आफूसँगै लामबद्द भएको देख्न चाहन्नन् ओली

बहुदलियताको नाममा निरंकुशताको शिखर चढदैछन् ओली

चमिना भट्टराई

पूर्वराष्ट्रपति भण्डारीसँग भेटेको सुइँको पाएपछि भने ओली रावलप्रति झन् विच्किएका हुन् । भण्डारी निकट हुने नेतालाई ओलीले निशाना बनाउने गरेको र यो क्रम रोकियोस भनेर पनि रावललाई बारबाही गरेर नेपाली उखानमा भने झै ‘नाङलो ठटाएर हात्ति तर्साउने,’ काम गरेको भनिएको छ । रावललाई हटाउनुको मुख्य कारण भण्डारीसँगको निकटता रहेको एमाले कै केही नेता स्वीकार गर्न थालेका छन् ।

यदि भण्डारीको निकटता कै कारण रावललाई हटाइएको हो भने, भण्डारीको सक्रियता र उनको भेटघाटमा अंकुश लगाउन ओलीले अब के गर्लान ? सत्तामा रजाँइ गरी रहेको देशेको ठूलो दल नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो जयजयकार मात्रै रुचाउँछन् भन्थे, उनका नजिकका । यसलाई गएको बुधबार एका एक उनको हठमा भएको पार्टी निर्णयले उनी आफैले त्यसको पुष्टि गरेका छन् । उनी हस, हुन्छ, हो, जस्ता शब्दका प्रिय हुन् । अरुले जानेको बुझेको वा त्यस अनुसारको धारणा राखेको उनलाई पटक्कै शैय हुँदैन । विगतमा दिनमा त्यही पार्टीमा रहदाँ उनका कयौं त्यस प्रकारको हर्कत भोगेको अनुभव छ ।

दुनियाँका तानाशहको इतिहास पढेको हो । उनीहरुका चरम महत्वकांक्षाका कारण देश र जनताले भोगेको र झेलेको दुखान्त धेरै पढियो । तर, यस प्रकारको तानाशाह नजिकबाट देख्दै छौं । राजनीतिमा पक्ष प्रतिपक्ष हुन्छ, बिचार सिद्धान्तको लडाइ हुन्छ त्यस क्रममा धेर थोर शक्ति र अवसरको लडाइ पनि सिमिन्छ नै । तर, आफ्ना अगाडी कसैलाई देख्नै नसक्ने, अरुका बिचार, धारणा, सुझाव आलोचना सुन्नै नसक्ने बहुदलवादी नामका कम्युनिस्ट नेता हुन् केपी ओली । आलोचनाको स्वर सुन्ने बित्तिकै चश्मा माथिबाट आँखा तर्ने र त्यसलाई पाखा लगाइ हाल्ने प्रवृद्धि भने अचम्मको ‘बहुदलवादी’ छ उनको । ‘जनताको बहुदलिय जनवाद’ जनवाद त्यो पनि बहुदलियको नाममा निरंकुशताको शिखर चढदैछन् ओली ।

पुस १० गते बुधबार बसेको एमाले सचिवालय बैठकमा आधादर्जन सदस्यले मधुरो स्वरमा अहिले कारवाही नगरौं भने, त्यसको कुनै सुनवाइ भएन, ओलीको जोडबलमा सचिवालयले पूर्वउपाध्यक्ष भीम रावललाई एमाले सदस्यताबाटै निष्कासन गर्यो । बैठकको सूचीमै नभएको विषय प्रवेश गराएर उनको साथमा स्थायी समिति सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई पार्टी जिम्मेवारीबाट ६ महिनाका लागि मुक्त गरियो । पार्टीको नाममा अध्यक्ष ओलीले जे गरे त्यसमा होमा हो नमिलाउनु र क्या वात नभनेका कारण अनुशासन नामको डण्डा उनीहरु माथि चलाइयो ।

