ट्रम्प फेरि ‘टाइम वर्ष व्यक्ति’

ट्रम्प किताब लेखक पनि हुन् । उनले २ दर्जन जति किताब लेखेका छन् । उनको पहिलो किताब हो, ‘द आर्ट अफ डिल’ । ट्रम्पको यो किताबलाई ‘बिजनेस क्लासिक’ भन्ने गरिन्छ । उनले सन् २०२० को चुनावमा हस्तक्षेप गरेको मुद्दा खेप्नुप¥यो । २०२० को चुनावमा हार बेहोरे ट्रम्पले । तर, तेस्रोपटक उनी विजयी भए । दोस्रो चुनाव हारेर तेस्रोपटकको बेला ह्वाइट हाउस छिर्ने उनी पहिलो राष्ट्रपति हुन् ।

मिलन आफन्त

अमरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प टाइम म्यागेजिनको वर्ष व्यक्ति घोषित भएका छन् । ट्रम्प दोस्रोपटक टाइम वर्ष व्यक्ति बनेका हुन् । यसअघि उनी सन् २०१६ मा राष्ट्रपतिमा निर्वाचित भएपछि टाइम वर्ष व्यक्ति चयन भएका थिए ।

टाइम म्यागेजिनका प्रधानसम्पादक साम ज्याकोब्सले ‘ऐतिहासिक राजनीतिक पुनरागमन, विश्वमा अमेरिका र अमेरिकी राष्ट्रपतिको भूमिका परिवर्तनका लागि’ डोनाल्ड ट्रम्पलाई टाइमको सन् २०२४ को वर्ष व्यक्ति घोषित गरिएको जनाएका छन् । ट्रम्पले अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस, वेल्सकी राजकुमारी क्याथरिन, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु, मेक्सिकन राष्ट्रपति क्लाउडिया सेइन बाउम, अर्बपति इलन मस्क र पोडकास्टर जो रोगनलाई पछि पारेका हुन् ।

टाइम म्यागेजिनले हरेक वर्ष विश्वव्यापी घटनाहरूलाई नाटकीय रूपमा आकार दिने व्यक्तिहरूलाई वर्ष व्यक्ति घोषणा गर्ने गर्दै आएको छ । वर्ष व्यक्तिको सूचीमा विश्व नेताहरूदेखि सांस्कृतिक क्रान्तिकारीहरू समावेश हुने गरेका छन् । फ्रान्कलिन डी रुजवेल्टदेखि यताका जेराल्ड फोर्डबाहेक अन्य अमेरिकी राष्ट्रपति कम्तीमा एकपटक टाइम वर्ष व्यक्ति छनोट भएका छन् ।

वर्ष व्यक्तिको अन्तिम सूचीमा छनोट गरेसँगै सार्वजनिक गरेको विवरणमा टाइमले ट्रम्पले ‘एक आश्चर्यजनक राजनीतिक पुनरागमन गर्दै २०२४ को चुनाव जितेको’ उल्लेख गरेको थियो । ‘उनले अमेरिकी मतदातालाई पुनः आकार दिएका छन् । उनले युवा मतदाताहरूलाई सक्रिय पारेका छन् र हरेक स्विङ स्टेटलाई रेड स्टेटमा परिणत गरेका छन्’, टाइमले भनेको छ । ट्रम्पको विजय विभिन्न तरिकाले इतिहास बनेको टाइमले जनाएको छ ।

टायामले भनेको छ, ‘ट्रम्प अमेरिकी इतिहासमा सबैभन्दा धेरै उमेरको राष्ट्रपति हुनुहुनेछ । ट्रम्प राष्ट्रपतिमा निर्वाचित हुने पहिलो दोषी ठहर व्यक्ति हुनुहुन्छ ।’ ट्रम्पमाथि न्युयोर्कको अदालतले ३४ वटा ठगीको मुद्दामा दोषी ठहर गरेको थियो । गत अप्रिलमा चुनावी अभियानका क्रममा ट्रम्पले टाइम म्यागेजिनलाई अन्तर्वार्ता दिएका थिए । व्यापक छलफलका क्रममा ट्रम्पले अमेरिकी अध्यागमन प्रणाली सुधार गर्ने र लाखौँ मानिसहरूलाई देश निकाला गर्ने लक्ष्यसहित दोस्रो कार्यकालका लागि आफ्ना योजना सुनाएका थिए । आफूले राष्ट्रपतिको पद सम्हालेसँगै आधिकारिक रूपमा क्यापिटोल हिल आक्रमणमा अभियोग लगाइएकाहरूलाई माफी दिने निर्णय लिने ट्रम्पको भनाइ छ । ‘यो पहिलो घण्टामा सुरू हुन गइरहेको छ’, उनी भन्छन्, ‘सायद पहिलो ९ मिनेटमै ।’

