अरू स्थानमा कहिलेकाहीँ दृष्टि परे पनि, जहाँ पाहुना अतिथि आउने जाने गर्छन् र उनीहरूलाई भोजन गराइन्छ, जहाँ सज्जनलाई सेवा गरिन्छ, जहाँ धर्म कर्म गरेर भगवानको भक्ति गरिन्छ, जहाँ गलत कर्म नगरी सत्यको पालना गरिन्छ, जहाँ गाईको रक्षा गरिन्छ, जहाँ पत्नी सन्तोषी र विनयी हुन्छिन्, जहाँ झैझगडा नभई शान्ति हुन्छ, जहाँ दान दिनको लागि भनेर धन सञ्चित गरिएको हुन्छ त्यसता स्थानमा म सधैँ निश्चल भएर बस्ने गरेको हुन्छु ।’ (लक्ष्मी स्तोवन स्तोत्र–श्री वैभव लक्ष्मी मन्त्र) ।
रत्नाकर डाकु थिए पछि ऋषि भए । आत्मालोचना–प्रायश्चित्तले मानिस सुकर्मतिर लाग्छ । हाम्रा नेताहरूले आत्मालोचना गरेका छैनन् । शुकदेवले उहिल्यै भन्नुभएको थियो –‘तस्मात्पुरैवाश्विह पापनिष्कृतौ, यतेत मृत्योरविपद्यताऽऽत्मना । दोषस्य दृष्ट्वा गुरुलाघवं गथा, भिषक चिकित्सेत रुजां निदानवित् ।’ अर्थात मन, वाणी र शरीरबाट भएका पाप कहलिने कर्महरू समयमै स्वीकारी जिम्मेवारी लिएर सजगता एवं सावधानी पूर्वक प्रायश्चित्त गरेमा चिकित्सकले आवश्यक जाँचबुझ गरेर उपचार गर्नसके जस्तैगरी भगवान्ले पनि समय मै उपचार गरिदिनु हुनेछ ।
(श्रीमद्भागवत् । स्क.६ । अ.१ । श्लोक ८)
भारतको वर्तमान बिहार र उत्तर प्रदेशमा यदुवंशीको राज थियो । नेपालकै सिराहा सप्तरी तथा धनुषामा पनि राज त ‘पटवारी’ यादवहरू कै थियो, तिरो असुलीको उन्मादले यादवराजको विधिले तोकेको कर्मबाहेकको कर्ममा कालो बादल छाएपछि महाराजा पृथ्वी वीर विक्रम शाहदेवकी महारानीले अधिकार खोसेर सजाय दिनुपरेको थियो रे ! भन्ने मैले सिराहा बस्दा हल्ला सुनेको थिएँ । हल्ला हो सत्य नहुन सक्छ तर, विश्वमा यहुदी वंशहरू भारतवर्षे यादव–यदुकै वंश हुन, कृष्णका उत्तराधिकारीहरूको आपसी मारकाटको कलहबाट ज्यान जोगाएर भाग्दै जेरुसेलम पुगेका भनेर अचेल चर्चामा आएको, हलचल छाएकोचाहिँ सत्य हो ।
पुँजी ग्रन्थ लेख्ने माक्र्स, खर्बपति जर्ज सोरेस, ब्लयाकरकका मालिक मात्र होइन, युक्रेनका कलाकार जेलेन्सकीसहित सबै यहुदी नै हुन् । ‘मनी इज वेपन्’(जर्ज सोरेस) भन्ने लक्ष्मी शस्त्रले युक्रेनमा ई.सं.२०१४ देखि काम गरेपछि अहिले विश्वलगायत सम्मानीय मोदीजीलाई समेत अनिन्द्रा सिर्जना गरिरहेको छ । लक्ष्मीको महत्व यहुदी वंशीहरूले जति अरूले बुझेका छैनन् । विहार युपीमा यदुवंशी सत्ता कहिले पनि पैसाको मामिलामा विवादरहित हुन नसकेकाले नेपालको दक्षिणी सीमा जोडिएका क्षेत्रहरू यी राज्यहरूकै नक्कल गरेर पैसा भनेपछि मरिहत्ते नै गर्छन् । लक्ष्मी माता खै किन हो कुन्नी टुलुटुलु हेरेर बस्नुभएको अवस्था छ ।
यो अवस्थामा सबै नेतालाई होइन देशलाई पो समृद्धि बनाउँदै देशमा एकता तथा मेलमिलाप कायम गराउन भ्रष्ट तथा अनैतिकवान नेताहरूलाई आत्मालोचना–प्रायश्चित्तका लागि यदि मानेनन् भने कारबाहीका लागिसमेत भगवती लक्ष्मीलाई जगाउने हो कि ? लक्ष्मी मातालाई जगाएर धन(लक्ष्मी)युद्ध–राजनीतिक अस्थिरतामा प्रयोग हुने साधन होइन बरु सत्कर्मका लागि मात्र शस्त्र हो, लक्ष्मी हाम्रो मनको उदारता–सम्पन्नता–वैभव–समाथ्र्यता–खुसी–सौभाग्यताको नाम हो भन्नेसमेत प्रमाणित गर्ने बेला भइसकेको पो हो कि ?
