्जाउ गर्न सकिन्छ ।
हालै गरिएको एक सर्वेक्षणले नेपालमा १ जना प्राविधिक बराबर २ हजार ५०० कृषक रहेको देखाउँछ । हाम्रो देशमा ६५ दशमलव ६ प्रतिशत जनता कृषिमा आवद्ध छन्, तैपनि खाद्यान्न आयात गर्नु परिरहेको छ । नेपालको कुल जनसंख्याको १८ प्रतिशत जनता गरिबको रेखामुनि छ । उता ६० प्रतिशतभन्दा माथि मरुभूमि भएको इजरायलमा भने ४ प्रतिशत जनता कृषिमा आवद्घ छन्, तैपनि इजरायलले आफ्नो उत्पादनको ९० प्रतिशत खाद्यान्न निर्यात गर्छ ।
कतिपय देशले मरुभूमिलाई हराभरा बनाएर कृषि क्रान्ति गर्दै गर्दा हाम्रो खेतीयोग्य जमिन भने बिखण्डीकरण र मरुभूमीकरण हुँदै गइरहेको छ । नेपाल कृषि भूमिको प्रचुरता भएको देश हो । नेपाली अर्थतन्त्रको मेरुदन्डको रूपमा रहेको कृषि क्षेत्रले कुल ग्रार्हस्थ उत्पादनको करिब २७ प्रतिशत हिस्सा ओगटेको छ । करिब ६५ प्रतिशत नेपालीको मुख्य पेसाको रूपमा कृषि क्षेत्र रहेको छ ।
नेपालमा कुल भू–भागको २१ प्रतिशत खेती गरिएको, ७ प्रतिशत खेती नगरिएको खेतीयोग्ग जमिन छ । नेपाल कृषिप्रधान मुलुक हो भनी सुन्दै र पढ्दै आए तापनि आजको २१औँ शताब्दीमा पनि नेपालमा अधिकांश कृषकले परम्परागत शैलीमा नै कृषि गर्ने गरेको पाइन्छ । कृषि पेसाभन्दा नाक खुम्च्याउने, पढेलेखेकाले खेतबारीमा काम गर्न नहुने सोचहरूले कृषि क्षेत्रलाई झन् खुम्च्याउँदै लगेको छ । बढ्दो जनसंख्या र माग अनुरूप कृषि उत्पादन बढ्न नसक्दा बजार भाउ आकासिनुले बेला–बेला भोकमरीको समस्या पनि देखापर्ने गर्छ । त्यसकारण कृषिलाई पेसाकै रूपमा अँगाल्दा यसको व्यवसायीकरणतर्फ ध्यान दिनु र आधुनिक उपकरण, प्रविधिको प्रयोग गर्नु अत्यन्तै आवश्यक देखिन्छ ।
कृषि क्षेत्रबिना मानव जीवन त परिकल्पनासमेत गर्न सकिँदैन । त्यसैले होला विकसित राष्ट्रहरूमा अनेक रोचक र चाखलाग्दा अनुसन्धान भइरहन्छन् र नयाँ–नयाँ प्रविधिले जन्म लिरहन्छन् । जसमध्ये अहिले कृषि क्षेत्रमा प्रयोग हुन थालेको ड्रोनको प्रविधिले तहल्का मच्चाउन थालेको छ ।
ड्रोनमा लागेका विभिन्न प्रकारका सेन्सरले बालीमा लाग्ने रोग र कीराहरू सजिलो रूपमा पत्ता लगाउन सकिन्छ । ड्रोनका सहायताले जमिनको क्षेत्रफल सजिलै विश्लेषण गर्न सकिन्छ । ड्रोनको सहायताले विरुवामा विषादी पनि छर्न सकिन्छ जो धेरै प्रभावकारी र छिटो छ । ब्रिटेनका किसानले पशुपक्षी हेर्नका लागि ड्रोनको प्रयोग गर्ने गर्छन् । त्यस्तै प्रदुषण कम गर्न र कृषि उत्पादन वृद्धि गर्न ड्रोन एउटा विकल्प पनि हो । ड्रोन एक आधुनिक युगको चालकरहित विमान हो । यसलाई रिमोट अथवा कम्प्युटरमार्फत् चलाउन सकिन्छ । एक सामान्य ड्रोनमा ४ वटा पंखाहरू हुन्छन् । यसकारण यसलाई क्वाड कप्टर पनि भन्ने गरिन्छ ।
