खासखास तथ्य, प्रमाण, उदाहणहरू र परम्परा आदि हेर्दा दसैँ भनेको बिना कुनै धकचक हिन्दू धर्माबलम्बीहरूको महान चाड हो भन्न सकिन्छ । जस्तै आर्य र खस समूहका मान्छेहरूले दशमीको दिन रातो रंगले मुछेको चामलको टीको लगाउँछन् भने, उनीहरू दशमीलाई ‘विजयादशमी’ भन्छन् । जो आदिवासी जनजातिहरूले वाध्यताले वा रहरले दसैँ मनाउँथे÷मनाउँछन् । तर, उनीहरूले बाहुन–क्षेत्रीले जस्तो रातो टीका नलगाएर दहीले मुछेको ‘सेतो टीका’ लगाउने गर्छन् ।
नेपालीहरूको महान पर्व (चाड) ‘बडादसैँ’को अवसरमा गत असोज २३ गते डाक्टर जगमान गुरुङ ज्यूको लेख एक लेख ‘दसैँ पर्व कसको हो ? किन मनाइन्छ ?’ यसै सौर्य दैनिकमा पढ्ने अवसर मिल्यो, पाइयो । उहाँका अनुसार ‘खासगरी दसैँ ऋतु परिवर्तनको पर्व हो । ६ वटा ऋतुमध्ये ४ वटा ऋतु मुख्य छन् । हेमन्त ऋतुमा पौष शुक्लपक्षमा मनाइने दसैँ हैमन्तिका, वसन्त ऋतुमा चैत शुक्लपक्षमा मनाइने वासन्तिका, गृष्ममा आषाढ शुक्लपक्षमा मनाइने गृष्मीय, शरद ऋतुमा आश्विन शुक्लपक्षको दिन मनाइने दसैँ शारदीय भनिन्छ । यसरी हेर्दा मुख्यतया ४ वडा दसैँ रहेछ भन्ने देखिन्छ । तर, नेपालमा (घर–गाउँ तहमा चाहिँ) ‘चैते दसैँ’ र ‘ठूलो दसैँ’ (असोज–कात्तिकमा पर्ने) दसैँका बारेमा मात्रै आममानिसहरूलाई थाहा छ ।
नेपालमा बडादसैँ पर्व (चाड) पहाडीया हिन्दू धर्माबलम्बीहरूको मात्रै हो कि, जनजाति मधेसीलगायत सम्पूर्ण नेपालीहरूको ? भन्ने सम्बन्धमा पछिल्लोपटक भुइँ तहदेखि नै बहस भइरहेको छ । र, यो बहस र छलफल अनन्त कालसम्म भइरहने देखिन्छ । सकारात्मक ढंगले बहस, छलफल र तर्क–वितर्क हुनुलाई राम्रै मान्नुपर्ने हुन्छ । विशेषतः पहाडी मूलका हिन्दू धर्माबलम्बीहरूले बडादसैँ भनी मान्ने गरिएको पर्व (चाड) नेपालको कुनकुन जातजाति वा वर्गका मान्छेहरूको प्रमुख चाड वा पर्व हो ? किटेर यसै भन्न नसकिने भएको छ । किनभने, कोही दसैँ चाड हिन्दूहरूको मात्रै हो भन्छन् । कोही कोही मानिसहरू त दसैँ हिन्दूहरूको चाड पनि होइन भन्छन् । जस्तै लेखक पदम श्रेष्ठले सन् २०१९ अक्टोम्बरमा एक अनलाइनमा ‘दसैँ–तिहार हिन्दूहरूको चाड होइन’ शीर्षकमा विभिन्न उदाहरण र तर्कसहित एक लेख लेखेका थिए ।
उता १२ असोज २०७६ मा एक दैनिक पत्रिकामा डा.मदन रिमालले पनि ‘हिन्दूको मात्रै होइन दसैँ’ शीर्षकमा अर्को लेख लेखेका थिए । त्यस्तै एक जना ‘राई !’ सरले चाहिँ ‘दसैँ किराती राई ! हरूको चाड’ भनी एक अनलाइनमा लेख लेखेका थिए । दसैँ चाडबारे नेपालमा खुबै बहस र छलफल भइरहेको छ । दसैँ कसको हो, कसको होइन ? भन्नेमा पनि गलफत्ती भइरहेको छ, भई नै रहनेछ । यसरी दसैँ चाड कुन–कुन जात, समूह, वर्ग र जाति वा समुदायको हो ? भनी लामो समससम्म बहस र छलफल गर्ने क्रममा विभिन्न तथ्य, तर्क, प्रमाण, आधार, उदाहरण दिने वा भनौँ प्रस्तुत प्रयास पनि जारी नै छ ।