‘हिमाद्रेस्तुङ्गशिखराद् प्रोद्भूता वाग्वती नदी । भागीरथ्याः शतगुणं पवित्रं तज्जलं स्मृतम् ।’ अर्थात बाग्मती नदीको जल भागीरथी गंगाको भन्दा सयगुना पवित्र छ (वाराहपुराण ) भनेर शास्त्रमा उल्लेख गरिएको छ । बाग्मती नदी बग्ने नेपालमा सदाचारी नेपालीले यसपाली तिहारमा देहाएका स्तोत्र जप्दै विशेष पूजाको आवश्यक छ ।
नव दुर्गाको नवाँै स्वरुप सिद्धीदात्रीलाई महालक्ष्मीको रूपमा मानेर पूजा पनि गर्ने चलन छ । कोजाग्रत पूर्णिमामा पनि धेरै पुरानो देवी–प्रकृतिको सुन्दर स्वरूप–स्वर्गजस्तै देखिने प्रदुषण मुक्त सफा स्वच्छ प्राकृतिको समेत प्रतिक लक्ष्मी(श्री)को पूजा गरिन्छ । दुर्गा कवचको श्लोक ३९ मा लक्ष्मी देवीले यश र कीर्तिको रक्षा गरुन् भनिएको छ । श्री दुर्गासप्तशतीको अध्याय ११ को श्लोक २२ मा लक्ष्मी, महामाये भनिएको छ । अध्याय ५ मा भगवान विष्णुको वक्षःस्थलमा लक्ष्मी सधैँ निवास गर्नु हुने भएकाले विष्णुको ३६१औँ नाम नै लक्ष्मीवान् रहेको छ । माता लक्ष्मीको प्रभावकारी मन्त्र यस्तो भएको पाइन्छ, ‘ॐ श्रीं ह्रीं श्रीं कमले कमलालये प्रसीद प्रसीद श्रीं ह्रीं श्रीं ॐ महालक्ष्मी नमः । यो माता लक्ष्मीको वीज मन्त्र भएकाले यशलाई जप गर्दा घरमा कार्यालयमा, उधममा सुख–समृद्धि आउने विश्वास गरिन्छ । ॐ ह्रीं श्री क्रीं क्लीं श्री लक्ष्मी मम गृहे धन पूरये, धन पूरये, चिंताएं दूरये–दूरये स्वाहाः ।’
ॐ लक्ष्मी नमः । ‘या रक्ताम्बुजवासिनी विलासिनी चण्डांशु तेजस्विनी । या रक्ता रुधिराम्बरा हरिसखी या श्री मनोल्हादिनी ।। या रत्नाकरमन्थनात्प्रगटिता विष्णोस्वया गेहिनी । सा मां पातु मनोरमा भगवती लक्ष्मीश्च पद्मावती ।। – रातो कमलपुष्प माथी विराजमान हुनुभएकी, अपूर्व कान्तिवान–असयैह तेजिली, पूर्ण रूपमा रातो, रक्त वस्त्र पहिरिनुभएकी, भगवान हरिको प्रिय सखी, समुन्द्रमन्थनबाट प्रकट हुनुभएकी मनलाई आनन्द दिनुुहुने लक्ष्मी, कमलबाट जन्मिएकी भगवान् विष्णुकी पत्नी, अतिपूजनीय माता लक्ष्मी मेरो रक्षा गर्नुहोस् ।
शास्त्रमा धनकी देवी भगवती लक्ष्मीको नाम १ हजारपटकसम्म जप्नुपर्ने प्रावधान राखिएका छन् । १ हजार धनलक्ष्मीको नाम जप्न सम्भव नभएका कारण धेरैले १६ लक्ष्मीको नाम जप्दछन् । त्यसलाई शास्त्रमा षोडशलक्ष्मी भनिएको छ भने अष्टलक्ष्मी भनी ८ जना देवी लक्ष्मीको नाम पनि सधैँ जप्ने गरेका पनि छन् । कोही लक्ष्मी चालीसा पनि पाठ गर्छन् । लक्ष्मीको स्तुति गर्न अरू स्तोत्रहरू पनि छन् ।
आरती गर्ने कि नगर्ने बारे पृथक मत पनि रहेको पाइन्छ । आरती गरेर भगवान्लाई बिदा गर्नु हुन्न बरु अन्त्यमा आरतीको स्थानमा ‘कर्पूर गौरम्’भन्ने स्तोत्र मात्र पाठ गर्ने भन्ने एकथरीको सुझाव छ भने धेरैको मतचाहिँ जब भगवान्लाई आह्वान गरेर बोलाइन्छ भने आरती गरेर नै बिदा गर्नुपर्छ भन्ने रहेको पाइन्छ । स्त्री तथा यज्ञोपवीत नभएका पुरुषले नाम, स्तोत्र, आरती, मन्त्र जप्दा ‘ॐ’ को ठाउँमा ‘श्री’ शब्दको प्रयोग गर्नुपर्ने भनिन्छ । आरती गर्दा जपको पहिलो वाक्यलाई अरू जपपछि दोहोर्याउने गरिन्छ ।