मानिसले लाउने अन्डरवेयरको प्रयोग कृषि क्षेत्रमा हुन थालेको छ । स्विटजरल्यान्डमा बायोडिग्रेडेबल अन्डरवेयरसम्बन्धी अध्ययन गरिएको छ, जहाँ हजारौँ जोडी सेता कपासको अन्डरवेयर बगैँचामा गाडिएको छ । यो माटोको स्वास्थ्य नाप्नको लागि अत्याधुनिक उपाय हो । राज्य अनुसन्धान संस्थान एग्रोस्कोपका वैज्ञानिकहरूले पछि फोहोर नभएको खण्डहरू पत्ता लगाउनेछन् र विश्लेषण गर्नेछन् । वैज्ञानिकहरूका अनुसार ती अन्डरवेयर पृथ्वी सतहमुनि गाड्ने र सानो जीवहरूले कपडा कति हदसम्म खाएको छ भनी हेर्ने र अनुसन्धान गरिनेछ । कमरब्यान्ड र सिमरबाहेक, यस्ता टेस्ट अन्डरवेयर जैविक कपासबाट बनेका छन् र १०० प्रतिशत बायोडिग्रेडेबल छन् । यो पदार्थ माटोमा भएका विभिन्न सूक्ष्म जीवहरूको लागि खाद्यान्न स्रोतको रूपमा काम गर्न सक्छ । जति धेरै अन्डरवेयरमा प्वाल भयो वा छिद्र भयो त्यहाँ अधिक सक्रिय सूक्ष्मजीवहरू माटोमा बस्दछन् भन्ने कुरा पुष्टि हुनेछ र त्यहाँको माटो बाली बिरूवाका लागि उपयुक्त भएको निष्कर्ष निस्कनेछ ।
यसैगरी भर्टिकल्चर फार्मिङ विशेष गरी थोरै जग्गा उपलब्ध भएको ठाउँमा आधुनिक प्रविधिको प्रयोग गरी ठाडो रूपमा तला–तला बनाएर उब्जाउ गरिने प्रक्रिया हो । यो खेती प्रणालीमा कृत्रिम वातावरण प्रदान गरिनुका साथै तापक्रम, हावापानीसमेत नियन्त्रण गरिन्छ र जस्तोसुकै बिरुवाहरू उत्पादन गर्न सकिन्छ । पृथ्वीमा बढ्दो जलवायु परिवर्तनले कृषिमा पारेको प्रभावले र असर गर्दा कृषि उत्पादन वृद्धि गर्न यसको उपयोगिता बढ्दो छ ।
कृषि भन्नेबित्तिकै हामी माटो सम्झन्छौँ । माटो भनेको एक माध्यम मात्र हो, जसबाट बिरुवाले आफूलाई आवश्यक पर्ने खनिज र पानी प्राप्त गर्छ । हाइड्रोपोनिक्स पानीलाई माध्यम बनाएर र एरोपोनिक्स हावालाई माध्यम बनाएर बाली उब्जाउने प्रक्रिया हो । यसमा बिरुवालाई आवश्यक पर्ने तत्वहरू पानीमा घोल बनाएर वा वाफको रूपमा छर्केर उब्जाउ गरिन्छ । हाइड्रोपोनिक्स र एरोपोनिक्स तरिकाबाट बाली उत्पादन गर्दा माटोको आवश्यक पर्दैन । यस तरिकाबाट विरुवामा हुने संक्रमण कम साथै माटोको गुणस्तर कम भएको ठाउँमा पनि उब्जाउ गर्न सकिन्छ । यस्तो माध्यममा लगाइएका बिरुवाको उत्पादन क्षमता पनि तुलनात्मक रूपमा बढी हुन्छ ।
नेपालमा मात्र नभएर अन्य मुलुकहरूमा पनि सहरीकरण तीव्र रूपमा बढिरहेकोले सहरी खेतीको आवश्यकता पनि सोहीअनुसार बढिरहेको छ । सहरमा प्रशस्त खेतीयोग्य जमिनको अभाव हुनाले व्यावसायिक खेती गाह्रो पर्छ, तर प्रत्येक परिवारले घरको कौसी वा बरन्डामा माटो जम्मा गरी बाली वा तरकारी लगाउँदा घरको आवश्यकता केही हदसम्म पूर्ति गर्न सकिन्छ । धेरै परिवारले कौसी खेती अबलम्बन गरेमा बजारमा मागको कमी आई महँगी नियन्त्रण गर्न पनि सकिन्छ । साथै परिवारको खर्च पनि कटौती गर्न सकिन्छ ।
