के कम्युनिस्ट/कांग्रेस मात्रै दोषी छन् ? के उनीहरूले नै लडेर, भिडेर रगत बगाएर ल्याएको संघीय गणतन्त्र उनीहरूकै कारण कमजोर बन्दै छ ? जरूर, यस्ता खालका सवालमाथि बस्तुनिष्ट विश्लेषण गर्न आवश्यक छ । विचार, सिद्धान्त, संगठन र नेतृत्वको साझा प्रयास नै राजनीति हो । हाम्रो मुलुकका कम्युनिस्ट/कांग्रेसहरू विचार, सिद्धान्त र संठगनको निर्देशनमा चलिरहेका छन् त ? यी विषयमासमेत मन्थन नगरिकन माथि उठाइएका सवालहरूले जवाफ पाउने छैनन् । अपेक्षित रूपमा देश नबन्नुका कारणहरू के–के हुन सक्छन् ? वर्तमानका निम्ति बहसका सवाल र विषय हुन् ।
३० को दशकदेखि ८० को दशकसम्म आइपुग्दा नेपाली राजनीतिको नदीमा धेरै पानी बग्यो । धेरै उथलपुथलका राजनीतिक घटना पनि भए । यस अवधिमा मुलुकले विभिन्न आन्दोलन खेप्यो । जनयुद्धबाट माओवादी संसदीय राजनीतिमा आयो । राजतन्त्र ढल्यो । संविधानसभाबाट मुलुकले संविधान प्राप्त ग¥यो । यसबीचमा भएका राजनीतिक घटनाका सन्दर्भमा धेरै कथाहरू लेखिए र पढिए । तर, एउटा प्रश्न बाँकी रह्यो । देश किन बनेन ?
पछिल्लो समयमा आएर जनताहरू निराश छन् । पुराना र स्थापित राजनीतिक शक्तिहरूसँग जनता रूष्ट छन् । खासगरी कम्युनिस्ट/कांग्रेससँग जनताका धेरै गुनासा सुनिन्छन् । हुनुपर्ने जति विकास किन भएन ? जस्ता अनेक सवालहरूमाथि मन्थन गर्न आवश्यक छ भन्नेहरूको संख्या बढिरहेको छ ।
अर्कातर्फ मुलुकको विकास र समृद्धि अपेक्षित ढंगको अघि नबढ्नुमा के कम्युनिस्ट/कांग्रेस मात्रै दोषी छन् ? के उनीहरूले नै लडेर, भिडेर रगत बगाएर ल्याएको संघीय गणतन्त्र उनीहरूकै कारण कमजोर बन्दै छ ? जरूर, यस्ता खालका सवालमाथि बस्तुनिष्ट विश्लेषण गर्न आवश्यक छ । विचार, सिद्धान्त, संगठन र नेतृत्वको साझा प्रयास नै राजनीति हो । हाम्रो मुलुकका कम्युनिस्ट/कांग्रेसहरू विचार, सिद्धान्त र संठगनको निर्देशनमा चलिरहेका छन् त ? यी विषयमासमेत मन्थन नगरिकन माथि उठाइएका सवालहरूले जवाफ पाउने छैनन् । अपेक्षित रूपमा देश नबन्नुका कारणहरू के–के हुन सक्छन् ? वर्तमानका निम्ति बहसका सवाल र विषय हुन् ।
मुलुक सान्दर्भिक रूपमा अघि बढ्नका निम्ति राजनीतिक स्थिरता चाहिन्छ । हाम्रो मुलुकमा अहिले जसले जेसुकै भने पनि राजनीतिक स्थिरता छ । मुलुकमा रहेका अधिकांश राजनीतिक शक्तिहरू विद्यमान संविधानको पक्षमा छन् । संघीयता, धर्मनिरपेक्षता, समानुपातिक प्रणाली लगायतका संवैधानिक व्यवस्थाप्रति अधिकांश शक्तिहरू एक ठाउँमा छन् । राजनीतिक स्थिरता र जनताको साथ भएर पनि कम्युनिस्ट कांग्रेसीहरूले देश किन बनाएनन् ? भन्ने मूल प्रश्न छ । यसको सजिलो र सहज जवाफ मूल नेतृत्वमा देखिएको स्वार्थीपन हो । विचारहीन, सिद्धान्तविहीन रास्वपा र स्वतन्त्र भन्नेहरूले कानुन, नियम अदालतलाई तर्साउन खोजिरहेका दृश्यका साक्षि बन्नुपर्ने अवस्था किन आयो ? भन्नेबारेमा समेत विश्लेषण गर्नुपर्छ । आज मुलुकले जे भोगिरहेको छ र जनताले जे देखिरहेका छन् ? यसका विविध कारण छन् ।
कम्युनिस्ट/कांग्रेसबाट के भयो ? के भएन ?
