चाडबाडको छेकामा बाढी पहिरोको असर

कतै हाम्रो सडक यातायात व्यवस्था प्रणाली नै पो असफल छ कि ? भन्ने सन्देश छिमेकी देशका नागरिकहरुमा जाने देखिन्छ । त्यसैले हाम्रो सडक यातायात व्यवस्था प्रणाली नै असफल छ भन्ने सन्देश प्रवाह नहोस् भन्नेतर्पm वेला छँदै सचेत बनौं । किनभने, हाम्रा देशको सडक र हवाई यातायात व्यवस्था र प्रणालीमै खराबी छ भन्ने सन्देश विदेशीहरु माझ गएमा यसले नेपाली पर्यटनलाई दुरगामी र दीर्घकालीन असर पर्न सक्छ ।

नेपालीहरुको महान चाड बडादसैं सुरु भइसकेको छ । असोज ११, १२ (शुक्रबार र शनिबार) आएको अति भारी वर्षा र त्यसले निम्त्याएको बाढी, पहिरो र डुबानका कारणले ठूलो दुर्घटना र धनजनको क्षति व्यहोर्नु परेको छ । यसले बडादसैंलाई ठूलै असर पर्ने देखिएको छ ।

पटक नेपाल सरकार मन्त्रालयद्धारा जारी पछिल्लो प्रेस विज्ञप्ती अनुसार असोज ११ र १२ गते (शुक्रबार र शनिबार) दुई दिन आएको भारी वर्षा र त्यसले निम्त्याएको बाढी, पहिरो र डुबानका कारणले २३९ जनाले आप्mनो अमूल्य जीवन गुमाएका छन् भने लगभग १९ जना मानिसरु अभैm हराई रहेका वा सम्पर्कविहीन अवस्थमा छन् । त्यस्तै गरेर १७७ घाइते वा अपाङ्ग भएका छन् । साथै बाढी पहिराले मानव निर्मित भौतिक निर्माणका वस्तुहरुको केकति र कस्तो असर वा क्षति भयो ? विस्तारै सम्बन्धित निकायले धनजनको पूर्ण क्षतिको विवरण निकल्ला नै । हुनत नेपालमा वर्षा याम सकिनै आँटेको समय हो । तथापि पूर्ण रुपमा वर्षा रोकिई सकेको अवस्था छैन । फलतः अभैm पनि नेपालका विभिन्न ठाउँमा विभिन्न पानी परिरहेकै छ ।

त्यस्तै गएको भदौ ७ गते पनि पृथ्वी राजमार्गको मुग्लिङ–दमौली सडक खण्डमा पर्ने तनहुँ जिल्लाको आँबुखैरेनीको ऐना पहरा भन्ने ठाउँमा पर्ने मस्र्याङ्दी नदीमा भारतीय पर्यटक बोकेर (भारतीय गाडी) आएको बस खसेर २७ जना भारतीय पर्यटकको निधन भएको थियो भने १६ जना घाइते भएका थिए । स्मरणीय छ, दुर्घटना भएको सो बस भारतबाट पोखरा हुँदै काठमाण्डौ आउने क्रममा रहेको थियो । त्यसअघि पनि असार २८ गते चितवनको सिमतालमा दुई वटा गुडी रहेका यात्रु बसलाई माथिबाट खसेको पहिराले अचानक बगाएको थियो । यात्रुहरुमध्ये ६२ जना सहित बसलाई अचानक पहिरोले बगाएको थियो । कति यात्रुहरुको लास धेरै दिनपछि भारतको सीमा नजिक भेटियो भने कति यात्रुहरुको लास अभैm पनि भेट्न सकिएको छैन ।

फेरि साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै सौर्य एयरललाइन्सको हवाईजहाज उड्ने बित्तिकै दुर्घटनामा प¥यो । सो हवाईजहाज पोखरा जाने क्रममा दुर्घटनामा परेको थियो २० जना यात्रुमध्ये १९ जनाको मृत्यु भएको थियो भने मुख्य पाइलट (क्याप्टेन) चाहिँ संयोगले बाँच्न सफल भएका थिए । भनिन्छ, त्यसरी हवाई दुर्घटनामा परेर विश्वमा विरलै पाइलटहरु मात्रै बाँच्छन, बाँच्ने गरेका छन् । त्यसको दुई हप्तामै फेरि एयर डाइनेस्टी नामक कम्पनीको हेलिकप्टर नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिकाको वडा नम्बर–७ सुइरेचौरमा दुर्घटना प¥यो । चार जना चिनियाँ यात्रु र पाइलटको दुर्घटनास्थलमै मृत्यु भयो ।

