किराँत र खसको पौराणिक प्रसंग

प्राचीन संस्कृत साहित्यहरू ऋग्वेद, पुराण, स्मृति, काव्य, कथा, कविता, तथा विभिन्न खोज, अनुसन्धान र विभिन्न अभिलेखहरूमा पनि किराँत र किराँती जातिको उल्लेख भएको पाइन्छ भने बौद्ध साहित्य, ब्राह्मण, शिख तथा जैन साहित्य, इसाई धर्म, इस्लाम धर्म आदि विभिन्न धर्म ग्रन्थहरू र प्राचीन वास्तुकला, शिल्पकला, लोककला, चित्रकला र लोककथाहरूमा किराँत र किराँतीहरूका बारेमा चित्रण गरिएको पाइन्छ ।

निनाम लोवात्ती

नेपालको इतिहास हेर्ने हो भने सबैभन्दा लामो समयसम्म किराँतीहरूको शासन सत्ता रहेको पाइन्छ । बुढीगण्डकीदेखि पूर्व किराँत राज्य र त्यस भन्दा पश्चिम खस राज्य रहेको इतिहास छ । पौराणिक ग्रन्थहरूमा ९ लाख किराँत र सभा लाख खसहरू रहेको उल्लेख छ । अहिले आफूलाई खस जातिको रूपमा चिनाउनेहरूको जनसंख्या सतलजदेखि बर्मासम्मको हिसाब गर्दा करोडौँ देखिन्छ । त्यतिबेलाका सभा लाख खसहरू अहिले नेपालमै पनि १ करोडको हाराहारीमा छन् । तर त्यतिबेलाका ९ लाख किराँतहरू अहिले कति छन् त ? भन्ने प्रश्नको उत्तर निकै गडबड छ । किनकी नेपालमा आपूmलाई किराँत वा किराँती जाति भनेर चिनाउने जातिको संख्या लगभग ११ लाख रहेको छ ।

अब बिस्तारै हाम्रो देश नेपालमा हामीहरू किराँत वा किराँती जाति हौँ भनेर चिनाउने र चिनिनेहरू हराउने हुन् कि ? यो पंक्तिकारलाई चिन्ता लाग्न थालेको छ । कति त ? भनेर यसका कारणहरू बारे अहिले नै केही नलेखौँ, नभनौँ । भनिन्छ कि, विश्वका विभिन्न सभ्यताहरूमध्ये किराँत सभ्यता पनि एक हो । किराँत सभ्यतालाई विश्वको पूराना सभ्यतामध्ये एक मान्न सकिन्छ । यो कुरोलाई विश्वका प्रायः सबै विद्वान, खोज–अनुसन्धाकर्ता, अन्वेषक, इतिहासकार, लेखक आदिले स्वीकार गरेका छन् । किराँतीहरू ब्रह्मपुत्र तथा गंगा (गोङवा) नदी र यसका शाखा नदीहरूको आसपास विकास भएको मानिन्छ ।

सुरुमा एसिया महादेशको ठूलो भूभागमा किराँतीहरू रहे–बसेका थिए । हो, किराँत–किराँतीहरू कस्मिरदेखि पूर्व, कामरुप, भुटान हँुदै मानसरोवरको दक्षिण–पश्चिमसम्म, ब्रह्मपुत्र नदीको किनारदेखि सरयु नदी किनारसम्म, मानसरोवरदेखि चीनसम्म, नवदेशदेखि महाचीनसम्म पैmलिएका थिए भन्ने विश्वका विभिन्न इतिहासकार एवं विद्वानहरूको भनाइ रहेको छ । त्यस्तै गरेर किराँत वा भनौँ किराँतीहरूको ऐतिहासिकताबारे संस्कृत साहित्यहरूमा पनि प्रशस्तै चर्चा–परिचर्चा गरिएको छ भन्ने भनाइ छ । जस्तै अथर्ववेद, वाल्मीकि रामायण, महाभारतहरू आदिलाई लिन सकिन्छ । जुन प्राचीन धार्मिक ग्रन्थहरूमा किराँती राजाहरू र किराँती जनताहरूको उल्लेख गरेको पाइन्छ ।

