नेपालमा किन आएनन्, चिनियाँ पर्यटकहरू ? भन्ने सम्बन्धमा हामी सबैले निर्मम भएर सोच–विचार गर्नुपर्ने हुन्छ, समीक्षा गर्नुपर्ने देखिन्छ । अब सन् २०२५ को तयारी अहिलेदेखि नै गर्नुपर्ने हुन्छ । प्रधानमन्त्री ओलीले चीन भ्रमणका बेला यो कुरा राखुन् । विदेश घुम्न जाने चिनियाँ पर्यटक मध्ये एक प्रतिशत मात्रै नेपाल आउने वातावरण बन्यो भने बिआरआई अन्तर्गतका परियोजना कार्यान्वयनका लागि आर्थिक जोहो गर्न नेपाल आफैँ सक्षम हुन्छ भन्ने यथार्थता प्रधानमन्त्री ओलीले चीनसमक्ष राखुन् ।
प्रधानमन्त्री केपी शर्मा ओली यही १७ मंसिरदेखि ४ दिने औपचारिक भ्रमणका क्रममा छिमेकी देश चीन जाँदै छन् । विगत ४० वर्षको तथ्यांक हेर्ने हो भने विश्वमा सबैभन्दा छिटो उन्नति प्रगति गरेको देश हो चीन । चीन यति बेलासम्म विश्वको दोस्रो ठुलो अर्थतन्त्र भएको देश बनिसकेको छ । सन् १९१२ देखि अहिलेसम्म संयुक्त राज्य अमेरिकाले विश्वको सबैभन्दा ठुलो अर्थतन्त्र भएको देशको रूपमा आफ्नो दबदबा राख्दै आएको छ । अबको २६ वर्षभित्र अमेरिकालाई उछिनेर चीन विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश बन्ने प्रक्षेपण गरिएको छ । जुन प्रक्षेपणलाई अमेरिकाले समेत स्वीकार गरिसकेको छ ।
चीनको लगातार बढिरहेको समृद्धि विश्व राजनीतिक धरातलीय यथार्थतामा आउँदै गरेको परिवर्तन हो । त्यसमा पनि चीन नेपालको सीमा जोडिएको छिमेकी हो । त्यसैले चीनको समृद्धिबाट नेपालले के कसरी लाभ लिने ? भन्ने प्रश्नमा निकै बहस भइरहेको छ । हुन पनि नेपालका प्रतिनिधि मण्डालको चीन भ्रमण र चीनका प्रतिनिधि मण्डलको नेपाल भ्रमण निकै नै बाक्लो हुने गरेको छ । कुनै दिन खाली हुँदैन । तर कार्यकारी प्रमुखहरूको भ्रमण भने यदाकदा मात्रै हुने गरेको छ । त्यही यदा कदा हुने मध्येको हो प्रधानमन्त्री ओलीको चीन भ्रमण ।
सूचना प्रविधि तथा यातायातको सन्जालका कारण विश्व नै एउटा गाउँजस्तो बनिसकेको परिप्रेक्षमा कुनै पनि देशले गरेको उन्नति सबैका लागि हुनु स्वभाविकै हो । चीनले गरेको उन्नति प्रगति पनि सबैका लागि हो । खास गरी चीनले गरेको प्रगति भनेको अत्यन्त कम लागतमा उपभोग्य बस्तु उत्पादन गर्ने प्रविधि हो । यो प्रविधिबाट एकातिर चीनले ठूलो आय आर्जन गरेको छ भने अर्कातिर विश्वभरीका जनताले सस्तो मूल्यमा अत्यावश्यकीय बस्तु उपभोग गर्ने अवसर पाएका छन् ।
नेपालकै कुरा गर्ने हो भने केही दशक अघिसम्म अधिकांश जनता खाली खुट्टा हिँड्थे, फाटेका र टालेका कपडा लगाउँथे । धेरै धनीहरूले मात्रै जुत्ता तथा ज्याकेट लगाउने अवसर पाउँथे । किनकी उत्पादन लागत नै महँगो पथ्र्यो । तर अहिले जुत्ता र ज्याकेट नलगाउने नेपाली सायद नहोलान् । टालेका लुगा लगाउने चलन त हराइसक्यो । आजभन्दा ४० वर्ष अघिसम्म एउटा टेलिभिजन र राजधानी काठमाडौँको एक रोपनी जग्गाको मूल्य बराबर पथ्र्यो । तर, अहिले २०–२५ हजार रुपैयाँमा स्मार्ट टेलिभिजन आउँछ । कम्पुटरको कुरा पनि त्यही हो ।
