पूर्वीय सभ्यतामा हिन्दू, बौद्ध, जैन, बोन, किराँत, शिन्तो, ताओ, आदि धर्मको विशेषता भनेको नै बहुदेव मान्नु हो । बहुदेव मान्नुको अर्थ हो बहुलवादी विचार र सह–अस्तित्वका दृष्टिकोणलाई सम्मान गर्नु स्वीकार्नु हाम्रो सभ्यताको विशेषता हुन्छ । पश्चिमी सभ्यता भनेको मुख्यतः एकेश्वरवादी धर्ममा आधारित अब्रहामिक धर्म हो । जस्तै इसाइ, इस्लाम, यहूदी धर्म, यी सबै अब्रहामिक धर्महरू हुन् । अब्रहामिक धर्म भनेको एक मात्र ‘सर्वशक्तिमान’ र ‘सर्वव्यापी’ ईश्वर हुन्छ, दुई हुँदैन भन्ने अवधारणा हो ।
विविधतामा एकता खोज्नु धर्म हो । त्यसैले सिंगापुरमा ताओ धर्मको इशुन देवीको मन्दिरमा बुद्धदेखि दुर्गा देवी हुँदै सबैलाई पूजा गरिन्छ । यो हो हाम्रो समन्वयात्मक सनातन धर्म । हाम्रो पूर्वीय सभ्यता र पश्चिमी सभ्यता बीचमा सैद्धान्तिक र वैचारिक फरक यही हुन्छ कि हामी बहुदेववाद मा विश्वास गर्छौं भने पश्चिमी सभ्यता एकेश्वरवादमा ।
पूर्वीय सभ्यतामा हिन्दू, बौद्ध, जैन, बोन, किराँत, शिन्तो, ताओ, आदि धर्मको विशेषता भनेको नै बहुदेव मान्नु हो । बहुदेव मान्नुको अर्थ हो बहुलवादी विचार र सह–अस्तित्वका दृष्टिकोणलाई सम्मान गर्नु स्वीकार्नु हाम्रो सभ्यताको विशेषता हुन्छ । पश्चिमी सभ्यता भनेको मुख्यतः एकेश्वरवादी धर्ममा आधारित अब्रहामिक धर्म हो । जस्तै इसाइ, इस्लाम, यहूदी धर्म, यी सबै अब्रहामिक धर्महरू हुन् । अब्रहामिक धर्म भनेको एक मात्र ‘सर्वशक्तिमान’ र ‘सर्वव्यापी’ ईश्वर हुन्छ, दुई हुँदैन भन्ने अवधारणा हो ।
उदाहरणका रूपमा इसाइ धर्ममा त्रीएक ईश्वर (पिता, पुत्र र पवित्र आत्मा) यी तीनै एकै ईश्वर अर्थात तीनमा एकको सिद्धान्त अनुसार एक मात्र ईश्वर छ, त्यसबाहेक अरू सबै सैतान बाइबलमा लेखिएको छ, ‘मेरो अगाडि कुनै अन्य देवता नराख’ (निर्गमन २०ः३) ।’ ‘म भन्दा अर्को कुनै ईश्वर छैन’ (यशैया ४५ः५) ।’ त्यस्तै ‘तिमीहरूको ईश्वर प्रभु मात्र एक हुनुहुन्छ– (मरकुस १२ः२९)’ यी बाइबलका वचनहरूले प्रष्ट पार्छ कि ईश्वर एकमात्र छ बाँकी सबै सैतान ।
अर्को एकेश्वरवादी अब्रहामिक धर्म हो इस्लाम । इस्लामको कुरानको आयतहरू हेर्यौँ भने ‘ला इलाहा इल्लल्लाह’ (अल्लाहबाहेक अरू कुनै ईश्वर छैन) । सुरा अल–बकरा (२ः२५५) आयतुल कुर्सीमा यस्तो लेखिएको पाइन्छ – ‘अल्लाह, उहाँबाहेक अरू कुनै उपासना गर्ने योग्य ईश्वर छैन ।’ त्यस्तै (सुरा मुहम्मद (४७ः१९) मा लेखिएको छ –‘तिमी जान कि अल्लाहबाहेक अरू कुनै ईश्वर छैन ।’