त्यस्तै प्राचीन संस्कृत साहित्यहरू ऋग्वेद, पुराण, स्मृति, काव्य, कथा, कविता, तथा विभिन्न खोज, अनुसन्धान र विभिन्न अभिलेखहरूमा पनि किराँत र किराँती जातिको उल्लेख भएको पाइन्छ भने बौद्ध साहित्य, ब्राह्मण, शिख तथा जैन साहित्य, इसाई धर्म, इस्लाम धर्म आदि विभिन्न धर्म ग्रन्थहरू र प्राचीन वास्तुकला, शिल्पकला, लोककला, चित्रकला र लोककथाहरूमा किराँत र किराँतीहरूका बारेमा चित्रण गरिएको पाइन्छ ।

किराँतीहरूको वंशावलीको सन्दर्भमा भन्नु पर्दा गोपाल राज वंशावलीअनुसार ३२ पुस्ता, डेनियल राइटको वंशावलीअनुसार २९ पुस्ता, जिपी सिंहका अनुसार २९ पुस्ता, कर्कपेट्रिकको वंशावलीअनुसार २७ पुस्ता, सिल्भँ लेभीका अनुसार २८ पुस्ता, इतिहास प्रकाशनअनुसार २५ पुस्ता, डा.स्वामी प्रपन्नाचार्यका अनुसार २८ पुस्ता र ‘सुब्बा’ प्रेमबहादुर माबोहाङका अनुसार २८ पुस्ता, धरणीधर दाहालका अनुसार ३५ पुस्ता र भूपेन्द्रनाथ शर्मा ढुंगेलका अनुसार ३३ पुस्तासम्म किराँती राजाहरूले (काठमाडौं उपत्यकामा) राज्य चलाएका थिए ।

भनिन्छ, यसबाहेक पनि एसियाको विभिन्न क्षेत्रहरूमा किराँतीहरूले शासन चलाई आएका थिए । हालको भारत र नेपालका भू–भागहरूमा नै पनि किराँतहरूको अनेक संंप्रभु–सत्ता सम्पन्न राष्ट्रहरू अस्तित्वमा थिए भन्ने गरिन्छ । यसरी कुनै बेला एसियाको ठूलो भू–भागमा फैलिएको किराँतीहरू पछि गएर बाह्य क्षेत्रबाट आएका मानिसहरूको हस्तक्षेप एवं उपनिवेशका कारण विस्थापित हँुदै आफ्नो जिमी–भूमिको साथै आप्mनो असली जातीय स्वपहिचानसमेत गुमाउँदै सीमित भू–क्षेत्रमा बाँकी रहे । हँुदाहँुदा अहिले आएर दक्षिण एसियाको सगरमाथा दक्षिणको सानो भू–भागमा मात्रै आपूmलाई प्रष्ट रूपमा किराँती भनी चिनाउने जातिहरू बाँकी रहेका छन् ।

उनीहरू पनि नेपालको भौगोलिक एकीकरणसँगै ‘राई’, ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’, ‘गौरुङ’, ‘माथा’, ‘करता’, ‘थरी’, ‘कारबारी’, ‘बहिदार’करण गरिए, गरिएका थिए–छन् । जसका कारण उनीहरूको असली किराँत–किराँती पहिचान नै ओझेल पर्न लागेको अवस्था छ । यसरी ‘करण !’ मा परेर आप्mनो असली जातीय स्वपहिचान र अस्तित्व संकटमा परेका किराँत–किराँती महाजातिभित्रका जातिहरूमा पनि सबैभन्दा बढी खम्बुका सन्तानहरू देखिन्छन् ।
‘करण’को कुरो गर्दा किराँत–किराँती ‘कुलुङ’ जातिलाई एक उदाहरणको रूपमा लिन सकिन्छ । किनभने, ‘कुलुङ’ जाति खम्बुका अन्य सन्तानहरू जस्तै भूमि सुधार ऐन आएसँगै ‘राई ! करण’मा परे । स्मरण रहोस्, भूमि सुधार ऐन तलतल (गाउँ–टोलस्तरमा) सम्म लागू भएसँगै ‘रैती–ढाक्रे’हरूले पनि आप्mनो नाममा जग्गा–जमीन दर्ता गर्न पाए । त्यसअघि स्थानीय तालुकदार वा भनौँ जिम्मावाल अर्थात् ‘राई’, ‘मुखिया’, ‘सुब्बा’, ‘देवान’, ‘चौधरी’, ‘गोवा’ आदिको हातमा हुन्थ्यो, जग्गा–जमिनको स्वामित्व अर्थात् अधिकार । यसरी हेर्दा रैती वा भनौँ ढाक्रेहरू पनि भूमि सुधार ऐन आएसँगै फोकटमा ‘राई’, ‘सुब्बा’, ‘मुखिया’ र ‘देवान’, ‘चौधरी’ हुन पाए ।

