लिभरपुलको सानदार जित

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले सानदार जित निकालेको छ । भएको खेलमा लिभरपुलले वेस्टहाम युनाइटेडलाई उसकै घरेलु मैदानमा ५–० गोलले हराएको हो । लिभरपुललाई जित दिलाउन लुइस डियाज, कोडी गाक्पो, मोहम्मद सलाह, अलेक्जान्डर आर्नोल्ड र डिओगो जोटाले १–१ गोल गरे । लिभरपुल १८ खेलबाट ४५ अंकका साथ शीर्षस्थानमा यथावत छ । वेस्टहाम १९ खेलबाट २३ अंकका साथ १३औँ स्थानमा छ ।

अर्को खेलमा म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई उसकै मैदानमा २–० गोलले हराएको हो । सिटीको जितमा सेभिन्हो र एर्लिङ हालान्डले गोल गरे । खराब लयबाट गुज्रिरहेको सिटीले जितसँगै १९ खेलबाट ३१ अंक जोडेको छ । सिटी तालिकाको पाँचौँ स्थानमा छ । लेस्टर १४ अंकका साथ १८औँ स्थानमा छ ।

आइतबारकै खेलमा टोटेनहम र वल्भ्सले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलको सातौँ मिनेटमा हि चानले गोल गर्दै वल्भ्सलाई सुरुआती अग्रता दिलाएका थिए । १२औँ मिनेटमा रोड्रिगो बेन्टन्कुरले गोल गर्दै घरेलु टोलीलाई १–१ गोलको बराबरीमा ल्याए ।

यस्तै, पहिलो हाफको इन्जुरी समयमा ब्रेनन जोनसनले गोल गर्दै टोटेनहमलाई २–१ ले अघि बढाए । यता, ८७औँ मिनेटमा योर्गन लार्सेनले गोल गर्दै वल्भ्सलाई बराबरीमा ल्याए । योसँगै टोटेनहम १९ खेलबाट २४ अंकका साथ तालिकाको ११औँ स्थानमा छ भने वल्भ्स १६ अंकका साथ १७औँ स्थानमा छ ।

प्रतिक्रिया