पूर्वी युरोप र तत्कालीन सोेभियत संंघमा सर्वहाराको सत्ताको नाममा स्थापना भएका सत्ताहरू सन् १९८० को दशकमा एकपछि अर्को गरी धमाधम ढले । यसको कारण ठूलो क्रान्तिपछि सत्तामा पुगेका सर्वहारा वर्गको नेताहरूमा शासन गर्ने क्रममा शासन सत्ता कहिल्यै छोड्न नमान्ने सत्ता लोलुपता देखियो । माथि पुगेपछि तलका जनताको वास्तविक आवश्यकता के हो ? त्यो पनि बिर्संदै गएको पाइयो । सोभियत संघमा त जनता पाउरोटीका लागि घन्टौँ लाइनमा बस्नुपर्ने अवस्था सिर्जना भयो ।
मार्क्सवाद वर्गीय दृष्टिकोणबाट लेखिएको जीवन र जगतलाई हेर्ने दृष्टिकोण हो । यसलाई सर्वहारा वर्गको दर्शन पनि भनिन्छ । यसमा द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादको जुन व्याख्या गरिएको छ त्यो अपरिवर्तनीय छ । यसको सत्यता सबैतिर लागू हुन्छ र जुनसुकै कालमा पनि लागू भइरहने देखिन्छ । सकारात्मक–नकरात्मक, ऋणात्मक–धनात्मक, हरेक बस्तु तथा घटना भित्रको धु्रव सत्य नियम हो । कालोको अस्तित्व भएकाले नै सेतोको अस्तित्व भएको हो । तल भन्ने भएकाले नै माथि पनि भएको हो । यसरी हरेक बस्तु र घटनामा २ विपरित कुराहरू एकैसाथ अस्तित्वमा रहन्छन् । एउटाको अस्तित्वबिना अर्कोको अस्तित्व पनि रहँदैन । यहि नै द्वन्द्वात्मकता हो । द्वन्द्ववाद यसैमा निहित छ ।
द्वन्द्वात्मकता नै पदार्थको स्वत्व हो, यसैको कारणले यो अस्तित्वमा छ । यसो भए तापनि मार्क्सवादभित्र केही यस्ता काल्पनिक र यथार्थभन्दा बाहिरका कुराहरू पनि रहेछन्, त्यसको चर्चा यहाँ गरिन्छ । कार्लमार्क्सले सर्वहारावर्गको अधिनायकत्वको कुरा गर्नुभयो एकातिर भने अर्कातिर कुनै समय यस्तो दिन आउनेछ समाज साम्यवादसम्म पुग्नेछ । त्यसबखत राज्यको अस्तित्व पनि लोप हुनेछ । आर्मी पुलिसको पनि कुनै आवश्यकता पर्ने छैन भन्नुभयो । माक्र्सको यो भनाइमा गहिरिएर विचार गर्दा सर्वहारा वर्ग यस्तो वर्ग हो जसले शोषण प्रधान सबै अवस्थालाई समाप्त गर्नेछ ।
उहाँको भनाइअनुसार यहि वर्गको नेतृत्वमा समाजमा समानता र शान्ति कायम हुनेछ । संसारभर यहि अवस्था सिर्जना हुँदा कहीँ गडबडी हुनेछैन । यसकारण सेना र प्रहरीको किन आवश्यक पर्यो ? राज्यको सीमाको आवश्यकता पनि लोप हुने नै भयो । तर, यो सवाल एउटा परिकल्पनामा सीमित रहेको भन्ने देखियो ।