यहूदी धर्ममा पनि एकेश्वरवादलाई नै केन्द्रमा राखिएको छ । यहूदी धर्मको पवित्र ग्रन्थ तनख (विशेष गरी तोरा) मा ‘शमा यिस्राएल, अदोनाई एलेहेनु, अदोनाई एहाद ’ भनिएको छ । यसको हर्थ हो – ‘हे इस्राएल, हाम्रो परमप्रभु ईश्वर एक मात्र हुनुहुन्छ ।’ – (व्यवस्थाविवरण ६ः४) । त्यस्तै अर्को ठाउँमा –‘शमाः इस्राएल अदोनाइ एलोहेनु अदोनाइ एखाद ।’ अर्थः ‘हे इस्राएल, सुन ! हाम्रो परमप्रभु परमेश्वर हुनुहुन्छ ; परमप्रभु एक मात्र हुनुहुन्छ । (व्यवस्थाविवरण ६ः४)’
यसरी यी तीनै धर्महरू एकेश्वरवादी धर्महरू हुन् । एकेश्वरवादी अर्थात एक मात्र आफूले मानिआएको ईश्वर र उनले दिएको मार्गदर्शन बाहेक अर्को छैन भन्ने हो । यसले बहुलवादी विचारलाई अस्वीकार गर्छ । आफ्नो बाहेकका फरक मतको फरक विचारको अस्तित्व अस्वीकार गर्ने भएकोले प्राचीन कालदेखि फरकफरक विचार आस्था बोक्ने एकभन्दा बढी दुई समुदाय कहिल्यै साथसाथमा सौहार्दपूर्ण ढंगले बस्न सकेनन् । जहाँ बसियो त्यहाँ रक्तपात मच्चियो । जसले जित्यो त्यसको राज भयो । अरू पलायन भए । क्रुसेड वारको नामले इतिहास रक्तरंजित छ, जुन शताब्दीऔँसम्म लडाइँ भइरह्यो र अहिले पनि मध्यपश्चिमको लडाइँ त्यही क्रुसेड वारको एउटा आधुनिक छद्म रूप मात्रै हुन् ।
यही एकेश्वरवादी दर्शनले जब समाजमा विखण्डन र द्वन्द्वको समस्या बढ्दै गएपछि १६औँ शताब्दीतिर बहुलवादी विचारको आवाज उठाउन थालियो । यस्तो आवाज उठाउने प्रमुख व्यक्ति थिए जोन लक (१६३२–१७०४) । ऊनी एक प्रख्यात दार्शनिक, चिकित्सक, र राजनीतिक विचारक थिए । उनलाई आधुनिक उदारवादको संस्थापक मानिन्छ ।
समाज, संस्कृति, धर्म वा राजनीतिक प्रणालीमा विविधताको अस्तित्वलाई स्वीकार गर्दै, ती सबैलाई समान रूपमा सहिष्णुताका साथ मान्यता र सम्मान पाउनपर्छ र त्यो राज्यको दायित्व हुन्छ भनेर बहुलवादी विचारको आवाज युरोपबाट उठ्न थाल्यो । यस्तो उदारवादी आवाज उठाउने परिवर्तनकारी प्रजातान्त्रिक हिमायतीहरूसँग युरोपेली धर्माधिकारी पादरीहरू जाई लागे । ठूलो उथलपुथल भयो । अन्ततः पश्चिमी अब्रहामिक धर्म गुरुहरूले क्रान्तिकारीहरूका अगाडि घुँडा टेक्न पर्यो ।