खासखास तथ्य, प्रमाण, उदाहणहरू र परम्परा आदि हेर्दा दसैँ भनेको बिनाकुनै धकचक हिन्दू धर्माबलम्बीहरूको महान चाड हो भन्न सकिन्छ । जस्तै आर्य र खस समूहका मान्छेहरूले दशमीको दिन रातो रंगले मुछेको चामलको टीका लगाउँछन् भने, उनीहरू दशमीलाई ‘विजयादशमी’ भन्छन् । जो आदिवासी जनजातिहरूले वाध्यताले वा रहरले दसैँ मनाउँथे÷मनाउँछन् । तर, उनीहरूले बाहुन–क्षेत्रीले जस्तो रातो टीका नलगाएर दहीले मुछेको ‘सेतो टीका’ लगाउने गर्छन् भने कुलुङ, शेर्पा, तामाङ, ह्योल्मो आदि जातिले त विगतदेखि नै दसैँ मनाउँदैन थिए÷मनाउँदैनन् । त्यस्तै घर लिपपोत गर्दा पनि सोही विधि अपनाउने गरेको देखिन्छ ।
केही दशक अघिसम्म नेपालको राज्य संयन्त्रअन्तर्गत रहेको अर्थात् सरकारी सञ्चारमाध्यमहरू जस्तै रेडियो नेपाल, गोरखापत्र दैनिक, नेपाल टेलिभिजनमा ‘सम्पूर्ण नेपालीहरूको मात्र महान चाड बडादसैँ’ को अवसरमा हार्दिक मंगलमय शुभकमना व्यक्त गरिन्थ्यो । यो वर्ष पनि नेपाल टेलिकमले मोबाइल र फोनको ब्याक ट्युनमा जनगणनाको प्रचार बजाउन छाडेर मालश्री धुन बजाइरहेको छ । यसरी हेर्दा धर्म निरपेक्ष भनिएको हाम्रो देश नेपालमा हिन्दू धर्माबलम्बीहरूको महत्वपूर्ण धार्मिक धुन मालश्री धुन नेपाल टेलिकमले मोबाइल र फोनको ब्याक ट्युनमा बजाइरहेको छ । हुन त केही अतिवादी हिन्दूवादीहरू ‘बौद्ध, किरात र हिन्दूहरू एकै हुन्, उनीहरू ओम÷ॐ कार परिवारका हुन् भनी भन्छन् भन्ने त माथि नै पनि उल्लेख गरिएको छ । तर, यदि त्यसो हो भने, किरातीहरूले किन आप्mनो पिता–पूर्खालाई ‘गाई–गोरु’को मासु चढाउँछन् ?, बौद्ध धर्माबलम्बीहरू, किन काटमार नै गर्दैनन् ?, सनातन धर्म वा हिन्दू धर्म भन्नेहरूले किन पशु–बलि दिन्छन् ? सोबारेमा उनीहरूले विस्तृत ढंगले व्याख्या गरेको देखिँदैन ।
देशमा गणतन्त्र आएको, देश धर्म निरपेक्ष भएको संकेत गर्छ ? सायद २०७२ असोजमा जारी भएको नेपाल र दक्षिण एसियाकै उत्कृष्ट संविधानमा ‘धर्म निरपेक्षता भन्नाले सनातनदेखि चली आएको’ भनी ब्याख्या थप्नु वा भनौँ प्रस्टीकरण दिनुको कारण हाल खुल्दै छ ।
२०६२÷०६३ सालमा जनताको बलमा भएको अभूतपूर्व राजनीतिक परिवर्तनपछि अब नेपाल राज्य केवल एकल हिन्दू जातिको मात्रै नभएर सबै जातजाति, भाषाभाषी, धार्मिक समूह आदिको पनि हो भन्ने वास्तविकतालाई आत्मसात गरेर त्यो बेलाको अन्तरिम संविधानमै नेपाललाई धर्म निरपेक्ष राष्ट्र भनी घोषित गरिएको थियो । तर, अभैm पनि विभिन्न कार्यक्रमहरूमा ५ जना बाहुन (बटुक भनिन्छ होला) हरूलाई मात्रै मन्त्रोत्उच्चारण गराइन्छ । त्यो पनि नेपालमा कुनै पनि जात वा जातिले मातृभाषाका रूपमा नबोल्ने संस्कृत भाषामा ।
के देश धर्म निरपेक्ष भएको प्रमाण यही हो ? कि भने माथि उल्लेख गरिएभैmँ नेपालका अन्य धर्माबलम्बीका प्रतिनिधिहरूलाई पनि बोलाएर समावेश गरेर हरेक कार्यक्रममा गर्नुपर्यो । किनभने, त्यसो गर्दा सबै धर्माबलम्बीहरूलाई समेटिएको देखिन्छ भने समावेशी पनि देखिन्छ । तर, मुखले जे सुकै भनिए तापनि एकल हिन्दूवादीहरूकै हालीमुहाली भएर पनि होला, जहिले पनि ५ जना बटुकहरूलाई मात्रै बोलाएर शान्तिस्वस्तीका लागि संस्कृत भाषामा मात्रै मन्त्रोच्चारण गराउने गर्छन् । वा भनौँ पूजा पाठ गराउँछन् । हुन त यो देशमा स्वघोषित विद्वानहरू नभएका होइनन् । तर, उनीहरूले पनि यस विषयमा खासै कुरा उठाउँदैनन् । राज्यको स्रोत, साधन, पहँुच र मिडियाहरू पनि उनीहरूकै हातमा छ । जसले गर्दा हाम्रो देशमा संघीयता, समावेशिता, धर्म निरपेक्षतालगायत उत्पीडितहरूको पक्षमा खासै वकालत गरिदिने मान्छेहरू वा भनौँ विषयविज्ञ, विद्वान, प्राडा, विश्लेषक, लेखक, पत्रकारहरू भेटिँदैनन् ।