पूर्वी युरोप र तत्कालीन सोेभियत संंघमा सर्वहाराको सत्ताको नाममा स्थापना भएका सत्ताहरू सन् १९८० को दशकमा एकपछि अर्को गरी धमाधम ढले । यसको कारण ठूलो क्रान्तिपछि सत्तामा पुगेका सर्वहारा वर्गको नेताहरूमा शासन गर्ने क्रममा शासन सत्ता कहिल्यै छोड्न नमान्ने सत्ता लोलुपता देखियो । माथि पुगेपछि तलका जनताको वास्तविक आवश्यकता के हो ? त्यो पनि विर्संदै गएको पाइयो । सोभियत संघमा त जनता पाउरोटीका लागि घन्टौँ लाइनमा बस्नुपर्ने अवस्था सिर्जना भयो । जनताका आवश्यकताका उत्पादनहरू राज्यले गर्न छोड्यो । त्यतिखेर सबै प्रकारका उद्योगहरू राज्यको स्वामित्वमा हुन्थ्यो ।
राज्यले ठुलठुला अस्त्रशस्त्र निर्माण गर्ने उद्योगहरूलाई मात्र प्राथमिकता दिन थालेको थियो । किनकि अमेरिकासँगको भीषण द्वन्द्व र युद्धमा सोभियत संंघ फसेको थियो । सत्ताधारीहरूको आवश्यकता त्यही थियो । जनताको आवश्यकता कसरी भोक मेटाउने भन्ने थियो । नेताका आवश्यकता र जनताका आवश्यकतामा त्यहाँ द्वन्द्व उत्पन्न भयो । पूर्वी युरोपका कतिपय देशहरूमा सत्तासीनहरू ऐयासी जीवन बिताउन थालेका थिए । जनताका आबश्यकताहरूको अवमूल्यन भएको थियो । जसको कारण जनताहरू विद्रोही बनेका थिए । रुमानियाका चाउचेस्कुलाई त जनताले झुण्डयाएर नै मारे ।
माथिका कुराहरूबाट के बुझिन्छ भने मार्क्सले भनेजस्तो सर्वहारा वर्ग अपरिवर्तनीय वर्ग होइन । सत्तामा पुगेपछि त्यो पनि स्वार्थी बन्न सक्छ र जनताको आवश्यकताहरूमा उनीहरूको पनि ध्यान नपुग्न सक्छ । उनीहरूको वर्गीय स्वरूप त्यहाँ पुगेपछि समय क्रममा परिवर्तन हुनसक्छ । संंसारका सबै मानिस मार्क्सजस्ता, माओजस्ता होचिमिन्ह र चेकोइभाराजस्ता पनि हँुदैनन् । यसकारण संंसारमा सर्वहाराको भनिएको सत्ता एकपछि अर्को गरी ढल्दै गए ।
सर्वसाधारण जनता अह्राएको गर्ने र दिएको खाने अवस्थामा पुगे । आफ्नो पहलकदमीमा केही गर्नु नपर्ने भयो । एक किसिमले बोइलर कखुराको जस्तो जिन्दगी भयो । दिमागले केही सोच्नै नपर्ने भयो । यसबाट जनताका सोच्ने शक्ति र दिमाग नै राज्यको कैदमा पर्यो । वाक्कलाग्दो भइरहेकै थियो । जनताको आवश्यकतामा पनि सत्तासीनहरूको ध्यान नपुगेपछि विद्रोह हुनु स्वभाविक नै भयो । यसबाट सिक्नुपर्ने पाठ के हो भने राज्य नियन्त्रित अर्थतन्त्रले समस्याहरूको समाधान गर्दैन । साम्यवादसम्म पुग्ने बाटो पनि यो होइन भन्ने प्रमाणित भयो ।
