वैज्ञानिक र विज्ञानका लागि सगरमाथाको उचाइ वृद्धि एउटा पहेली बन्दै आएको छ । तर अब यसको कारण खोजकर्ताहरूले बुझ्न थालेका छन् । पछिल्लो ताजा अध्ययनमा वैज्ञानिकहरूले भनेका छन् कि यो सगरमाथको उचाइ बाँकी चुचुराहरूभन्दा बढी बढ्नुको पछाडि २ ठुला नदी प्रणालीहरूको मिलनसँग जोडिएको भन्ने खोज गरिएको छ ।
भूगर्भका खोज अनुसन्धानकर्ता जानिफकारहरू भन्दछन् हिमालय लगातार बढिरहेको छ । तर बिश्वको सबैभन्दा उँचो सगरमाथाको उचाइ बढ्ने दर अरू बाँकी टाकुराभन्दा बढी छ । यस्तो किन भइरहेको छ ? वैज्ञानिकहरूले यो प्रश्नको उत्तर खोजेका छन् ।
सबैलाई थाहा छ सगरमाथा पृथ्वीको सबैभन्दा उच्च पर्वत टाकुरा हो । समुद्र सतहदेखि झण्डै ८ दशमलव ८५ किलोमिटरको उचाइमा रहेको यो पर्वत अहिले लगातार बढिरहेको सगरमाथका अध्येता र खोजकर्ताहरू बताउँदछन् । यो बढ्नुको कारण हिमालय पर्वतमालको संरचना नै हो भन्ने अध्ययनले देखाएको छ । यस पर्वत शृंखलाको उत्पत्ति लगभग ५० करोड वर्ष पहिला भएको मानिन्छ । जतिबेला भारतीय उपमहाद्वीप र युरेशिया परस्पर ठोक्किएका थिए । त्यसपछिदेखि नै यो पर्वतको उचाइ लगातार बढ्दै आइरहेको बताइन्छ । तर, यस कारणले सगरमाथा जति गतिमा बढ्नुपर्ने हो त्योभन्दा धेरै अहिले बढिरहेको छ ।
वैज्ञानिक र विज्ञानका लागि सगरमाथाको उचाइ वृद्धि एउटा पहेली बन्दै आएको छ । तर, अब यसको कारण खोजकर्ताहरूले बुझ्न थालेका छन् । पछिल्लो ताजा अध्ययनमा वैज्ञानिकहरूले भनेका छन् कि यो सगरमाथको उचाइ बाँकी चुचुराहरूभन्दा बढी बढ्नुको पछाडि २ ठुला नदी प्रणालीहरूको मिलनसँग जोडिएको भन्ने खोज गरिएको छ ।
के अनुमान शोधकर्ताहरूले लगाएका छन् भने नदी प्रणालीमा परिवर्तनका कारण सगरमाथाले झण्डैझण्डै १५ देखि ५० अर्थात ४९ देखि १६४ फुटको उचाइ पाएको छ । आजभन्दा झण्डै झण्डै ८९ हजार वर्ष पहिला कोसी नदी र अरुण नदी परस्पर मिल्न पुगेका थिए । जसको कारण यो उचाइको परिवर्तन भएको थियो । यसको अर्थ के हो भने सगरमाथाको उचाइमा वर्षैपिच्छे शून्य दशमलव २ देखि शून्य दशमलव ५ मिलिमिटरको वृद्धि हुँदै आइरहेको छ ।
अरुण र कोसी नदीको मिलन