कुनै समय थियो, नेकपा एमालेमा बैठक बस्दा ‘आलोचना र आत्मआलोचना’ बैठकका एजेण्डा बन्थे । बैठकदेखि बैठकसम्म आफू वा अरुले गरेका कमीकमजोरीमा क्षमा माग्ने र मगाउने काम हुन्थे । त्यसलाई सबैले सगर्व स्वीकार गर्थे । त्यसले पार्टी जिवन, संगठानिक ढाचालाई बलियो बनाउने र नेतृत्वलाई ठिक ठाउँमा राख्ने ठानिन्थ्यो । पछिल्लो समय त्यो शब्द हरायो, बिलाये । आलोचना सुन्नै नसक्ने नेता नेतृत्व आए । तयसै प्रकारको शैली विकास भयो । आकांक्षाको आकार यसरी बढ्यो कि त्यसलाई कसैले न नाप्न सके न मिलाउन ।

एमालेमा भिम रावलको दोष, ‘दसौँ महाधिवेशनमा अध्यक्ष पदमा ओलीलाई चुनौती दिए’ भन्ने देखाइयो । यसलाई पार्टीमा उपमहासचिवले प्रदिप ज्ञवालीले पुष्टि नै गरे । बैठक पछि पत्रकासँग निर्णय सुनाउने क्रममा उपमहासचिव प्रदीप ज्ञवालीले भनेका छन्, ‘उहाँ (रावल) महाधिवेशनमा अध्यक्षमा उम्मेदवार हुनुभयो, उपाध्यक्षका लागि गरिएको आग्रहलाई पनि उहाँले मान्नु भएन ।’ त्यसो भए महाधिवेशनको नाममा फनालाका लागि फलानो पद भनेर सुनाउन पर्ने थियो ।

एमालेको विधानको कुन चाहिँ धारामा भनिएको छ ! की फलानो पदमा उठेकका कारण कारवाहि भोग्नु पर्छ भनेर ! होइइन भने, ओली आफू कसैसँग प्रतिप्रर्धा गर्ने हिम्मत राख्दैनन वा उनलाइ कोही पनि आफूसँग एउटै लहरमा उभिएको उचित लाग्दैन ? उनी कसैसँग प्रतिस्प्रर्धामा छानिएर उत्कृष्ट हुनै चाहदैनन् । उनलाई एउटा प्रकृयाबाट छानिएर अनुमोदित हुने विश्वास नै छैन ।

आत्मविश्सासले भरिएको मान्छने धेरैका बीचमा प्रतिस्प्रर्धा गरेर उत्कृष्ट हुन चाहन्छ । कमजोर मान्छे आफूपछि थोरै प्रतिस्प्रधि हुन व हुँदै नहुन भनने चाहन्छ । सिंगल दौडमा बिजयी हुने ओलीको महत्कांक्षालाई उनी बहादुर तानाशाह भन्ने की कमजोर मानसिकता भएका तानाशास भन्ने । कमजोर मानसिकता भएका तानाशासहरु छिट्टै ढलेको इतिहास धेरै छन् । विधान त एमालेको दसौँ महाधिवेशन मंसिर २०७८ मा हुन्छ । उक्त महाधिवेशनमा ‘निर्विरोध अध्यक्ष’ बन्ने महत्वाकांक्षा पूरा गर्न पनि रावललाई ठेगान लगाउँदै अरु सम्भावित प्रतिस्पधाी नदेखिउन भन्ने चाहान्छन् उनी । आन्तरिक प्रतिस्पर्धालाई निरुत्साहित गर्ने र एकतान्त्रिक रुपमा पार्टीलार्य चलाएर आफै नियम, आफै विधान बन्ने दौडमा छन् ओली ।

अर्को कुरा दशैं महाधिवेशनमा ओलीसँग लडेर गल्ती गरिएको भनेका रावल पराजित हुने कुरा सबैलाई थाहा थियो । यसबाट ओली पनि जानकार थिए । रावल स्वयंलाई पनि जित्ने कुरामा एक रत्ति विश्वास थिएन । तर पनि उनी ओलीसँग लडदै थिए, लडे र हारे स्वीकार गरे । स्वभाविक रुपमा महाधिवेशन निती र नेतृत्व कस्तो बनाउन भनेर गरिन्छ । त्यसैमा रावल सहभगि भएका थिए । त्यसैका आधारमा उनलाई निरन्तर खेद्ने काम भयो । कार्यकर्तामाझ जान रोकियो । प्रतिनिधि सभाको निर्वाचनमा टिकटबाट वञ्चित गरियो । अछाम जिल्लाका नेता कार्यकर्तालाई रावलको नाम सिफरिससम्म नगर्न उर्दि जारी गरियो र पनि रावलले इमान्दारिता पूर्वक भनि रहे, ‘म एमाले छोडेर कतै जान्न, एमालेकै सदस्य भएर बस्छु,’ । उनको त्यो इमान्दारीता, निष्ठा र एमाले प्रतिको समपर्णले ओलीका लागि कुनै मान्ने राखेन् । उनले मात्रै आफ्नै प्रधिस्प्रधी देखि रहे ।