त्यसपछि एकेश्वरवादी अब्रहामिक पादरीहरूलाई अधिकारबाट वञ्चित गराउँदै मुलुकमा धर्म निरपेक्ष घोषणा गरेर पहिलोपटक पश्चिमी देशमा धर्म निरपेक्ष लागू गरियो । यस्तो गर्नुको खास कारण नै अब्रहामिक एकेश्वरवाद विचारधारा विरुद्धमा आएको थियो धर्म निरपेक्ष । अचम्मचाहिँ के हो भने पश्चिमी एकेश्वरवाद रोगको उपचारका लागि धर्मनिरपेक्ष ल्याइएको थियो, तर पूर्वीया बहुलतावादी (बहुदेव) धर्म दर्शन मान्ने समाजमा यसलाई पनि ल्याएर लागू गरियो ।
यहाँनेर यसको आवश्यकता नै थिएन किनभने त्यहाँ रिलिजन थियो यहाँ धर्म छ । यहाँको धर्म संस्कृति नै धर्म निरपेक्ष धर्म हो । बहुदेव मान्नु भनेको दर्शनको बहुआयामिकतालाई स्वीकार्नु हो । बहुदेववादले मानव जीवनको विभिन्न दृष्टिकोणहरूलाई स्वीकार गर्छ । यो एकै सत्यको धेरै रूप हो भन्ने मान्यतामा आधारित हुन्छ । त्यसैले पूर्वीय प्राचीन ग्रन्थ ऋग्वेदमा भनिएको छ, ‘एकम् सत् विप्राः बहुधा वदन्ति’ अर्थात सत्य एउटै हो, तर विद्वानहरूले यसलाई विभिन्न रूपमा व्याख्या गर्छन् । यसरी भनेर फरक मतलाई पनि सम्मान गरेर साथसाथमा हिँड्ने हाम्रो जीवन पद्धति रहेकोे हुन्छ ।
भगवद्गीता (९.२३) मा भगवान् कृष्ण अर्जुनलाई भन्नुहुन्छ, ‘येऽप्यन्यदेवताभक्ता यजन्ते श्रद्धयान्विताः । तेऽपि मामेव कौन्तेय यजन्त्यविधिपूर्वकम ।’ अर्थात – ‘हे कौन्तेय (अर्जुन), जो अन्य देवताहरूको पूजा श्रद्धापूर्वक गर्छन्, तिनीहरूले पनि वास्तवमा मेरो (परमात्मा) पूजा गरिरहेका हुन्छन्, तर त्यो पूजा विधिपूर्वक (शास्त्रीय विधिअनुसार) गरिएको हुँदैन ।’ यसरी जसले जुनसुकै विचारको देवी देवताको पूजा गरे तापनि मेरै हुन्छ भलै विधिपूर्वक नहोला भनेर फरक विचारलाई पनि कदर गर्ने पूर्वीय धर्म दर्शन हुन्छ ।
‘यो यो यां यां तनुं भक्तः श्रद्धयार्चितुमिच्छति । तस्य तस्याचलां श्रद्धां तामेव विदधाम्यहम् ।’(भगवद्गीता ७.२१) अर्थः भक्तले जस–जस देवताको उपासना श्रद्धा गरेर गर्छ, म उनीहरूको श्रद्धालाई सुदृढ बनाउँछु । यसरी बहुदेववाद अर्थात बहुलवादी विचारको स्वागत गर्ने वैचारिक जग नै हाम्रो सनातन धर्म हो । एउटा ईश्वरलाई सर्वोच्च रूपमा मान्दा मान्दै त्यही मानिएको इश्वरको अंगमा ३३ कोटी देवताको रूपमा हेर्ने गर्छौं । त्रिदेव (ब्रह्मा, विष्णु, महेश) ः सृष्टिकर्ता, पालनकर्ता र विनाशका लागि तीन प्रमुख देवताहरूदेखि १० दिक्पाल (दिशाका देवता)ः इन्द्र, अग्नि, वरुण, वायु आदि दिशाका संरक्षकसम्म पूजा गर्ने धर्म यसै उदारवादी बहुअस्तित्ववादी बहुलवादी भएन र ?