नेपाली राजनीतिक परिवर्तनको आन्दोलनको नेतृत्व कांग्रेस र कम्युनिस्टहरूको सगोल संघर्षबाट सम्भव भएको इतिहास साक्षी छ । १९९० को दशकदेखि नेपालमा लोकतन्त्रको पक्षमा आन्दोलनको सुरूआत भएको थियो । त्यस पश्चात आजका दिनसम्मका हरेक साना ठूला आन्दोलन र क्रान्तिको नेतृत्व यिनीहरूले नै गर्दै आएका छन् । महँगी नियन्त्रणदेखि राज्यले गर्ने हरेक प्रकारका दमनविरूद्ध कांग्रेस र कम्युनिस्टसँग आस्था राख्ने विद्यार्थी र युवाहरू सडकमा आउने गर्छन् । हालै इजरायलले प्यालेस्टाइनी नागरिकको निर्मम र क्रूर हत्याको विरोधमा हस्ताक्षर संकलन गर्ने, विरोधका कार्यक्रमहरू गर्नेमा पनि यिनीहरू नै छन् ।
नयाँ भनिएका राजनीतिक समूहहरू देश तथा विदेशमा भइरहेका राजनीतिक विषयप्रति बेखर जस्तै बनेको देखिन्छ । कांग्रेस कम्युनिस्टहरूले देशमा रहेको जहाँनिया राणाशासन र राजतन्त्रको अन्त्य गरेर संविधानसभाबाट संविधान जारी गर्नेसम्मको महान तथा गौरवशाली काम गरे । जनयुद्धको जगमा तीव्रतर बनेको लोकतान्त्रिक आन्दोलनले दोस्रो जनआन्दोलन सम्पन्न भएको कुरा स्मरणीय छ । खास कुरा संविधान निर्माण भयो र उक्त संविधान समाजवादी संविधानका रूपमा परिभाषित छ । यी ऐतिहासिक तथा गर्वलायक कामहरू हुँदाहुँदै पनि जनमा यिनीहरूकाप्रति किन सकारात्मक धारणा छैन ? जनविश्वास किन घट्दो छ ? आज हामीले यी सवालहरूका बारेमा मन्थन गर्नुपर्छ ।
वैचारिक रूपान्तरणमा गम्भीर समस्या देखिएको छ । खासगरी दोस्रो जनआन्दोलनपछि सत्तामा पुगेको माओवादीले आफ्नो विचारलाई समय सापेक्ष ढाल्न सकेन । त्यति मात्र होइन, उसले पार्टीभित्रको आन्तरिक लोकतन्त्रको त चीरहरण नै ग¥यो भन्दा फरक पर्दैन । जसको उदाहरण विगत ३०/३५ वर्षदेखि प्रचण्ड नै सर्वेसर्वा छन् । माओवादीले माओवाद र एमाले हालसम्म पनि जबजकै जडतामा समाजवादको नाम जपिरहेको छ । उता कांग्रेसले बिपी विचारलाई समयानुकूल बनाउन सकेन । यसर्थ विचार उत्पादनको काममा कांग्रेस कम्युनिस्टहरू च्युत भए । विचार उत्पादन र पुनरोत्पादनको मामिलामा मूल नेताहरूबाट अवरोध गर्ने काम हुँदै आएको देखिन्छ । अर्को कुरा विचार र सिद्धान्तसँग यिनीहरूको वर्तमान जीवनशैली, आनीबानी, चरित्र, वर्गीय प्रेम केही पनि मिल्दैन । विचार एकातिर, व्यवहार अर्कोतिर छ । यस्तो बेला जनताले यिनीहरूका प्रतिको प्रेम प्रगाढ बनाउने कुरा पनि भएन ।
नेतृत्व हस्तान्तरणमा पनि ठूला समस्या देखिएको छ । कांग्रेस कम्युनिस्टहरूबाट केही छिटफुटबाहेक नेतृत्व हस्तान्तरण भएन । नेतृत्व हस्तान्तरण र रूपान्तरणको सन्दर्भमा पनि कांग्रेस/कम्युनिस्ट नराम्रोसँग चुके । आफ्नो पुस्ताको मात्र नभएर पछिल्लो पुस्ताको राजनीतिसमेत आफैँ गर्न थाले । एमाले केपी ओली, माओवादीमा प्रचण्ड, एकीकृत समाजवादीमा माधव–झलनाथभन्दा तल नेतृत्वको कुरा उठ्दैन । यदि नेतृत्व हस्तान्तरणको कुरा उठिहाले पनि उठाउने पंक्तिलाई पार्टीभित्र छानीछानी किनारा लगाउने, अवसरबाट वञ्चित गर्ने काम हुन्छ ।