त्यो वेलाको समाचारअनुसार यसरी नेपालमा भएको सडक तथा हवाई दुर्घटनामा परेर लगभग डेढ महिनाको अवधीमा १११ जनाले आप्mनो अमूल्य जीवन गुमाएका छन् । हुनत त नेपाल जस्तो पहाडी एवम् हिमाली भूभाग धेरै रहेको देशमा सडक तथा हवाई दुर्घटना हुनलाई त्यति अनौठो अथवा हुनै नसक्ने घटना मान्नु हुँदैन । तर पनि पछिल्लो पटक नेपालमा विगतमा भन्दा अलि बढी नै सडक तथा हवाई दुर्घटना हुने गरेको छ । यसो भन्दैमा विगतमा चाहिँ पटक्कै नेपालमा सडक तथा हवाई दुर्घटना हँुदैन थियो भन्ने होइन । तापनि पछिल्लो पटक नेपालमा ठूला खाले सडक दुर्घटनाहरु अलि बढी नै भई रहेको देखिन्छ । साथै यस्ता सडक दुर्घटनाका प्रकृति पनि फरक खालका रहेको देखिन्छ ।

किनभने, तुलनात्मक रुपमा व्यस्त र विदेशी पर्यटकहरु बढी हिँडडुल गर्ने सडकहरुमा बस लगायत ठूला खाले गाडीहरु दुर्घटनामा परेको देखिन्छ । नेपाल सरकारले विदेशी पर्यटकहरु बढी हिँडडुल गर्ने र ठूला व्यस्त सडकहरु मर्मत सम्भार गर्ने र चौडाई बढाउनेतिर पनि ध्यान दिन सके सायद सडक दुर्घटनालाई धेरै कम गर्न सकिन्थ्यो कि ? तर, नेपाल सरकारले यतातिर सायदै ध्यान दिन्छ । फेरि कुन चाहिँ सरकारले पूर्वाधार निर्माणमा ध्यान दिने ? केन्द्रीय सरकारले कि, प्रदेश सरकारले कि, स्थानीय सरकारले ? तर, सेवाग्राहीहरुसँग कर उठाउनका लागि चाहिँ केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार कुनै पनि सरकार एक निमेष ढीला गर्दैनन् । त्यसरी नै सडक लगायत पूर्वाधार निर्माण र मर्मत सम्भारमा पनि ढीला नगरी काममा खटियोस् भन्ने आशा एवम् कामना गरौं ।

हाम्रा दुई ठूला छिमेकी देशका नागरिकहरु, जो पर्यटक भई नेपाल घुम्न आउँछन्, उनीहरु र उनीहरुका नातागोता तथा आफन्तजनहरुमा ‘नेपालको आकाश पनि असुरक्षित, सडक पनि असुरक्षित ! त्यस्तो देशमा पनि के घुम्न जानु ?!’ भन्ने हौवा त नभनौं निराशा नआओस् भन्ने कामना गरौं । किनभने, जो सुकै मानिसका लागि पनि पहिलो कुरो त आप्mनो जीवनको सुरक्षा नै प्रमुख हुन्छ । त्यसैले वर्षेनी खर्च नभई सँधै फ्रिज हुने विकास बजेटलाई ठूलो पैमानामा सडक पूर्वाधार र सडक सुधार तथा मर्मत सम्भारमा डाइभर्ट गरेर खर्च गर्न सके धेरै राम्रै हुन्छ । त्यसो गर्न सकेदेखि पूर्व–दक्षिण–पश्चिम तीनतिरबाट घेरिएको छिमेकी भारतका लाखौं पर्यटकहरु सडक यातायातबाटै भित्र्याउन सक्छौं । त्यस्तै गरेर उत्तरमा अवस्थित छिमेकी देश चीनबाट पनि पूर्वको ओलाङचुङ गोला, किमाथाङ्का, तातोपानी, रसुवा गढी, ल्होमन्थाङ्, माथिल्लो डोल्पा, हुम्ला, दार्चुला आदि नाका हुँदै चिनियाँ लाखौं पर्यटकहरु नेपाल भित्र्याउन सक्छौं ।

तर, अहिलेको हाम्रो सडक यातायात व्यवस्था प्रणाली हेर्दा त कतै हाम्रो सडक यातायात व्यवस्था प्रणाली नै पो असफल छ कि ? भन्ने सन्देश छिमेकी देशका नागरिकहरुमा जाने देखिन्छ । त्यसैले हाम्रो सडक यातायात व्यवस्था प्रणाली नै असफल छ भन्ने सन्देश प्रवाह नहोस् भन्नेतर्पm वेला छँदै सचेत बनौं । किनभने, हाम्रा देशको सडक र हवाई यातायात व्यवस्था र प्रणालीमै खराबी छ भन्ने सन्देश विदेशीहरुमाझ गएमा यसले नेपाली पर्यटनलाई दुरगामी र दीर्घकालीन असर पर्न सक्छ । त्यसैले अकस्मात आईपर्ने बाढी पहिरा, आगलागी लगायत प्राकृतिक विपत व्यवस्थापनका लागि सरकारले हरदम तम्तयार भएर बस्नुपर्ने देखिन्छ । यसमा नागरिक तहमा पनि उत्तिकै चेतना र जागरण आउनु जरुरी हुन्छ ।

प्रतिक्रिया