यता बौद्धहरूले बुद्धको पूजासँगै फरकफरक अवस्थामा फरकफरक उद्देशमा मञ्जुश्री (बोधिसत्व ज्ञान र बुद्धिमत्ताको प्रतीक, वैश्रवण (धन–सम्पत्तिका रक्षक) देवी कुरुकुल्लालाई (व्यक्तिलाई सकारात्मक ऊर्जा दिन र कष्टहरूसँग लड्न) ह्यग्रीव (विघ्न नाशका देवता हिन्दूले विष्णुको घोडाको अवतारको रूपमा पूजा गर्छन्) यमन्तक (यमराज) मृत्यु विजेताको देवताको रूपमा पूजा गर्छौं, महाकालको पूजा बौद्ध धर्ममा विघ्न हटाउने, धर्मको संरक्षण गर्ने, र आत्मबल बढाउने उद्देश्यले गरिन्छ भने अवलोकितेश्वर (करुणाका प्रतीक) रूपमा पूजा गर्ने गर्छौं ।
यसरी पूर्वीय सनातन बहुदेववाद भनेको विविधतामा एकता खोज्ने धर्म हो । यहाँनेर यो मानी सकेपछि त्यो किन मान्ने ? त्यो मानेपछि यो किन मान्ने ? भन्ने हुँदैन । त्यसैले यहाँनेर भिडियोमा हेर्नुस् सिंगापुरमा ताओ धर्मको मन्दिरमा बुद्धदेखि दुर्गा देवी हुँदै सबै स्थानीय देवी देवतासम्म सबैलाई पूजा गर्दै छ । यो हो नी हाम्रो पूर्वीया समन्वयात्मक सनातन धर्म । थाहा छ, तर थाहा पाउनुपर्ने जुन समुदायले हो त्यसलाई थाहा दिइरहेको छैन । त्यसलाई उल्टो कुरा सुनाएर भुलाइरहेकोे छ ।
एउटा धने नामको चोरले रुखमाथि चढेर जोड जोड्ले, ‘गाईगोरुले खेतबारीमा बाली खायो गाउँले हो ! भन्दै कराएर बसेछ । गाउँलेहरू मेरो बारीमा अन्नबाली खाएछ कि क्या हो भन्दै दौडेर खेतबारीतिर झरेछन्, त्यही मौकामा अर्को बले भन्ने चोरले घरभित्र पसेर भएभरको सुन गहना चोरेर भागेछ ।
अहिले नेपालमा रुखमाथि चढेर – हिन्दूकरण भयो…! ब्राह्मणवादको खतरा… !! हिन्दूवादी सत्ता…! भन्दै कराएर बस्ने थुप्रै डलरे चोरहरूको बिगबिगी छ, यस्ता चोरहरूको आवाज सुनेर बौद्ध किराँत समुदाय सर्वसाधारण मान्छेहरू क्रिस्चियनतर्फ दौडिनुपर्नेमा हिन्दूतर्फ पो दौडिरहेका हुन्छन् । किनभने तिनीहरूको दिमागमा खतरा क्रिस्चियनबाट होइन हिन्दूबाट भइरहेकोे छ भन्दै खोपडीभरी हिन्दू नै हिन्दू घुसाई दिइरहेकोे छ ।
यही हो क्रिस्चियनकरणको एउटा आइडिया । रुखमाथि चढेर कराउने एकखाले धने चोर हुन्छ, अर्कोखाले बले भन्ने चोर घरभित्र छिर्न सुरु गर्छ । हेर्दा धने र बले फरकफरक भूमिकामा भए पनि उद्देश्य एउटै हुन्छ । ‘बले’ चोर खतरा होइन, सबैभन्दा खतरा ‘धने’ हो । जबसम्म यस्तो कराउने ‘धने’ लाई चिन्न सक्दैन बलेहरूले चोर्ने काम छोड्दैनन् ।
काठमाडौँको स्वयम्भूनाथ डाँडा २ वटा थुम्कोमा छ । अघिल्लो थुम्कोमा स्वयम्भूनाथ चैत्य रहेकोे छ भने पछाडीको थुम्कोमा प्राचीनकालिन मञ्जुश्री मूर्ति रहेकोे छ । उक्त मूर्तिलाई बौद्ध समुदायले मञ्जुश्री भनेर पूजा गर्छन् भने उपत्यकाका रैथाने हिन्दू समुदायले देवी सरस्वती भनेर पूजा गर्छन् । पहिला–पहिला उपत्यकाको रैथाने हिन्दू समुदायले यहाँनेर पूजा गरेर आफ्नो बालबालिकालाई अक्षराम्भ गराउने गर्थे । केही केही जातीय भँडुवावादीहरूले बौद्धको मञ्जुश्रीलाई हिन्दूले सरस्वती बनाएर हिन्दूकरण गरियो भन्दै डकार्दै उफ्रेको यदाकदा देखिन्छ । यस्ता भँडुवा तत्वहरूले के बुझ्नुपर्छ भने बौद्ध शास्त्र अनुसार सरस्वती नै मञ्जुश्री र मञ्जुश्री नै सरस्वती हुन्छन् भने कसरी हिन्दूकरण भयो ?
प्रतिक्रिया