सीमाना जोडिएका कारण चीनको समृद्धिबाट नेपालले प्रचुर लाभ लिइरहेको छ । तर आर्थिक समृद्धि हासिल हुने गरी लाभ लिन सकेको छैन । बरु नेपालका परम्परागत उत्पादनहरू समाप्त भएका छन् । परनिर्भरता बढ्दो छ । मुख्य कुरा चीनको समृद्धिबाट नेपालले आफ्नो पनि आर्थिक समृद्धि कसरी हाँसिल गर्ने ? भन्ने हो । यसका लागि चिनियाँ सहयोग लिन हामीले जान्नुपर्छ । आफूलाई नोक्सान पर्ने गरी कसैले पनि सहयोग गर्दैन । झन् एउटा राष्ट्रले अर्को राष्ट्रलाई सहयोग गर्ने त कुरै भएन । बरु व्यक्तिसँग मन हुन्छ, हृदय हुन्छ, तर राष्ट्रसँग न मन हुन्छ, न हृदय ।
त्यसैले नेपालले चीनसँग सहयोग माग्दा उसलाई नोक्सानी होइन थप फाइदा हुने हिसाबले माग्नुपर्छ । त्यस्ता क्षेत्रहरूको पहिचान गर्नुपर्छ । त्यस्ता क्षेत्रमध्येको एउटा मुख्य क्षेत्र पर्यटन हुनसक्छ । पर्यटन क्षेत्रको सहयोग आदान प्रदानले चीन र नेपाल दुवैलाई के केति लाभ होला त ? यसै सन्दर्भमा केही तथ्यांकका साथ चर्चा गरौँ ।
कोभिड–१९ पछि विश्वका अधिकांश देशले आप्mनो देश भ्रमण गर्न विदेशी पर्यटकहरूलाई रोक लगाएका थिए । फलतः लगभभग एक वर्ष विश्व पर्यटन बजारमा सन्नाटा छायो । परिणाम स्वरूप सन २०१९ को तुलनामा, सन् २०२० मा ८० प्रतिशत पर्यटक घटे । कोभिड समाप्त भएपछि पर्यटकको संख्या पहिलेकै अवस्थामा पुगेको छ । तर नेपालमा चिनियाँ पर्यटकको संख्या पहिलेको अवस्थामा पुग्न सकेको छैन । नेपाल आगमन दर हेर्दाखेरि सुरुदेखि नै बढ्दै आएको थियो । सन् २०१९ मा १ लाख चिनियाँ पर्यटक नेपाल आएका थिए । त्यसपछि २०२२ सालसम्म त कोरानाकाल भइहाल्ल्यो । कोरोना सकिएको वर्ष सन् २०२३ मा ६० हजार ८७८ जना चिनियाँ पर्यटकहरूले नेपाल भ्रमण गर्न आएको तथ्यांक रहेको छ ।
सन् २०१९ मा मात्रै १६ करोड चिनियाँहरू पर्यटक भई विश्वका विभिन्न देशमा भ्रमण गर्न निक्लेका थिए । त्यसपछि कोभिडका कारण खासै निस्केनन् । सन् २०२३ मा फेरि १६ करोड चिनियाँ विदेश भ्रमणमा निस्के, तर नेपाल आउने संख्या भने सन् २०२३ को भन्दा करिब आधा कम देखियो । विश्वमा सबैभन्दा धेरै चिनियाँ पर्यटकहरू भ्रमणमा निस्कन्छन् । संख्या मात्रै होइन धेरै खर्च गर्ने पर्यटक पनि चिनियाँहरू नै मानिन्छन् ।
सन् २०२३ को फेब्रुअरीदेखि चीन सरकारले आप्mना देशका नागरिकलाई दुई चरणमा विश्वका विभिन्न देशमा पर्यटक भई समूहमा घुम्न जान दिने निर्णय गरेको छ । जसलाई ‘एप्रुभ डेस्टिनेसन स्टाटस’ (एडिएस) भनेर चिन्ने गरिन्छ । कोरोना महामारीपछिको लगभग ३ वर्षपछि चीन सरकारले त्यसरी २ चरणमा आप्mना देशका नागरिकलाई समूहमा विदेशी घुम्न जाने अनुमति अर्थात् ‘एप्रुभ डेस्टिनेसन स्टाटस’ (एडिएस) दिएकोले गर्दा अबका दिनमा चिनियाँ पर्यटकको विश्व पर्यटन बजारमा एकतर्फी दबदबा रहने देखिन्छ ।
हुन पनि चीन सरकारले त्यो बेला (कोरोना माहामारी मत्थर भएपछि) विश्वभरिका विभिन्न देशहरूमध्ये पहिलो चरणमा २० वटा देश र दोस्रो चरणमा ४० वटा देश गरेर जम्मा ६० वटा देशमा मात्रै आप्mना नागरिकका लागि ‘एप्रुभ डेस्टिनेसन स्टाटस’ (एडिएस) जारी गरेको थियो, छ । यसरी चीन सरकारले बिस्तारै–बिस्तार अन्य देशका लागि पनि आप्mना देशका नागरिकलाई पर्यटक भई समूहमा घुम्न जान दिनका लागि ‘एप्रुभ डेस्टिनेसन स्टाटस’ (एडिएस) दियो ।