जुन भूगर्भीय प्रक्रिया चलिरहेको छ, त्यसलाई खोजकर्ताहरूले ‘आइसोस्टेटिक रिबाउन्ड’ भन्दछन् । यसमा पृथ्वीको पातल तहभन्दा माथिको भूमिको हिस्सा माथि उठ्दछ जब सतहको भार कम हुने गर्दछ । पृथ्वीको यो तह गर्म र अर्ध–तरल चट्टानको बाहिरी पत्र तैरिने गर्दछ जसलाई मेन्टल (यो पृथ्वीको बाहिरी तहमा तैरिरहेको भाग) भनिन्छ । शोधकर्ताहरू बताउँदछन् कि अरुण र कोसी नदीको मिलन मैत्रीपूर्ण किसिमको थिएन । त्यस स्थितिमा कोसीले अरुणलाई आफ्नो अधिनमा लियो । नदीहरूले समय गुज्रदै जाँदा आफ्नो मार्ग बदले । त्यसो गर्दा तीव्रतापूर्वक कटान भयो र ठूलो मात्रामा चट्टानहरू र माटो हट्न गयो । अनि सगरमाथा नजिक क्षेत्रको भार कम हुन गयो ।
चीनको बेइजिङस्थित चाइना युनिभर्सिटी अफ जियोसाइन्सेजका भूगर्भ वैज्ञानिक जिन–जेन दाईले भनेका छन् –‘आइसोस्टेटिक रिबाउन्ड (जसलाई पोस्ट ग्लासियल रिबाउन्ड पनि भन्दछन्) एउटा तैरिँदो बस्तुको स्थान बद्लिँदोरूपमा देख्न सकिन्छ, जब त्यसमाथिको भारलाई हटाइन्छ’ । भूगर्भशास्त्री दाईले के पनि भनेका छन् भने ‘जब पृथ्वीको त्यो पातल सतहबाट भारी भारजस्तो बरफ या काटिएको चट्टान हटाइन्छ त्यसपछि त्यस मुनिको भूमि बिस्तारै बिस्तारै माथि उठन थाल्दछ, जस्तोकी पानीमा एउटा नाउ त्यसबेला माथि उठ्छ जब त्यसबाट सामान उतारिन्छ’ ।
यो क्षेत्रमा नदी प्रणालीको मुख्य घाट सगरमाथाभन्दा लगभग ४५ किलोमिटर पूर्वमा रहेको छ । वैज्ञानिकहरूले संख्यात्मक मोडेल प्रविधि उपयोग गरेर नदी प्रणालीको बिकासको अनुमान लगाए र के भेट्टाए भने ‘आइस्टेटिक रिबाउन्ड’ सगरमाथको वार्षिक उचाइमा भइरहेको वृद्धिको झण्डै १० प्रतिशतका लागि जिम्मेवार रहेको छ ।
बाँकी संसारमा पनि यस्तै हुन्छ
यो भूगर्भीय प्रक्रिया केवल हिमालय क्षेत्रमा मात्र सीमित रहेको हुँदैन । चिनियाँ भूगर्भविद दाई बताउँदछन् कि ‘स्केन्डिनेभिया यसको एउटा उपयुक्त र राम्रो उदाहरण हो जहाँ जमिन अहिले पनि त्यहाँ भारी बरफ हटेपछि माथि उठिरहेको छ, जुन पहिला हिम युगको बेला त्यहाँ जमेको थियो । यो प्रक्रिया आज पनि जारी रहेको छ र त्यसले तट रेखा र परिदृष्यलाई प्रभावित गरिराखेको छ’ ।
यस अध्ययनका अर्का सह–लेखक तथा युनिभर्सिटी कलेज लण्डनका पृथ्वी विज्ञानमा डक्टरेटका विद्यार्थी स्मिथले भनेका छन् कि जिपिएसको आँकलनबाट थाहा हुन्छ कि सगरमाथा तथा हिमालयका अन्य भागहरू पनि बढ्दै गइरहेका छन् । यो वृद्धि सतहमा हुने कटावभन्दा बढी छ, जस्तो हावा, वर्षा र नदीको प्रवाहबाट हुने गरेको कटाव । जति जति यो कटाव जारी रहन्छ हिमालयको उचाइ बढ्ने दर ‘आइसोस्टेटिक रिबाउन्ड’भन्दा अझ बढ्न सक्छ ।
सगरमाथको सटीक नक्सा
सगरमाथाका निकट छिमेकी पर्वत जस्तै ल्होत्से जुन विश्वको चौथो सबैभन्दा अग्लो पर्वत हो, र मकालु जो पाँचाँै सबैभन्दा उच्च पर्वत हो, ती पनि यसै प्रक्रियाबाट माथि उठिरहेका छन् । ल्होत्सेको वृद्धि दर सगरमाथाकै समान छ भने मकालु जुन अरुण नदीको नजिक छ यसको वृद्धि दर सगरमाथाको भन्दा केही बढी छ ।