अन्तर्वार्ताका क्रममा नवनिर्वाचित राष्ट्रपति ट्रम्पले युक्रेन युद्ध अन्त्य गर्ने योजना पनि सार्वजनिक गरेका छन् । ‘रुस र युक्रेनमा भइरहेको युद्धभन्दा मध्यपूर्व (पश्चिम एसिया) तनाव अन्त्य गर्न सजिलो समस्या हो । जताततै युद्ध मैदानमा लडिरहेका जवानहरूको संख्या कहालीलाग्दो छ । यो पागलपन हो’, उनले भने, ‘म रूसमा सयौँ माइल टाढा क्षेप्यास्त्रहरू पठाउने कुरामा असहमत छु । हामी किन त्यसो गरिरहेका छौँ ? हामी यो युद्धलाई बढाउँदै छौँ र यसलाई अझ खराब बनाउँदै छौँ ।’ अमेरिकाले युक्रेनलाई दिँदै आएको सहयोग रुससँगको युद्ध अन्त्य गर्नका लागि प्रयोग गर्ने ट्रम्पको भनाइ छ । ‘म एक सम्झौतामा पुग्न चाहन्छु’, उनले भने, ‘सम्झौतामा पुग्ने एक मात्र तरिका भनेको लगातारको प्रयास नै हो ।’

राष्ट्रपतिको एउटा चुनाव हारेर फेरि चुनावी मैदानमा उत्रिएर जित्ने उनी अमेरिकाको पहिलो राष्ट्रपति हुन् । सन् २०१७ देखि २०२१ सम्म ह्वाइट हाउसमा पहिलो कार्यकाल बिताएका ट्रम्प दोस्रो कार्यकालका लागि ह्वाइट हाउस छिर्दै छन् । ‘मेक अमेरिका ग्रेट अगेन’को नारा लिएर गैरकानुनी आप्रवासीमाथि धावा बोल्ने ट्रम्पका पुर्खा पनि अमेरिकाका आप्रवासी हुन् । उनका बाजे जर्मनबाट आएका थिए भने उनकी आमा स्कटल्यान्डमा जन्मिएकी थिइन् ।

समृद्ध परिवारमा जन्मिएका ट्रम्प १३ वर्षको उमेरमा सन् १९५९ मा न्युयोर्कको सैन्य विद्यालयमा भर्ना भएका थिए । शैक्षिक र शारीरिक कारणले ट्रम्प भियतनाम युद्धमा जान पाएनन् । ट्रम्पका अनुसार उनले सैन्य विद्यालयमा नेतृत्व विकासको सीप सिके । पेन्सिलभेनियाबाट अर्थशास्त्रमा स्नातक गरेपछि ट्रम्पले आफ्ना बुबाको व्यवसाय सम्हाले । राजनीतिमा आउनुअगाडि ट्रम्प व्यवसाय र टेलिभिजन कार्यक्रममा व्यस्त थिए ।

डोनाल्ड ट्रम्प राष्ट्रपतिभन्दा बढ्ता आफ्ना विवादले विश्वमाझ परिचित छन् । सन् २०१७ देखि २०२१ सम्म अमेरिकी राष्ट्रपति रहेका उनी पदमै रहँदा विवादमा परे । सन् २०१९ मा उनीमाथि शक्तिको दुरुपयोग गरेको, अमेरिकी संसद्को गतिविधिमा अवरोध पु¥याएको आरोप लाग्यो । यही आरोपमा उनीमाथि अमेरिकाको तल्लो सदनमा दुईपटक महाअभियोग प्रस्ताव पुग्यो । अमेरिकी इतिहासमै दुईपटक महाअभियोग लाग्ने ट्रम्प पहिलो राष्ट्रपति हुन् । राष्ट्रपति पदमै रहँदै उत्तर कोरिया भ्रमण गर्ने ट्रम्प पहिलो राष्ट्रपति हुन् । उनी सन् २०१९ को जुन महिनामा उत्तर कोरिया पुगेका थिए ।