त्यसअघि असली ‘राई’, ‘सुब्बा’, ‘मुखिया’ र ‘देवान’, ‘चौधरी’, ‘गोवा’ अर्थात् जिम्मावाल र तालुकदारहरूले मात्रै ‘राई !’, ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’, ‘चौधराई–चौधरी’, ‘गोवा’ भन्न र लेख्न पाउँथे । जसरी हाल ‘प्रधानमन्त्री’ केपी शर्मा ओली भनी लेखिन्छ, त्यस्तै ‘राई ! भनी नामको अगाडि नै … ‘राई !’ पद जनाएर लेख्नुपथ्र्यो–लेखिन्थ्यो, नामको पछाडि ‘राई !’ भनी जात वा जाति जनाएर होइन ।

त्यसो त विगतमा ‘सुब्बा’, ‘मुखिया’ र ‘देवान’, ‘चौधराई–चौधरी’ लेख्ने–लेखेका लिम्बु, सुनुवार र याक्खा, थारू आदिले भने आप्mनो जात ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’, ‘चौधरी’ हो भनी लेख्न छाडेका छन् । महत्वपूर्ण कुरो माथिका ४ वटै जातिका कसैले झुक्एिर वा जानाजान आप्mनो जात ‘सुब्बा’, ‘मुखिया’ र ‘देवान,’ ‘चौधरी’ हो भनी लेखेमा पनि उनीहरूलाई खासै समस्या छैन । किनभने, उनीहरू आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन–२०५८ को दफा दुई (क) अनुसार आदिवासी जनजाति सूचीमा सूचीकृत भएका छन् । स्मरणीय छ, सो सूचीमा हाल कथित् ५९ जाति भनिनेहरू सूचीकृत छन् । यहाँ किन कथित् ५९ जाति सूचीकृत छन् भनियो ? यसबारेमा पछि छुट्टै एक लेख लेखिनेछ ।

२०५७–०५८ सालदेखि नै खम्बुका सन्ताहरूमध्ये कुलुङले वास्तवमा ‘राई !’ जाति होइन रहेछ, त्यसैले अब हामी यो ‘राई !’ पदवी वा पगरीलाई जातिको रूपमा लेख्न छाडेर आप्mनो असली जातीय स्वपहिचान कुलुङले चिनिन चाहन्छौँ ! भनी आन्दोलन र जनवकालत गर्न थाल्यो । त्यसका लागि जनस्तरमा व्यापक रूपमा चेतनाको विकास र प्रचारप्रसार गर्ने कामहरू भयो–हालसम्म पनि भइरहेकै छ । त्यस क्रममा नेपालका विभिन्न राजनीतिक दलहरू (सानादेखि ठूलठूलासम्म) र तिनका नेताहरूसँग भेटघाट र लबिङ गर्ने, उनीहरूमार्पmत आप्mनो माग सम्बोधन गर्न अनुरोध गर्ने कामहरू गर्यो–गरिरहेको छ । त्यस क्रममा तत्कालीन राजनीतिक सबै राजनीतिक दल र तिनका नेताहरूसँग भेटघाट गर्ने र ज्ञापनपत्र दिने, आप्mनो माग पूरा गराउन प्रविद्धता जनाउन लगाउने लगायतका कामहरू पनि विगतमा भए ।

२०६१ माघ १९ को घटनापछि मन्त्रिपरिषद्को कार्यकारी अध्यक्ष अर्थात् श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेव नै आदिवासी जनजाति प्रतिष्ठानको अध्यक्ष भए । प्रतिष्ठानको दफा दुई (क) मा व्यवस्था भएअनुसार सूचीकृत हुनका लागि तत्कालीन श्री ५ को सरकार र मातहतमा रहेको स्थानीय विकास मन्त्रालयको प्रतिष्ठानमा फेरि पनि आप्mनो माग पत्र पेस गर्यो । तर, त्यसपछि राई यायोक्खा नामक एनजिओका हर्ताकर्ता राई सर–राईनी म्याडमहरूले नयाँ विषय पाए ‘–कुलुङे ढाक्रेहरू, राजालाई जात माग्न दरबार गए !’ भन्ने । तर, राईवादी कामरेडहरू अर्थात् यायोक्खाका हर्ताकर्ता राई सर–राईनी म्याडमहरू त्यति क्रान्तिकारी थिए भने उनीहरूले १९ माघको राजनीतिक घटनापछि प्रतिष्ठानबाट हट्नु पर्थेन ?