आधुनिक औजार र उपकरणको प्रयोगले मात्रै कृषि क्षेत्रले गुणात्मक रूपमा प्रतिफल हात पार्न सक्छ र कामदारको संख्या कटौती गरी लगानी कम गर्न सकिन्छ । एक सर्वेक्षणअनुसार १ प्रतिशत नेपालीहरूसँग मात्र ट्रयाक्टर, थ्रेसर र पावर ट्रेलर रहेको छ र करिब ७ प्रतिशत कृषकसँग मात्र पम्पसेट रहेको छ । तर विकसित राष्ट्रको कुरा गर्नुपर्दा एकै किसानको सयौँ हेक्टर जमिन हुन्छ र कृषि उत्पादन गर्दा चाहिने हरेक कृषि औजार जस्तै ट्रयाक्टर, हार्भेस्टर, सिडर, रिपर, स्पेयर आदि आफैँसँग हुन्छ ।
अमेरिकाको कुल जनसख्याको २ देखि ३ प्रतिशत जनताले मात्र कृषि पेसा अँगालेका छन् र देशलाई चाहिने अन्न पर्याप्त मात्रामा पु¥याएर निर्यात पनि गर्छन् । विभिन्न अध्ययन अनुसन्धानबाट बालीनालीका हाइब्रिड बिउ उत्पादन गरिएको हुन्छ । उच्च जातको बिरुवासँग क्रस गरी निकालिएका त्यस्ता बिउको उमार शक्ति बढी हुन्छ । रोगले सजिलै आक्रमण गर्न सक्दैन अनि प्रतिकूल मौसममा पनि सजिलै फल्न सक्छन् ।
पिपुल्स डेली अनलाइन २०२१ मा प्रकाशित समाचारअनुसार चिनियाँ वैज्ञानिकहरूले धानको नयाँ जात विकास गरेका छन् जुन दोस्रो पटक नरोपी धेरै पटकसम्म कटानी गर्न सकिन्छ । दक्षिणपश्चिम चीनको युन्नान प्रान्तका वैज्ञानिकहरूले विकास गरेको धानको जात प्रतिम्यु (६७६ वर्ग मिटर) जमिनबाट ६१६ केजी धान उत्पादन गर्न सकिन्छ, जुन स्थानीय क्षेत्रमा उब्जाइएको अन्य जातका धानको औसत उत्पादनभन्दा ८ प्रतिशत बढी हो ।
कृषि क्षेत्रबाट उत्पादित वस्तुले समयमै बजार पाउन नसक्दा खेर जाने सम्भावना हुन्छ । त्यसमाथि बिचौलियाको चलखेलले गर्दा वास्तविक किसानले उचित बजारभाउ पाउन सक्दैनन् । त्यसकारण कृषकमा बजारको ज्ञान हुनु आवश्यक छ । विकसित राष्ट्र अमेरिका, क्यानडा, चीन, नर्वेलगायत विकास उन्मुख राष्ट्र भारत, पाकिस्तान, नेपालमा र अन्य देशमा पनि सूचना प्रविधिको प्रयोगद्वारा दैनिक बजारभाउ किसानसमक्ष अपडेट गराउने गरिन्छ अनि बजारको समस्या नहोस् भनि निश्चित ठाउँमा कृषि बजार पनि खोल्न सकिन्छ ।
भौगोलिक सूचना प्रणालीले मौसमी अवस्था, वर्षाको तीव्रता, मौसम परिवर्तन सजिलै अनुमान गर्न मद्दत गर्दछ । कृषि क्षेत्रको उत्पादन वृद्धि गर्ने भौगोलिक सूचना प्रणालीको अहं भूमिका छ । यो प्रणालीले डाटाको ठूलो मात्रा समावेश गर्दछ र जुन सफ्टवेयरको रूपमा चिनिने कम्प्युटर उपकरणहरूमार्फत कार्य गर्दछ । अध्ययन गरिएको विशिष्ट वस्तु भनेको भौतिक ठाउँ हो र यस कारणले यसलाई भौगोलिक सूचना प्रणाली भनिन्छ । यो एक विशिष्ट सफ्टवेयर हो जसले प्रयोगकर्ताहरूलाई अन्तक्र्रियात्मक रूपमा परामर्श गर्न अनुमति दिन्छ ।
सन् १९६० दशकको सुरुमा पहिलो भौगोलिक सूचना प्रणाली क्यानाडालीहरूले भू–स्थल डेटा भण्डारण गर्न र क्यानाडाली ल्यान्ड इन्भेन्टरीको लागि नक्सा उत्पादन गर्न विकसित गरेको थियो । यो सूचना प्रणाली बाली लगाएको जमिनको अनुमान गर्न, बाली विकासको अनुगमन गर्न, माटो स्थिति अनुगमन गर्न, फसलको तथ्यांक पत्ता लगाउन, बालीहरूको संरक्षण गर्न, बालीनाली समस्याहरूको समाधान गर्न र किसानहरूलाई मौसम अनुकूल बालीकाबारे जानकारी दिन प्रयोग गरिन्छ ।
प्रतिक्रिया