संसद्मा रवि बेलाबेला भन्ने पनि गर्थे– ‘हाम्रै कारणले भ्रष्टाचारको सवालमा केही कुरा भएका छन् ।’ जसले गरे पनि राम्रै गरे त के भो ? हाम्रै कारणले किन भनिरहनुपर्यो ? संसदीय व्यवस्थाको कमजोरीका रूपमा देखापरेको जस अरूलाई दिनै नचाहने प्रवृत्ति रविमा पनि देखियो ।
न्युटनको सिद्धान्तअनुसार हरेक क्रियाको विपरीत र उल्टो प्रतिक्रिया हुन्छ । पृथ्वीनारायण शाहको दिव्योपदेश छ– ‘जाइकटक नगर्नू, झिकीकटक गर्नू ।’ हाम्रा बूढापाकाहरूको भनाइमा पनि आफू जाइनलाग्नू, आइलाग्नेलाई बाँकी नराख्नू भन्ने छ ।
माथिका भनाइहरू हाम्रो सामाजिक र राजनीतिक व्यवहारमा सधैँ मेल खाँदै आइरहेका छन् । २०७९ मंसिरमा भएको चुनावपछि संसद्मा नयाँ शक्तिका रूपमा रवि लामिछानेको उदय भयो । यसले परम्परागत रूपमा सत्ताको बागडोर सम्हालिरहेका दलहरूलाई थ्रेट महसुस भयो । प्रचण्ड काम्रेडको भाषामा निरन्तरतामा क्रमभंंंगता भएझैँ भयो । २१ सिटसहित संसद्मा आएको रास्वपाले भ्रष्टाचार, ढिलासुस्ती र अनियमितताको उछितो काढेर विरोध गर्न थाल्यो । निउँ के पाउँ भन्ने थियो । रवि लामिछानेको कमजोरी खोजीनीतिको विषय बन्यो ।
दुइटा नागरिकता, दुइटा पासपोर्ट फेला परेपछि उनी गृहमन्त्री भएकै बखत पहिलो पटक अनागरिक भए । पार्टी सभापति, गृहमन्त्री र सांसदको पद पनि गयो । हुन त यस्ता दोहोरो नागरिकता भएका पुराना पार्टीका अरू पनि पदासीन छन् । कसैले पनि त्यसको वास्ता गरेको बुझिएको छैन । जो चुदुरबुदुर गर्छ, कसैले नगरेको नयाँ काम गर्न खोज्छ, उसले यो नियति भोग्नुपर्ने कुरा सामान्य नै हो । हाम्रा पुराना बुढापाकाले भन्ने गर्दथे–‘अन्धाको देशमा गए आँखा चिम्लनु र लंगडाको देशमा पुग्दा खुट्टा खोच्याउनु ।’ त्यो लामिछानेले गरेनन । नयाँ काम गर्न जनताको मत लिएर आएका उनले संसद्मा आएर पनि भ्रष्टाचार र अनियमितताको खुलेर विरोध गरे । उनलाई अरुले भन्दा नयाँ कसरी गरौं ? भन्ने थियो । नयाँ गर्नकैलागि जनताको म्याण्डेट पाएका उनले नयाँ नगर्ने बित्तिकै उनको औचित्य पनि त समाप्त हुन्थ्यो । यसैले के के गर्न सकिन्छ ? त्यो उनले गर्ने प्रयास गरे ।
प्रहरी संंगठनमा सरुवा बढुवा आदि पावर र पैसाको आधारमा हैन योग्यता क्षमता र सेवा अवधीका आधारमा हुने भन्ने उर्दी जारी गरे । यसले प्रहरी संगठनमा पनि नयाँ आशा जगाएकै थियो । ढिलासुस्ती र घुसखोरीको बिरुद्धमा पनि केही काम हुन सुरु भएकै थियो । तर उनको नागरिकता केसको उल्झनले गृह मन्त्री र सांसदको पद गयो । अनागरिक समेत भएकाले र पार्टीको सभापति पद समेत गयो । दुई दिन पछि उनले पुरानो नागरिकता बुझाई त्यही नम्बरमा नयाँ नागरिकता लिएपछि बल्ल पूःन नेपालको नागरिक हुन पाए । उनको पार्टी अध्यक्ष पद फिर्ता भयो । तर सांसद पद फिर्ता भएन । चितौनमा उनको क्षेत्रमा नयाँ चुनाव भयो । भारी मतले पूःन उनी बिजय भएर संसदमा आइपुगे ।