२०६५ सालसम्म एकपदिय संरचनमा रहेको एमाले बुहपदीय भयो । एमालेमा दोस्रो तेस्रो दर्जाका नेता रहदाँ यीनै ओलीले लामो समय पार्टीभित्र ‘आन्तरिक लोकतन्त्रको मुद्दा उठाएका थिए । उनी पार्टीको महाधिवेशनका प्रतिनिधिबाट चुनिएर अध्यक्ष हुन चाहन्थे भए पनि । त्यस अधि नेतृत्व केन्द्रिय सदस्यले चुन्ने व्यवस्था थियो । तर त्यहि चुन्ने र चुनिने पक्रियामा अरुले लामबद्द भएको हेर्न किन सकेनन ओलीले ? उती बेला ओली अध्यक्ष भएपछि एमाले ‘लोकतान्त्रीकरण’ भयो भन्दै भजन गाउनेहरु यति बेला कुन शैली र स्वरमा भजन गाउँदै होलान ! उनले अरुलाई लगाएको अंकुश किन देख्दैनन ती भक्तहरु ।

२०६५ को महाधिवेशनमा तत्कालीन महासचिव झलनाथ खनालसँग ओलीले प्रतिस्पर्धामा गरे, प्रतिस्पर्धामा सफल भएनन् । २०७१ असारको नवौँ महाधिवेशनमा भने पूर्वमहासचिव माधव नेपाललाई पराजित गर्दै ओली अध्यक्षमा निर्वाचित भए । ओली नेतृत्वमा पुगेपछि भएको पहिलो महाविधेशन २०७८ मंसिरमा चितवनमा सम्पन्न दसौँ महाधिवेशन हो । त्यो महाधिवेशनबाट निर्विरोध अध्यक्ष बन्न चाहन्थे ओली । पदाधिकारीहरूको चयन पनि निर्विरोध रूपमै होस् भन्ने उनको चाहना थियो । सरलभाषा उनी सबै पद ‘टिके’ चाहनथें, निर्वाचित होइन् । पदमा निम्ती कोही मैदानमा होइन उनको चाकडीमा लामवद्द होउन भनने उनको चाहना थियो ।

२०३५ सालदेखि तत्कालिन मालेहुँदै कम्युनिस्ट पार्टीको सदस्य भएर अहिलेको एमाले निर्माणमा लामो सय खर्चिका छन् । तर, अहिलेको एमाले बनाउन लामो समय लागाएका रावल जस्ता मान्छे भन्दा ओलीलाइ भक्तहरु, चाकडी वाजहरु, कमरेड भन्ने होइन, बा भन्नेहरु प्रिय हुन थालेको छ । रावलमाथि कारबाही गरेर ओलीले ‘एमालेमा रहने हो भने मेरो आलोचना गर्न पाइन्न’ भन्ने सन्देश दिएका छन् । उनीसँगै कारबाही गरिएका स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रिय सदस्य उषा तिम्सेनामाथिको कारबाही चाहिँ पार्टीको इज्जत र प्रतिष्ठा जोगाउने नाममा मेरो चाहनामा भएका निर्णयको आलोचना वर्जित छ, सुझावहरू पनि वर्जित छन्’ भन्ने हो ।