महालक्ष्मीको आरतीको सम्बन्धमा भेटिएका आरतीबाट यो पंक्तिकारले यसरी तयार गरेर प्रस्तुत गरेको छ, ‘ॐ(श्री) जय लक्ष्मी माता, आमा जय लक्ष्मी माता । गर्छन् निशिदिन सेवा, विष्णु शिव धाता(ईश्वर) ।।१।। उमा रमा ब्रह्माणी कमला, तिमि हौ जग–माता । सूर्य चन्द्र ध्यान गर्छन्, गाउँछन् नारद ऋषि माता ।।२।। दुर्गा रूप निरञ्जनी, सुख–सम्पति दाता । तिम्रा ध्यान भक्ति भावले जो गर्छन्, दिन्छ्यौ अद्धि–सिद्धि–धनको छाता ।।३।। तिमी पाताल निवासी, तिमी नै शुभ–दाता । कर्म–प्रभाव–प्रकाशिनी, भवसागरको त्राता(रक्षा गर्ने) ।।४।। जुन घरमा तिमी रहन्छ्यौ, सबै सदगुण दिन्छ्यौ दाता । सबैकुरा सम्भव हुन्छ, मन किन डराउँथ्यो र कता ।।५।। तिमी नभई यज्ञ हुँदैन, पाउँदैनन् कसैले वस्त्रसमेत ता । खान–पिनको वैभव सबै वस्तुको तिमी दाता ।।६।। शुभ गुण मन्दिर सुन्दर, क्षीर निधिमा टन्न । तिमीविना रत्न चतुर्दश, कसैले केही पाउन्न ।।७।। (श्री)महालक्ष्मीजीको आरती, जुन नरले गाउँछन् । हृदयदेखि, उमंग भई सर्व पाप मुक्त हुन्छन् ।।८।। रहनुहोस् हामीमाझ, महालक्ष्मी भगवती । देखावटी आडम्बरले धर्मलाई बिटुल्याउँदै नबनाऔँ विकृति ।।९।।
यसरी महालक्ष्मीको आरती गरिसकेपछि फल प्राप्त हुने विश्वास गरिएको यो श्लोकलाई पाठ गर्ने गरिन्छ, ‘यत्राम्यागवदानमान चरण पक्षालनं भोजन । सत्सेघा पितृदेववार्चन विधिः सत्यंगवां पालनम् ।। धान्या नामपि सग्रहो न कलहशिचिता तृरूपा पृया । दृष्टा प्रहा हरि वसामि कमला तस्मिन गृहे निष्फला ।’ यसको अर्थ हो, अरू स्थानमा कहिलेकाहीँ दृष्टि परे पनि, जहाँ पाहुना अतिथि आउने जाने गर्छन् र उनीहरूलाई भोजन गराइन्छ, जहाँ सज्जनलाई सेवा गरिन्छ, जहाँ धर्म कर्म गरेर भगवान्को भक्ति गरिन्छ, जहाँ गलत कर्म नगरी सत्यको पालना गरिन्छ, जहाँ गाईको रक्षा गरिन्छ, जहाँ पत्नी सन्तोषी र विनयी हुन्छिन्, जहाँ झैझगडा नभई शान्ति हुन्छ, जहाँ दान दिनका लागि भनेर धन सञ्चित गरिएको हुन्छ त्यसता स्थानमा म सधैँ निश्चल भएर बस्ने गरेको हुन्छु ।’ (लक्ष्मी स्तोवन स्तोत्र–श्री वैभव लक्ष्मी मन्त्र) ।
धार्मिकभन्दा शारीरिक शुद्धताका लागि हो भन्ने सन्त–महन्त–योगीहरूले भनेको कुरा स्मरण गर्दै आवश्यकता अनुसार मात्र व्रत बस्नुपर्छ अन्यथा उल्टै शारीरिक हानि हुन्छ भन्ने बुझेका हामीहरूले आफ्नो गच्छे–सामथ्र्य अनुसार लक्ष्मीको आराधना कीर्तन गर्नुपर्छ, देखावटी गर्न होइन । चाडपर्वमा देखावटी, आडम्बर, तामझाम, बढी खर्च गर्दा समाजमा निकै सम्मान पाउने काम गरियो भन्ने त लाग्दो हो तर, भगवान् समर्पण भावले नै प्राप्त गर्न सकिन्छ । ‘कलियुगमा पापको छाया लामो र गहिरो हुने हुन्छ । धर्म व्यापार बन्द्छ, पूजा त खाली नाटक देखावटी हुनेछ, कीर्तन मण्डली खुब धन कमाउँछन्, ईश्वरको नाममा व्यापार–दुर्गाको नाममा लूट …छी..छी घिन हुन लागेको थियो ।’(पं.विष्णु शर्मा । माँ वैभव लक्ष्मी व्रतकथा । प्रकाश पब्लिकेसन,दिल्ली,भारत । पृष्ठ १५–२६) ।
प्रतिक्रिया