संसद्को सबैभन्दा ठूलो दल नेपाली कांंग्रेसको समेत समर्थनमा प्रचण्ड काम्रेडले सरकारको नेतृत्व गरिरहनु भएको थियो । रास्वपा यो मन्त्रिमण्डलमा समाबेस हुन चाहेन । यस बखत रविले गर्ने भूमिकामा माओबादी पार्टीको नेतृत्वको सरकारले केही उल्लेखनिय कार्यहरू गर्यो । गृहमन्त्री नारायणकाजी श्रेष्ठले ललिता निवास काण्ड, भुटानी सरणार्थी काण्ड, टिकापुर जग्गा काण्ड, सून काण्ड जस्ता ठूला काण्डका फायल खोले । माओबादीका प्रभावसाली नेता बर्षमान पून समेत सून काण्डमा तानिए । पूर्व सभामुख कृष्णबहादुर महराका बाबु छोरा नै तानिइसकेका थिए । भलै यो केस अगाडि जान भने सकेन । यसमा माओबादी पार्टीका केही बाध्यताहरू थिए ।
ललिता निवास काण्डमा भाटभटेनीका साहु मिनबहादुर गुरुङ्ग जेलकै हावा खान पुगे । पछि उनी धरौटीमा रिहा भएका हुन । अदालतमा मुद्दा चलिरहेकै छ । मुद्दा टुंगिएको अवस्था छैन । भुटानी शरणार्थी काण्डमा कांंंंग्रेसका पूर्ब गृहमन्त्री बालकृष्ण खाँड समेत जेल पुगे । कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा स्वयम पनि यो केसमा छानबिनको दायरामा थिइन् । उनलाई टिकापुर जग्गा काण्डमा पनि तानिने छाटकाट आइसकेको थियो । यहि क्रममा केही समझदारी बनाउन भनि पूर्व गृह मंंन्त्री नारायणकाजी श्रेष्ठ पूर्ब प्रधान मन्त्री देउवाको निवास पुगेका थिए । आरजुका कुरा सुन्ने बित्तिकै देउवा, ‘मर्ता क्या नै कर्ता’ भनेर जंंगिएर जुरुक्क उठेकोे भन्ने खवर बाहिरिएको छ । प्रचण्ड मंंन्त्रिमण्डलको सरकारले पनि भ्रष्टाचारको सवालमा केही गर्न खोजेको भन्ने कुरा त्यसबेलाको गतिविधिबाट बुझिन्छ ।
हुन त २०६२ साल पछि पहिलोपटक संसदमा बहुमत सहित आएको माओबादी पार्टीको सरकार प्रमुख हुदा पनि प्रचण्ड काम्रेडले केही नयाँ काम गर्न खोज्नुभएकै थियो । निरन्तरतामा क्रम भंंगता उहाँको भाषणको शव्दावलीमा प्रशस्त सुन्न पाइन्थ्यो त्यो बेला । पशुपतीनाथमा भारतिय भट्ट पुजारी हटाउने काम नयाँ थियो । तत्कालिन सेना प्रमुख रुकमांंगत कटुवाललाई हटाइ तेस्रो बरियताका व्यक्तिलाई सेना प्रमुख बनाइएको थियो । तर पछि तत्कालिन राष्ट्रपति डा. रमवरण यादबको कदमले प्रचण्डले गर्न खोजेका काम सबै असफल भयो ।
यसपछिका दिनहरूमा माओबादी पार्टीका बिखण्डनका दिनहरू सुरु भए । संंंंसदिय व्यवस्थामा समाबेस हुनु नै गलत थियो भन्दै कति त अलगिए र छुट्टै पार्टी गठन गरे । तर अलगिनेहरूले पनि नयाँ केही गर्न सकेनन् । कोही पूःन त्यही आफ्नो मातृ पार्टीमा आएर मिसिए । यसपछिका दिनहरूमा माआबादी केन्द्र पनि पुराना राजनीतिक दलकै रूपमा दर्ज भएर अगाडि बढिरहेको थियो । तर रविको आगमन पछि आएको रौनकले प्रचण्ड काम्रेड र नारायणकाजी जस्ता केही गरु भन्ने भावना भएका नेताहरूलाई नयाँ रक्त संंचार भएको देखिन्छ । यसै व्यवस्था भित्र पनि गरे केही हुन्छ भन्ने प्रभाव केहीलाई त परेकै हो ।
संसद्मा रवि बेला बेला भन्ने पनि गर्दथे–‘हाम्रै कारणले भ्रष्टाचारको सवालमा केही कुरा भएका छन् ।’ जसले गरे पनि राम्रै गरे त के भो ? हाम्रै कारणले किन भनिरहनु पर्यो ? संसदीय व्यवस्थाको कमजोरीका रूपमा देखापरेको जस अरुलाई दिनै नचाहने प्रवृत्ति रविमा पनि देखियो ।