समुदाय नियन्त्रित र समूह नियन्त्रित अर्थतन्त्रको बाटोमा जानसक्दा बरु केही सम्भव हुन सक्छ । केही समूहका उदाहरण जस्तै कृषक समूह, मजदुर समूह, व्यापारिक समूह आदि । यस्ता सबै समूह समुदायको मातहत ल्याइनुपर्दछ । किनकी समुदाय भनेको हाम्रो प्राचीन संंगठन हो । समुदायको निम्ति गर्ने काममा व्यक्ति आफैँ लागिपर्ने हुन्छ । अवस्था परिस्थिति हेरेर केही उद्योगहरू निजी र राज्य नियन्त्रित पनि हुन सक्छन् । तर सबै उत्पादनका साधनहरू राज्य नियन्त्रित हुँदा सत्ताधारी सबै मालिकजस्ता र सर्वसाधारण सबै नोकरजस्ता भए । शासक र शासित वर्गको उदय भयो ।
उत्पादनका साधनहरूको राष्ट्रियकरण गरेपछि यसमा समाजको स्वामित्व रहन्छ भन्ने भ्रम त्यस बेला थियो । तर यसो भएन बरु सबै उद्योगहरू र अर्थतन्त्र राज्यको स्वामित्वमा गएपछि जनता नांगा भए । जसबाट एउटा वर्गीय द्वन्द्वको स्थिति फेरि पनि देखियो । शोषक वर्ग र शोसित वर्गको पुनरोदय भयो । अर्को कुरा हामीले अध्ययन गर्नुपर्ने विषय मानव स्वभाव पनि हो । बच्चा जन्मिने बित्तिकै दूध पाउन र खानका लागि रुन्छ । ठूलो भएपछि उसका स्वार्थहरू अझै बढ्छन् । कमाउने भएपछि उसलाई धनले कहिल्यै पुग्दैन । ऐयासी जीवन आनन्द पाएमा उसलाई जति आनन्द र मोजमस्तीले पनि पुग्दैन । त्यसैले मार्क्सले मानव स्वभावलाई ख्याल गरेको पाइएन । मार्क्सले पनि सर्वहारा वर्ग भनेका सबै आफैँ जस्ता मात्र हुन्छन् भन्ने सोचाइ राखेको अनुभूति भयो । सर्वहारा वर्ग भनेको सबै अवसरबाट वञ्चित वर्ग हो । ऊ निःस्वार्थी त हुन्छ नै तर अवसर पाउँदा पनि निःस्वार्थ बनिरहन्छ भन्ने होइन । त्यो कनै निश्चित समयसम्म हुन सक्ला । आदर्शमूल्य मान्यताहरूलाई आत्मसात गरुन्जेल हुन सक्ला तर सधैँ यो अवस्था रहिरहँदैन ।
मार्क्सवाद के हो ?
मार्क्सवाद श्रम, सम्पत्ति र सत्ताको सन्तुलनको सिद्धान्त हो । श्रम गर्नेको स्वामित्वमा सम्पत्ति या उत्पादनका साधनहरू हुनुपर्यो । यस्तो सम्पत्तिको सुरक्षा राज्यले गर्नुपर्यो । यसो भएको खण्डमा राज्यमा शान्ति र स्थिरता कायम हुन सक्छ । यो जायज र न्यायोचित पनि छ । जव सन्तुलन बिग्रन्छ तव अशान्तिले जन्म लिने कुरा स्वभाविक हो । राज्य नियन्त्रित अर्थतन्त्र र सर्वहाराको अधिनायकत्व भनिए पनि यस्तो सन्तुलन हुन नसकेको कुरा इतिहासले पुष्टि गरिसकेको छ ।
यसैले नियम कानुन र नीति प्रधान समाज कसरी बनाउन सकिन्छ त्यतातिर ध्यान दिनुपर्यो । नेताको वरिपरि घुम्ने नभई नीतिको वरिपरि नेतालगायत सबै फनफनी घुम्ने अवस्था बन्नुपर्यो । जसरी सूर्यको वरिपरि ग्रहहरू घुम्छन् । त्यसमा घुम्न मन लागेर घुमेको होइन । न त घुम्नैपर्छ भनेर सूर्यले करबल गरेको छ । गुरुत्वाकर्षण बलको नियमअनुसार यी सबै घुमिरहेका हुन्छन् । नीतिनियम मान्ने कुरामा सबै जबरजस्त स्वबाध्यकारी अनुबन्ध हुनुपर्यो ।