हुन पनि आदिवासी जनजाति सूचीमा सूचीकृत नभई आदिवासी जनजातिको मान्यता पनि नपाइने र नेपालका अन्य आदिवासी जनजातिर अन्तर्राष्ट्रिय समुदायमा पनि आप्mनो अलग्गै जातीय स्वपहिचान पनि स्थापित नहुने भएकोले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन–२०५८ को दफा दुई (क) मा व्यवस्था भएअनुसार सूचीकृत हुनका लागि तत्कालीन श्री ५ को सरकार, स्थानीय विकास मन्त्रालयमा हरेकपटक नियुक्त हुने नयाँ स्थानीय विकासमन्त्री वा राज्यमन्त्री कहाँ जाने र आप्mनो समस्या बताउने, सूचीकरणका लागि पहल गरिदिन अनुरोध गर्ने कामहरू धेरै पटक भए, अहिलेसम्म भइरहेकै छ ।

किराँतीहरू आजको भारत, बंगलादेश, नेपाल, चीन, बर्मा, थाइल्यान्डका भूभागसम्म विकास र विस्तार भएका हुन् । भारतका प्रसिद्ध अनुसन्धानकर्ता तथा लेखक जिपी सिंहका अनुसार भारतको विकासमा किराँतीहरूको ठूलो योगदान रहेको छ । तर, उनीहरूको योगदानलाई इतिहासमा उल्लेख गरिएन । (किराँत ः इन एनसियन्ट इन्डिया) । रामायण, महाभारत, उपनिषद् आदि धार्मिक ग्रन्थहरूमा समेत किराँतीहरूको उल्लेख हुनुबाट पनि किराँती भूमि हालको भारतको ठूलो भूभागसमेत रहेको थियो भन्ने जनाउँछ । हाम्रा पूर्वज (बुढापाका) हरूले भन्ने गरेको कथा (जनश्रुति) तथा लिखित दस्तावेजहरूले पनि मद्रासी (तामिल), नागा, बंगलादेशका खासी, नेपालका गुरुङ, मगर, थारू, लाप्चा, मेचे, कोचे, धिमाल आदि पनि किराँतका हाँगाहरू हुन् । सन्दर्भ स्रोत ः ‘किराँती कुलुङ’ नामक किताब पाना नम्बर–७, ८, ९, १०, ११, … लेखकः इन्द्रबहादुर कुलुङ ।

उता जनकलाल शर्माले पनि किराँतहरूका बारेमा ‘हाम्रो समाज एक अध्ययन’ नामक किताबमा ‘नौलाख किराँत’ उपशीर्षकमा ‘–हड्सन महोदयका अनुसार किराँतीहरूको प्रमुख शाखालाई खम्बु भनिन्छ । यिनीहरूको बसोवास भएको प्रदेशलाई कुनै समय ‘नौलाखकिराँत’ पनि भनिन्थ्यो । यस्तो नामाकरण गर्ने कारणमा हड्सन महोदय भन्छन्, ‘यस प्रदेशमा कुनै समय घरैपिच्छे २ आनाका दरले कर लगाइन्थ्यो र त्यो करको संख्या ९ हजार आना पुग्दथ्यो । यसैलाई बढाएर त्यहाँका मानिसले यसलाई गाउँको संख्यामा ल्याए ।’ यसको उल्लेख फ्लिट महोदयले पनि गरेका छन् । तर, विचारणीय प्रश्न के छ भने त्यस प्रदेशमा २ आनाका दरले घरैपिच्छे कर लगाइँदैनथ्यो । बरु यो कर प्रतिपरिवार १० पैसाका दरले लगाइन्थ्यो र त्यस्तो करलाई ‘मेगचन’ भनिन्थ्यो । मेगचन ‘मेगजिन’को अपभ्रंश रूप हुन सक्दछ । संभवतः यो कर गोरखालीहरूको त्यस प्रदेशमा प्रवेश भएपछि गोलीगठ्ठाका लागि युद्धका समयमा लगाइएको कर थियो …।’ भनी उल्लेख गरेका छन् ।

यसरी समग्रमा हेर्दा ऊ बेलै ‘नौ लाख किराँत’ भनी उल्लेख भएका किराँती–किराँतहरू भविष्यमा गएर हराउने र, मिथकमा मात्रै सीमित हुने त होइनन् ? अहिले आएर यो प्रश्नले सताउन थालेको छ, यो पंक्तिकारलाई । मलाई त वास्तवमै यो प्रश्न गम्भीर बन्दै गएको छ ।

प्रतिक्रिया