रावलका स्रोतका अनुसार उनले यसबीचमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग ३ पटक भेट गरेका थिए । भेटमा भण्डारीले रावललाई अहिले केही नबोल्न र शान्त बस्न भन्दै थुमथुम्याएकी थिइन् । रावलले पनि केही दिनदेखि आफू कतै नजाने र एमालेकै सदस्य भएर पार्टी निर्माणमा लाग्ने बताउँदै आएका थिए । उनको ३ पटक भेटमा यति मात्रै कुरा पक्कै भएन होला । भण्डारीले रावल एमालेमै रहनुपर्छ भन्ने चाहेको थिइन् । पूर्व राष्ट्रिपति भण्डारीले राजनीतिक भेटघाट बाक्लै बनाउन थालेकी छन् । उनी हालै एक हप्ता पोखरा बसेर लामै राजनीतिक भेटघाट गरिन् । उनको यो क्रम राष्ट्रपतिबाट बाहिरिपछि बडेको हो ।

अर्को भनाइ के पनि छ भने, पूर्वराष्ट्रपति भण्डारीसँग भेटेको सुइँको पाएपछि भने ओली रावलप्रति झन् विच्किएका हुन् । भण्डारी निकट हुने नेतालाई ओलीले निशाना बनाउने गरेको र यो क्रम रोकियोस भनेर पनि रावललाई बारबाही गरेर नेपाली उखानमा भने झै ‘नाङलो ठटाएर हात्ति तर्साउने,’ काम गरेको भनिएको छ । रावललाई हटाउनुको मुख्य कारण भण्डारीसँगको निकटता रहेको एमाले कै केही नेता स्वीकार गर्न थालेका छन् । यदि भण्डारीको निकटता कै कारण रावललाई हटाइएको हो भने, भण्डारीको सक्रियता र उनको भेटघाटमा अंकुश लगाउन ओलीले अब के गर्लान !

रावललाई निष्कासन गरेर एघारौँ महाधिवेशनको सम्भावित एक चुनौतीलाई पन्छाएका ओलीले अर्को अर्काे चुनौतीका रुपमा विकास हुँदै गरेको भण्डारीको सक्रियता कसरी रोक्छन् ! भण्डारीको सक्रियताले ओली जल्दै भने भन्ने कुरा उनकै बेला बेलाका अभिव्यक्तिले प्रष्ट पार्छ । एमालेको संगठन विभागले २९–३० मंसिरमा आयोजना गरेको कार्यशालामा ओलीले भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउने प्रयास नगर्न नेता–कार्यकर्ताहरूलाई दिइएको चेतावनी यसैको उपज हो ।

एमालेमा व्यापारिक त गलत मान्छेको हावी बडेको भन्दै एका थरी पूर्व राष्ट्रपतिकोमा गहार्न गएको र पार्टीलाई पूरानै शैलिमा चलाउनका लागि पनि नेतृत्वमा आउन आग्रह गर्न थालेको चर्चाले ओलीमा आजिवन आध्यक्ष बन्ने आकांक्षा पूरा नहुने भयले विछिप्त छन् ।

असहमत स्वरहरूलाई पाखा लगाउन सुरु गरे पनि ओली पार्टीभित्र ‘प्रतिपक्षविहीन’ भने छैनन् । पार्टीको ठूलो पंक्ति विपक्षमा छ । यो कुरा ओलीले पनि बुझेका छन् । पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा आउनबाट रोक्ने प्रयास त्यसैको उपज हो । भण्डारी सक्रिय राजनीतिमा आउँदा पार्टीभित्र आफूसँग असन्तुष्ट ठूलो समूहले भण्डारीलाई साथ दिन्छ भन्ने भय ओलीमा छ ।

त्यही भयले भतभति पिल्सीयका छन् ओली । भण्डारीलाई राजनीतीमा ल्याएर ओलीलाई ठेगान लगाउँदै एमालेलाई ठिक ठाउँमा ल्याउन खोज्नेहरु पनि अहिले ओलीका सामु चु बोलिरहेका छैनन् । जसरी हिट्लरलाई उनलाई साथ दिनेले मिनेट भरमा साथ छोडेका थिए । त्यसैले उनी आफूलाई जति बलियो र शक्ति शालि ठान्दै छन्, भित्र उत्ती नै कमजोर महसुस गर्देछन् त्यसमो पछिल्लो उदाहरण हो, रावल, पाण्डे र तिमल्सेना कारबाही प्रकरण ।

प्रतिक्रिया