प्रचण्ड काम्रेड नेपाली कांंग्रेसको समर्थन छोडेर पूःन नेकपा एमालेको समर्थनमा सरकार बनाउन आइपुग्नुभयो । संसद्को जोड घटाउमा पूःन रवि गृहमन्त्री बन्ने । पहिल्यै नेपाली संंचार क्षेत्रका मनोपोली गर्न पल्केका बाह्र भाइको रविले एक एक गरि पोल खोलेकै थिए । बाह्र भाइ मध्येको जेठो भाइ कान्तिपुर मिडिया ग्रुपका मालिक कैलास सिरोहियालाई नागरिका केसमा नै जेलको हावा खान पठाइदिए । यहि कान्तिपुरको पटक पटकको भँगेर अक्षरमा छापिने समाचारका कारण रवि पावरमा रहदैको अवस्थमा अनागरिक बनेका थिए । रविले यसपटक पृथ्वी नारायण शाहको भाषामा भन्ने हो भने जाइकटक गरेका थिए ।
भ्रष्टाचारका ठूला ठूला फाइल बाहिर आउन थालेपछि संसद्मा रहेका ठूला दलहरू प्रचण्डको सरकारमा भएको हालीमुहाली देखि वाक्क भएको अवस्था थियो । दुबै ठूला दललाई खेलाउने र पछार्ने रणनीति बुझेका दलका शीर्ष नेताहरूले प्रचण्डको चालबाजी बुझिहाले । कहिल्यै मिल्न नसक्ने ठूला दलका शिर्ष नेताहरूको आपसमा मन्त्रणा भयो । अचानक पासा पल्टियो । नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद ओलीको नेतृत्वमा सरकार बन्यो । नेकपा माओबादी केन्द्र र रास्वपा पार्टी बिपक्षी दलको बेन्चमा बस्न बाध्य भए ।
आफ्ना प्रिय भाउजूका विरुद्ध उभिएका तत्कालीन गृहमन्त्री रवि लानेछानेलाई सहकारी ठगको बिल्ला भिराउन पहिलेदेखि नै युवा नेता भनिने गगन थापाहरू सक्रिय थिए । सरकारबाट रास्वपा हटिसकेपछि रवि पावरबाट झरिसकेको अवस्था थियो । उनलाई पोखराको सूर्यदर्शन सहकारी ठगेको आरोपमा संसद्को छानबिन समितीले कार्यबाहीको निसाना बनायो । रविले गरेको क्रियाको यो कांंंग्रेसको प्रतिक्रिया थियो ।
सहकारी छानबिन समितीका संयोजक सूर्य थापालाई पत्रकारहरूले सोधेको प्रश्नको उत्तर यस्तो छः– १) लामीछाने कुनै सहकारीको सदस्य बनेका छन ? उत्तर – छैनन् । २) कुनै सहकारीका संंचालक बनेका छन ? उत्तर – छैनन् । ३) रवि लानेछानेले कुनै सहकारीबाट ऋण लिएका छन ? उत्तर – छैनन् । ४) ऋणकोलागि कतै निबेदन दिएका छन ? उत्तर – छैनन् । ५) कतै कागजात पेस गरेका छन ? उत्तर – छैनन् । ६) कतै आफै उपस्थित भएर ऋण मागेका छन् । उत्तर – छैनन् । ७) गोरखा मिडियाको संंचालक समितिको माइन्यूटमा सहकारीवाट ऋण लिने भन्ने कहिल्यै कुनै निर्णय गरिएको छ ? उत्तर – छैन ।
अन्तिममा उनै सूर्य थापा भन्छन–‘हामीले रवि लामेछानेलाई दोषी किटाण नै गरिसकेका छौं । किनभने यसको खर्चमा उनी दोषी छन् । उनले गोरखा मेडियामा बसेर चेक काटेका छन् ।’ माथिको प्रश्नोत्तरले रविलाई राजनीतिक रूपमा प्रतिशोध साधेको मात्र देखिन्छ । भलै उनी प्रहरीको कष्टडीमा पुगिसकेका छन् । सहकारी ठगीको रकम ८७ अर्ब रूपैंया भन्दा माथि पुगिसकेको भन्ने देखिन्छ । यसमा ठूला ठूला ठगी काण्डका अपराधीहरू पुराना र ठूला पार्टीकै देखिएका छन् । उनीहरू ढुक्कले आरामको निन्द्रा निदाईरहेको अवस्था छ । पोखरामा भएको रास्वपाको जुलुसमा देखिएको जनसमर्थनलाई देख्दा लामिछाने सहकारी ठग हुन भन्ने कुरा जनताले नपत्याइरहेको नै पुष्टि हुन्छ ।
प्रतिक्रिया