‘कुलुङ’ जाति सहजै आदिवासी जनजाति सूचीमा सूचीकृत भई सक्नुपर्ने थियो । किनभने, प्रतिष्ठानको ऐनले तोकेभन्दा पनि बढी आधारहरू रहेको छ । अर्थात् ‘कुलुङ’ जातिको ऐतिहासिक ‘महाकुलुङ’ भूमि पनि रहेको छ । त्यस्तै अरू जातिको भन्दा छुट्टै मातृभाषा पनि रहेको छ, फरक खालको भेषभूषा पनि रहेको छ । साथै ‘कुलुङ’ जातिको वंश वा पूर्खाहरू कहाँबाट आए ? सोको इतिहास र वंश–वृक्ष पनि रहेको छ ।
कुलुङ जातिको नयाँ वर्ष (नीङ दोङ) तथा मीनारी दाचाम् (नयाँ अन्न भित्र्याउने र खाने) ‘चाक्चाकूर’ पर्व हो चाक्चाकूर भनेको । यो हरेक पुस महिनाको १५, १६ र १७ मा पर्छ । नेपालका विभिन्न जातजातिमध्ये गुरुङ जातिको ‘ल्होछार’ पनि सोही मितिमै पर्ने भएकोले गर्दा कुलुङ जातिको नयाँ वर्ष (नीङ दोङ) चाक्चाकूर तथा मीनारी दाचाम् (नयाँ अन्न भित्र्याउने) ‘चाक्चाकूर’ पर्व ओझेलमा पर्ने गरेको छ । किन यस्तो भयो ? भन्दा गुरुङ जातिलाई नेपालको एक जाति हुन् भनी सरकारले ‘आदिवासी जनजातिको सूचीमा सूचीकृत गरेको छ । कुलुङ जातिलाई भने हालसम्म नेपालका अलग्गै जाति हुन् भनी आदिवासी जनजति सूचीमा सूचीकृत गरेर अलग्गै जातिको मान्यता दिइसकेको छैन ।
कुलुङ जातिले नयाँ वर्षलाई ‘नीङ दोङ भनी पुकार्छन् भने यसै अवसरमा ‘मीनारी–दाचाम् चाक्चाकूर’ पर्वलाई ३ दिनसम्म हर्षोल्लासका साथ मनाउने गर्छन् । कुलुङ जातिको आधिकारिक संस्था ‘नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघ (किरात कूलू गूसखोम)’ ले विसं २०६१, विसं २०६८ र विसं २०७८ मा गरेर ३ पटकसम्म सुनसरी जिल्लाको धरान उपमहानगर पालिका (सेउती पारि, पाँच कन्या) मा विशेष कार्यक्रम गरेको थियो । देशभरिका कुलुङ जातिका पिता–पूर्खा एवं विज्ञहरूको भेला आयोजना गरेर कुलुङ जातिले परम्परादेखि अपनाउँदै आएको वास्तविक र मौलिक चाडवाड, पर्वहरू, उत्सव, धर्मकर्म, संस्कार, संस्कृति, परम्परागत कानुन, रीतिथिति, रहनसहन, भेषभूषा, खानपान, बाजागाजा, गरगहना, परम्परागत कानुन, नाचगान, मेलापात, खेलकुद, हरेका ऋतुअनुसार गरिने परम्परागत विधि–विधान अदि इत्यादि केके हुन् ?, केके छन् ? ती सबै जीवित छन्–छैनन् ? भनी बृहत् रूपमा छलफल गर्न एवं कुलुङ जातिले मनाउने चाडवाड र पर्वहरूमा एकरूपता ल्याउन देशविदेशमा रहेका कुलुङहरूबीच जानकारी लिनेदिने निर्णय गरिएको छ । साथै नयाँ पिँढीलाई पनि कुलुङ जातिले मनाउने ‘मीनारी–दाचाम् चाक्चाकूर’ बारेमा प्रष्ट पार्न वा भनौँ बुझाउनका लागि बृहत् रूपमा जनचेतना पैmलाने कामहरू भइरहेको छ ।
कुलुङ जातिको जीवन चक्रअनुससार यही पुस १५ गतेखि ‘यले दोङ–५०८५’ सुरु भएको छ । कुलुङ जातिलाई हालसम्म नेपालका आममानिसले ‘राई !’ जाति भनेर चिन्ने, बुझ्ने गरेका छन् भने, कुलुङ भनेको चाहिँ ‘राई !’ भित्रको एक थर हो भनेर चिनेका, बुझेका छन्, त्यस्तो होइन । किनभने ‘राई !’ भनेको कुनै जात वा जाति नभएर ‘पद–पदवी–पगरी’ मात्रै हो । केही उदाहरण हेरौँ । जस्तै ः ‘प्रधानमन्त्री, प्रधानन्यायाधीश, न्यायाधीश, मन्त्री, मुख्य सचिव, सचिव, सांसद, मुख्यमन्त्री, प्रदेश प्रमुख’ आदि । २०६८ सालको ११औँ राष्ट्रिय जनगणनामा कुलुङ जातिको जनसंख्या २८ हजार ६१३ र कुलुङ मातृभाषीको संख्या ३३ हजार १७० रहेको छ । त्यस्तै गरेर २०७८ सालको १२औँ राष्ट्रिय जनगणनामा चाहिँ कुलुङ जातिको जनसंख्या केही बढेर ३३ हजार ३८८ आएको छ । कुलुङ मातृभाषी संख्या ३७ हजार ९१२ र पुर्खाको भाषा कुलुङ लेखाउनेको संख्या ४० हजार ४७९ रहेको छ ।