उनको पहिलो कार्यकालको अन्त हुँदा कोभिड–१९ को महामारी चलिरहेको थियो । महामारीको समयमा उनले ‘मास्क’ नलगाउने घोषणा गरे । विश्व स्वास्थ्य संगठनले कोभिड–१९ रोक्न नसकेको र चीनलाई सहयोग गरेको भन्दै उनले संगठनलाई दिने रकम कटौती गर्ने धम्की दिए । सन् २०२० को चुनावमा वर्तमान राष्ट्रपति जो बाइडेनसँग चुनाव हारेपछि राष्ट्रपति पदबाट बहिरिँदै गर्दा उनका समर्थकले अमेरिकी संसद्माथि हमला गरे । ६ जनवरी २०२१ मा भएको यो हमला ट्रम्पले नै गराएको भनेर उनीविरुद्ध मुद्दा दायर भयो । अमेरिकी संसद्माथिको हमलालाई विश्व समुदायले लोकतन्त्रमाथिको हमलाका रूपमा अथ्र्यायो । हार स्वीकार गर्न नसकेर उनले चुनावमा धाँधली भएको आरोप लगाए ।

आपराधिक अभियोग लाग्ने उनी पहिलो राष्ट्रपति हुन् । सन् २०२० को चुनावमा ट्रम्पले आफ्ना प्रतिद्वन्द्वी जो बाइडेनका गोप्य जानकारी खोज्न युक्रेन र अमेरिकी सेनालाई भनेको आरोप लाग्यो । १४ जुन १९४६ मा जन्मिएका ट्रम्पमाथि एक महिला ‘पोर्न स्टार’को मुख बन्द गर्न पैसा दिएको आरोपसमेत लाग्यो । यो मामिलामा उनलाई ३० मे २०२४ मा अदालतले दोषी ठहर ग¥यो । आपराधिक गतिविधिको अभियोगमा अदालतमा उभिने ट्रम्प पहिलो पूर्वराष्ट्रपति हुन् । ट्रम्पले ३ विवाह गरेका छन् । उनकी पहिलो श्रीमतीबाट ३ सन्तान छन् । हाल ट्रम्प श्रीमती मेलानिया ट्रम्पसँग छन् । रियल स्टेट, होटेल, क्यासिनो, गल्फ कोर्स, रिसोर्ट लगायतका दर्जनौँ कारोबारका मालिक हुन् ट्रम्प । आफ्नो अघिल्लो कार्यकालमा उनले राष्ट्रपतिले पाउने तलब दान गरे ।

ट्रम्प किताब लेखक पनि हुन् । उनले २ दर्जन जति किताब लेखेका छन् । उनको पहिलो किताब हो, ‘द आर्ट अफ डिल’ । ट्रम्पको यो किताबलाई ‘बिजनेस क्लासिक’ भन्ने गरिनछ । उनले सन् २०२० को चुनावमा हस्तक्षेप गरेको मुद्दा खेप्नुप¥यो । २०२० को चुनावमा हार बेहोरे ट्रम्पले । तर, तेस्रोपटक उनी विजयी भए । दोस्रो चुनाव हारेर तेस्रोपटकको बेला ह्वाइट हाउस छिर्ने उनी पहिलो राष्ट्रपति हुन् ।

टाइमले सन् १९२७ देखि ‘वर्ष व्यक्ति’ घोषणा गर्न थालेको हो । त्यसयता म्यागेजिनले वर्षभरिका घटनालाई प्रभावित गर्ने १ व्यक्तिलाई वर्ष व्यक्ति घोषणा गर्दै आएको छ । यसअघि जलवायु परिवर्तन अभियन्ता ग्रेटा थनबर्ग, अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा, मेटाका सिइओ मार्क जुकरबर्ग, पप फ्रान्सिस र युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की पनि वर्ष व्यक्ति भइसकेका छन् ।

प्रतिक्रिया