व्यवहारमा के देखिन्छ भने पुँजीवादको जग नै विज्ञान हो । जब बेलायतमा १८आँै शताब्दीको मध्यबाट औद्योगिक क्रान्ति सुरु भयो तब पुँजीवादको पनि उदय भएको देखिन्छ । हाते चर्खा र हाते तानहरूलाई बिस्थापित गर्दै जब पावर लुुमहरूको आविष्कार र विकास भयो तब धेरैभन्दा धेरै मालहरूको उत्पादन हुन थाल्यो । ती उत्पादित मालहरूले स्वदेशको बजार ढाकेर पनि बिदेशमा बजार खोज्नुपर्ने भयो । यसैको परिणाम स्वरूप उपनिवेसहरू कायम भयो । जसबाट औद्योगिक देशहरूको टकराव विश्वका विभिन्न बजारमा हुन थाल्यो ।
फलस्वरूप पुँजीवादले साम्राज्यवादको रूप धारण गर्यो । तर, आधुनिक जमानामा पुँजीवादी देशहरूले पनि आपसमा मिलेर मात्र बढ्ता नाफा कमाउन सकिन्छ, जसबाट प्रतिस्प्रर्धाबाट हुने ह्रासबाट आफूलाई बचाउन सकिन्छ भन्ने बुझेका छन् । यसैले पुँजीवादीहरू अहिले सिन्डिकेट, कार्टेल र निगमको माध्यमबाट संसारभर संगठित भएका छन् । आपसमा मेलमिलापपूर्ण नीति लिइरहेका छन् । अझ उनीहरू यो भन्दा अगाडि बढेर विज्ञान र प्रविधिलाई पनि प्रयोग गरिरहेका छन् । प्रविधिको प्रयोगले मजदुरको आवश्यकता सिद्धिएको छ । जसबाट अतिरिक्त मूल्य र नाफामा इतिहासमा ऐलेसम्म नभएको बढोत्तरी भएको छ ।
यसरी विज्ञान र प्रविधिलाई प्रयोग गर्नु भनेको भौतिकवादलाई आत्मसात गर्नु हो । अथवा पुँजीवाद नाफा हुने भएपछि जुनसुकै वाद प्रयोग गर्न पछि परिरहेको छैन । संसारमा मार्क्सवादीहरूले नास्तिकताको जतिसुकै प्रचार गरे पनि जनतामा धर्म र देवत्व प्रतिको आस्था नामेट हुन सकेको देखिँदैन । जुन कुरामा फाइदा छैन त्यसमा बढी जोड दिनुको औचित्य पनि देखिँदैन ।
समाज रूपान्तरणको कारक
मानवमा भएको असीमित इच्छा र आवश्यकता नै समाज विकासको कारक हो । मानवीय इच्छाहरू अनन्त हुन्छन् । यसले आवश्यकताको बढोत्तरी गर्छ । यसैको पूर्ति गर्ने क्रममा नयाँ नयाँ आवश्यकताहरू थपिँदै जान्छन् । समाज असभ्यबाट सभ्य बन्दै जानु, समाजको स्तरीकरण हुनु यसैको कारण हो । संंसारमा भएका आजसम्मका आविष्कारहरू यसैको प्रतिफल हुन् । मार्क्सले भन्नुभएको समाज विकासको क्रम वा ऐतिहासिक भौतिकवादको कारक पनि यही हो । मानव जंंगली अवस्थाबाट, खेतीपातीको युगमा प्रवेश गर्नु, अनि दास, व्यवस्था, सामन्तवादी व्यवस्था, पुँजीवादी युग र आजको भूमण्डलीकृत पुँजीवादसम्म आइपुग्नुको रहस्य नै यसैभित्र विद्यमान छ ।
प्रतिक्रिया