यो एक प्रकारको दोस्रो र तेस्रो पुस्ताप्रतिको अविश्वास हो, विश्वासको खडेरी हो । अन्ततः देश र जनताप्रतिको घात हो । पद लोभको पराकाष्ठा हो । पहिलो पुस्ताको नेताहरूले आफूलाई निर्विकल्प नेता ठान्ने, सारा जिम्मा आफ्नै हो ठान्नु भ्रम हो । भ्रमको राजनीतिबाट मुक्त भएर पहिलो पुस्ताका नेताहरूले सल्लाहकारको भूमिका बस्नु उचित हुन्छ । नैतिक रूपमा पनि पहिलो पुस्ताका नेताहरूले बाटो खालि गर्नुपर्ने समय निक्कै ढिलो भइसकेको छ ।
बस्तुनिष्ट विश्लेषणको अभाव देखिएको छ । खासगरी कम्युनिस्टहरूले बोक्ने विचार भनेको ठोस परिस्थतिको ठोस विश्लेषण नै हो । कम्युनिस्ट पार्टीका नेताहरू वर्तमान विश्व अवस्था, प्रविधिको विकास र यसको प्रभावबारे बेखर जस्तै बन्यो । आफ्नो विगत, वर्तमान र भविष्यसँगै स्वयं स्वास्थ्य अवस्थाप्रति पनि नेतृत्व अस्तव्यस्त छ । यसर्थ नेतामा नैतिकताको अभाव देखियो । आफ्नोभन्दा पनि आसेपासेको भनेको मान्ने र आफ्नो टाउले काम नगर्ने अवस्था देखियो । मूल नेतृत्वमा देखिने प्रवृत्ति तल्लो तहका नेता कार्यकर्तामा समेत देखिन थालेको छ । उनीहरूमा त्याग, समर्पण, योगदानभन्दा पनि नेताको ढोका कुर्ने, फेरो समात्ने र पद हत्याउने काममा कार्यकर्ता व्यस्त देखिन्छन् । यो आगतको राजनीतिका निम्ति घातक प्रवृत्ति हो ।
त्यागको अवमूूल्ययन बढ्दो छ । नेपाली कांग्रेस र कम्युनिस्ट पार्टी तमाम नेताहरूले विगतमा अथाह त्याग, समर्पण र बलिदानी दिएका छन् । अतः वर्तमान व्यवस्था उक्त संघर्षको उपज नै हो । तथापि विगतमा गरेको त्यागको अवमूल्ययन हुनेगरी वर्तमानमा नेताहरू रुमलिँदा समस्या अनेकन आएका छन् । आफ्नो टाउकोले भन्दा सचिवालय नामका जागिरेहरूको सुझाव मान्नाले पहिलो पुस्ताका नेताहरू अलोकप्रिय बनेका हुन् भन्ने लाग्छ । नेताहरूले आफ्नो टाउकोले काम गर्नुपर्छ । देश र जनताभन्दा आसेपासे, नातागोतालाई बढी विश्वास गर्ने र संरक्षण गर्नेमा नेताहरू नांगै भएर लागेको देखिन्छ । यो घोर आपत्तिजनक छ ।
अन्त्यमा, मूल नेतृत्व अक्षम बन्नुको परिणाम देश, जनता र सम्बद्ध पार्टीले भोग्नु परिरहेको छ । राज्य सत्ता र पार्टी सत्तामा आफू केन्द्रित राज चलाउने नेतृत्वको प्रवृत्ति छ । यो बदलिन र परिर्वतन हुन आवश्यक छ । व्यवस्था बदल्ने पनि कम्युनिस्ट र कांग्रेस हुन् । देशको बदलिँदो अवस्थालाई थप बदल्ने र समृद्ध बनाउको काम पनि यिनीहरूकै हो । नयाँ नारा लगाउने विचार भुत्तेहरूमा स्टन्टबाजी भाषणमा जनता भुल्नु हुँदैन । चेतना भया ।
प्रतिक्रिया