दसैँ र तिहार मात्रै होइन, जब पृथ्वीनारायण शाह र उनका भाइ भारदारले नेपाल एकीकरण गरे, त्यसपछि पूर्वका किरातीहरूलाई फुटाएर छोटे राजा (प्रभावशाली व्यक्तिहरूलाई) सरह पदवी, पगरी दिएर राई, सुब्बा, मुखिया, देवान आदि पदहरू दिए । साथै हिन्दूधर्म अनुसारको कर्म गर्ने उर्दीसहित शासन थोपरे । तिनीहरूलाई (जो राई, सुब्बा, मुखिया, देवान आदि भए) लाई आफूहरूले पनि हिन्दूधर्म मान्नु पर्ने र, रैती अर्थात ज्यमी, जमी वा जिमीहरूलाई पनि बडादसैँमा टीका र जमरा लगाइदिएर हिन्दूधर्म मान्नै पर्ने वाध्यतात्मक परिस्थिति सिर्जना गराइयो ।
यसको प्रमाणको रूपमा धेरै उदाहरणहरू दिन सकिन्छ । तर, यो पंक्तिकार लिम्बुको भाञ्जा र, हाम्रो मावली बाजे (हजुरबा) समेत सुब्बा भएकोले के देखेको थियो भने, नवमीको दिन बिहान बोकाको बलि दिएर मौलोको वरिपरि ३ फन्को घुमाइन्थ्यो । त्यसरी घुमाइसकेपछि सुब्बा अर्थात् बाजेले हत्तपत्त आफ्नो घरको भित्तोमा दुवै हात बोकाकोे रगतमा चोपलेर पञ्जा छाप लगाउनुहुन्थ्यो । बालापन न हो, हामीलाई कहिले दसैँ आउला र नयाँ लुगा लगाउन पाइएला, टन्न मासुभात खान पाइएला, रोटेपिङ खेल्न पाइएला, बजार जान पाइएला र रमाइलो गर्न पाइएला भन्ने मात्रै थियो, त्यो बेला ।
तर, काठमाडौँ आएर केही बुझ्ने भएर गाउँ फर्कंदा (२०४६ सालको परिवर्तनपछिको कुरो हो ।) मैले मेरा सुब्बा बाजेलाई त्यो बेला दसैँमा किन त्यसो गरिन्थ्यो भनेर सोध्दा सुब्बा बाजे भन्नुहुन्थ्यो ‘त्यसो नगरे त तेरो बाजेले उजुरी दिन्थ्यो नि त’ मेरो बाजे भनी सुब्बा बाजेले गरेको संकेत भने राज्यले खटाएको जोगी र पण्डितप्रति लक्षित थियो, अहिले बुभ्mदा ती जोगी राज्यले खटाएको जासुस रहेछन् ।
डा.साब (जगमान गुरुङ) विद्वान हुनुहुन्छ, उहाँको ज्ञान र विद्वतालाई नमान्ने कुरै भएन । त्यसैले उहाँले अब (आगामी दिनमा) नेपालको भौगोलिक एकीकरणपछि पूर्वका किरातीहरूलाई ‘राई !’ ‘सुब्बा’, ‘मुखिया’, ‘दिवान–देवान’, पश्चिम नेपालका मगर, गुरुङ लगायतलाई ‘मुखिया, ‘सुब्बा, ‘राई !’ एवं भित्री मधेसका माझी, दनुवारलगायत ‘चौधराई–चौधरी’, ‘पटवारी’, ‘मुखिया’ अनि हिमालका शेर्पाभोटेलाई ‘गोवा’ ‘पद–पदवी–पगरी’ दिएर दसैँको महानवमीका दिन जबरजस्ती बोका, राँगा, कुभिन्डोको (पदअनुसार) मार हान्नुपर्ने, ती मार हानिएका बोको–राँगोलाई मौलोमा ३ फन्को घुमाएर लतपतिएको रगतमा आफ्नो पञ्जा छापको (रगतको पञ्जाछाप) घरको दैलोको अगाडि लगाउनुपर्ने, व्यवस्था गरियो ? त्यसो नगरे ‘राई !’ ‘सुब्बा’, ‘मुखिया’, ‘दिवान–देवान’, ‘चौधराई–चौधरी’, ‘पटवारी’, ‘गोवा’ ‘पद–पदवी–पगरी’ पाएकाहरूलाई हटाइन्थ्यो–मारिन्थ्यो । जस्तै धनकुटाका ‘राई !’ रीदामा, ‘राई !’ रामलीहाङ आदि । त्यसैले सो सम्बन्धमा पनि अर्को एक लेख्नु हुन हार्दिक अनुरोध छ । आगे डा.जगमान गुरुङज्यूको जो हुकूम, जो आज्ञा ।
प्रतिक्रिया