अभैm पनि नेपाल सरकारको मातहतमा रहेको र आधिकारिक मानिएको र, तत्कालीन स्थानीय विकास मन्त्रालयअन्तर्गत रहेको आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा भने कुलुङ जातिलाई छुट्टै जातिका रूपमा सूचीकृत गरिएको छैन । यसो हुनुमा ‘राई’ के हो ? कुलुङ के हो÷को हो ? भन्नेबारेमा वास्तविक कुरा बाहिर नआएकाले पनि हो । तर, हाल धेरै हदसम्म राई जाति नभएर विगतमा, खासगरी नेपालको भौगोलिक एकीकरणपछि शासकहरूले दिएको पगरी÷पदवी मात्रै हो भन्ने बारेमा सर्वसाधारण मान्छेहरूमाझ पनि प्रष्ट हँुदै गएको छ । कुलुङ को हुन् ? कुलुङ जातिको उत्पत्ति थलो कहाँ हो ? उनीहरूको ऐतिहासिक थलो भूमि छ÷छैन ? कुलुङहरू अन्य जातिसरह स्वतन्त्र जातीय अस्तित्व भएको छुट्टै जाति हो÷होइन ? कुलुङको जनसंख्या र मातृभाषी संख्या कति छन् ? जान्ने प्रयास गरौँ ।
बाहुनको थरहरूमा घिमिरे, पोखरेल, दवाडी, सापकोटा, हुमागाईं, दाहाल, कोइराला, ढुंगाना, अधिकारी, पन्त, लुईंटेल, लामिछाने आदि रहेको हुन्छ । त्यस्तै कुलुङ जातिभित्र पनि विभिन्न थर÷उपथरहरू रहेका छन् । जस्तै थीम्रा, लोवात्ती, ङोपोचो, तोङेर्बु, होनीत्ती, बूक्खो, सोम्फोरु, देउराम, लाम्लछा, ताम्बूछा, तोर्ङो, सैमालूङ, पीदीसै, सूर्वा, राजीत्ती, हीमार, रुखूपो, रीन्हो, तोमोछा, मोल्थो, कूबीत्ती, मोरोखू, वादीरी, थोरेप्पा, मोरोमूल, छेन्हो, मूलूखू, मान्थेर्बू, ओखोथी, सेकछा, थोमरोस, मान्थेर्बु, मोल्थो, वारोखु, गोक्तुलु, वालाखाम, वार्सी, फोवात्ती, हारीम्बू, गान्खू, रेम्नीसीङ, होङेलू, पीदीमू, बेलेर, छाप्दूलू, पोखोती आदि गरे ३८० वटाभन्दा बढी कुलुङका थर र उपथरहरू रहेका छन् । त्यसैले कुलुङ–कुलुङ बीचमै विवाहवारी हुने गर्छ ।
यसरी हेर्दा कुलुङ जाति सहजै आदिवासी जनजाति सूचीमा सूचीकृत हुनुपर्ने देखिन्छ । तर दुःखको कुरो अहिलेसम्म कुलुङ जातिलाई, प्रष्ठिानको ऐनले तोकेअनुसार आधार भएर पनि आदिवासी जनजाति सूचीमा भने सूचीकृत गरिएको छैन । कुलुङ जातिका सुरुका पूर्खाहरू ४ जना रहेका थिए । ती पूर्खाहरू क्रमशः १, छेम्सी । २, ताम्सी । ३, खप्दूलू । ४, राताप्खू हुन् । छेम्सीले सुरुमा ‘महाुकुलुङ भूमि’को छेम्सीमा, ताम्सीले छेस्खाममा, खप्दूलूले पेल्माङ–पिल्मोमा र राताप्खूले सत्तो–सोत्तो (हाल सोताङ) मा बसोबास सुरु गरे । पछिल्लोपटक भएको राज्य पुनर्संरचनापछि गाउँपालिका (गापा) को व्यवस्था भयो । सोअनुसार यी सबै गाउँहरू अहिले महाकुलुङ र सोताङ गाउँपालिकाभित्र पर्छ । माथि उल्लेख गरिएका कुलुङ जातिका ४ प्रमुख पूर्खाहरूभन्दा पहिले २३ वटा पूर्खाहरू रहेका थिए भन्ने कुलुङ जातिका पूर्खाहरूले बताउँदै आएका छन् । स्मरणीय छ, ‘किरात कूलू गूसखोम’ले तीनपटकसम्म पूर्खा सम्मेलन गरिसकेको छ ।
आदिवासी जनजनति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन’ (आजउराप्र) २०५८ को दफा २ (क) मा व्याख्या गरिएअनुसार ‘‘छुट्टै सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएको अनुसूची बमोजिमको जाति वा समुदाय सम्झनुपर्छ ।’ भनिएको छ । त्यसरी हेर्दाखेरि त धेरैअघि नै ‘कुलुङ’ जाति सहजै आदिवासी जनजाति सूचीमा सूचीकृत भई सक्नुपर्ने थियो । किनभने, प्रतिष्ठानको ऐनले तोकेभन्दा पनि बढी आधारहरू रहेको छ । अर्थात् ‘कुलुङ’ जातिको ऐतिहासिक ‘महाकुलुङ’ भूमि पनि रहेको छ । त्यस्तै अरू जातिको भन्दा छुट्टै मातृभाषा पनि रहेको छ, फरक खालको भेषभूषा पनि रहेको छ । साथै ‘कुलुङ’ जातिको वंश वा पूर्खाहरू कहाँबाट आए ? सोको इतिहास र वंश–वृक्ष पनि रहेको छ । त्यस्तै हामी भन्ने भावना, भेषभूषा, गरगहना, आप्mनै मौलिक धर्म, संस्कार, संस्कृति, रीतिरिवाज, परम्परागत कानुन, रहनसहन, चाडपर्व आदि पनि अरू जातिको भन्दा फरक रहेको छ ।
प्रतिक्रिया