अध्येता दाईले भनेका छन् ‘यस शोधले हाम्रो ग्रहको गतिशील प्रकृतिलाई उजागर गर्दछ । सगरमाथाजस्तो स्थिर देखिने गरेको पहाड पनि निरन्तर भौगर्भीय प्रक्रियाहरूबाट प्रभावित हुने गर्दछ, जसले हामीलाई स्मरण गराउँदछ कि पृथ्वी लगातार बद्लिइरहेको छ, भलै यो हाम्रो दैनिक जीवनमा नदेखियोस् ।’ पृथ्वीको बाहिरी कडा पत्रलाई विशाल प्लेटमा विभाजित गरिएको छ, जुन बिस्तारै बिस्तारै टेक्टानिक प्लेट प्रक्रियाअन्तर्गत हल्लिँदै रहन्छ र यसै प्रकृयामा हिमालयको निर्माण हुन्छ ।
भिन्ना भिन्नै छ सगरमाथा
अंग्रेजीमा माउट एभरेस्ट भनिने हिमालयलाई नेपालीमा सगरमाथा र तिब्बती भाषामा चोमोलोङमा भनिन्छ । यो नेपाल र चीनको स्वायत प्रदेश तिब्बतको बीचमा रहेको छ । यसको नाम १९औँ शताब्दीमा बृटिस सर्वेक्षक जर्ज एभरेस्टको नाममा राखिएको थियो । २९ मे १९५३ का दिन एडमन्ड हिलारी र तेञ्जिङ नोर्गेले पहिलोपटक यो सगरमाथाको चुचुरोमा चढेपछि यस चुुचुराको भारतीय अनुसन्धाताहरूले पनि सर्वेक्षण गरे र त्यसको उच्चाइ ८ हजार ८४८ मिटर नापेका थिए । त्यसबेलादेखि त्यसै उचाइलाई यसको मानक मानिँदै आएको थियो । तर त्यसपछि पनि जति जति बेला त्यो चुचुराको उचाइ नापियो त्यतिबेला अलग अलग नतिजा देखापरेका छन् ।
चीनले सगरमाथा या चोमोलोङमाको उचाइ ८ हजार ८८४ दशमलव ४३ मिटर मान्दथ्यो भने नेपाल र बिश्वका बाँकी देशले त्यो चुचुराको उचाइ ८ हजार ८४८ मिटर मान्दथे । ४ वर्षअघि सन् २०२० मा नेपाल र चीन मिलेर त्यस चुचुराको उचाइ नापे र सगरमाथा अर्थात चोमोलोङमाको उचाइ ८ हजार ८४८ दशमलव ८६ मिटर मानिएको थियो । चिनियाँ भूगर्भशास्त्री दाईले भनेका छन्, ‘मानव चेतनामा सगरमाथको एउटा विशेष स्थान छ । भौतिकरूपले यो पृथ्वीको सबैभन्दा उच्च बिन्दु हो, जसले यसलाई आफ्नो आकारको कारण महत्वपूर्ण बनाउँछ, सांस्कृतिकरूपले यो स्थानीय शेर्पा र तिब्बती समुदायका लागि पवित्र छ, विश्वव्यापीरूपमा भने सबैभन्दा ठूलो चुनौतीको प्रतीक हो, जसले मानिसको सहन शक्ति र सीमाहरूभन्दा माथि जाने प्रवृत्तिलाई दर्शाउँदछ । यी विशेष कुराहरूले यसको स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय विशेषतालाई बताउँदछन् । त्यसैले सगरमाथा क्षेत्रको महत्वलाई जोगाउन र यसलाई कायम राख्न आवश्यक छ भन्ने कुराको पनि बोध हुन्छ ।
प्रतिक्रिया