जनवरी महिना (सन् २०२४) को २७ तारिखका दिन आप्mना देशका नागरिकलाई पर्यटकका रूपमा समूहमा भ्रमण गर्न जान दिनका लागि २० वटा देशलाई ‘एप्रुभ डेस्टिनेसन स्टाटस’ (एडिएस) दिँदा त्यो सूचीमा नेपाल परेको थिएन । दोस्रो चरणमा भने नेपाल पनि चिनियाँ पर्यटकका लागि घुम्न पाउने देशको सूचीमा परेको थियो । त्यसैले गर्दा नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटक ठूलो पैमानामा बढ्ने आशा जगाएको थियो । भलै यो बीचको समयमा अनेक कारणले गर्दा चिनियाँ पर्यटकहरू सोचे जसरी नेपाल भ्रमणमा आउन सकेका छैनन्, आएनन् । तर, पनि हामीले आगामी दिनमा अहिलेको भन्दा पाँच, छ, सात, आठ गुण बढी संख्यामा चिनियाँ पर्यटकको नेपाल आगमन हुने आशा गर्न सकिन्छ । अथवा भनौँ न के कति कारणले चिनियाँ पर्यटकहरू अपेक्षा अनुरूप नेपाल भ्रमणमा आएनन्, आउन चाहेनन् त ? सो सम्बन्धमा हामीले बृहत् ढंगले समीक्षा गरेर अगाडि बढ्नुपर्ने हुन्छ ।
हामीले पनि सन् २०२४ मा विश्व भ्रमण गर्न निक्लने १६ करोड चिनियाँ पर्यटकमध्ये शून्य दशमलव एक प्रतिशत चिनियाँ पर्यटकलाई मात्रै पनि नेपाल भ्रमण गर्नका लागि आकर्षित गर्न सकेको खण्डमा हाम्रा लागि ठूलो उपलब्धी हुने थियो, तर, विश्वका केही देशमा ह्वारह्वार्ती चिनियाँ पर्यटक भ्रमण गर्न गई रहँदा नेपालमा किन आएनन्, चिनियाँ पर्यटकहरू, ? भन्ने सम्बन्धमा हामी सबैले निर्मम भएर सोच–विचार गर्नुपर्ने हुन्छ, समीक्षा गर्नुपर्ने देखिन्छ । अब सन् २०२५ को तयारी अहिलेदेखि नै गर्नुपर्ने हुन्छ । प्रधानमन्त्री ओलीले चीन भ्रमणका बेला यो कुरा राखुन् । विदेश घुम्न जाने चिनियाँ पर्यटक मध्ये एक प्रतिशत मात्रै नेपाल आउने वातावरण बन्यो भने बिआरआई अन्तर्गतका परियोजना कार्यान्वयनका लागि आर्थिक जोहो गर्न नेपाल आफँै सक्षम हुन्छ भन्ने यथार्थता प्रधानमन्त्री ओलीले चीनसमक्ष राखुन् ।
लामो समयदेखि नेपाल आउने विदेशी पर्यटक सबैभन्दा धेरै भारतबाट आइरहेका छन् भने भारतीय नागरिकहरूलाई भिसा शुल्क लाग्दैन । चिनियाँ पर्यटकका लागि भने १५ दिन, ३० दिन र, ९० दिने प्रवेशाज्ञा जारी गर्ने गरेको छ । विगत केही वर्षदेखि विश्वकै पहिलो नम्बर (धेरै संख्यामा पर्यटक भएर विदेश घुम्ने र प्रतिव्यक्ति दैनिक धेरै खर्च गर्ने) को रूपमा विदेशी पर्यटक भएर विदेश घुमिरहेका र, सबैभन्दा धेरै दैनिक खर्च गरी रहेका त्यही चिनियाँ पर्यटकहरू नेपाल भ्रमणमा किन कम संख्यामा आउँछन् र, उनीहरूले नेपाल भ्रमणमा आउँदा किन कम खर्च गर्छन् ? यस विषयमा पनि हामीले बेलैमा सोच्नुपर्ने देखिन्छ । त्यसमाथि नेपाल आउने चिनियाँ पर्यटक भनेका छोटो यात्रामा निक्लने र कम खर्च गर्ने खालका थिए–छन् ।
त्यस्तै चिनियाँ पर्यटकहरू नेपालमा चार–पाँच दिनदेखि ९–१० दिनसम्म बिताउनेहरू बढी आउने गरेका छन् । हुन त चिनियाँ पर्यटकहरू कुनै पनि देशको भ्रमणमा निक्लँदा टे«किङ, र्याफ्टिङ, जंगल सफारी, बञ्जी जम्पिङ, प्याराग्लाइडिङ, साइक्लिङ, क्यानोइङ आदि पनि गर्ने भएकोले चिनियाँ पर्यटकबाट टुर अपरेटरहरूलाई आर्थिक रूपमा भने भारतीय पर्यटक हेरी चिनियाँ पर्यटकबाट फाइदै फाइदा देखिन्छ । तापनि हामीले सन् २०२४– २०२५ देखि बढ्ने पर्यटकीय गतिविधिबाट डिलक्स, लक्जरियस र, सक्दो खर्च गर्न सक्ने र कम्तिमा ८–१० दिनदेखि १४–१५ दिनसम्म बिताउने खालका चिनियाँ पर्यटकका साथै भारतीय पर्यटकहरू सक्दो धेरै भित्र्याउने प्रयासमा अहिलेदेखि लाग्नुपर्ने देखिन्छ ।
प्रतिक्रिया