कुलुङ समुदायका मान्छेहरू आफैँले आफ्नो समुदायलाई चाहिने विभिन्न कृषिजन्य घरायसी मालसामानहरू बनाउने गर्थे । लत्ताकपडाहरू प्नि आफैँ बुन्थे । जस्तै ऊ बेला सिकार खेल्नका लागि चाहिने बन्दुक, भाला, तीर, बाम्फोक, खुकुरी, चक्कु, हँसिया आदि एवं कृषि कर्मका लागि चाहिने कोदालो, कुटो, फाली, करुवा आदि । त्यस्तै घरायसी कामकाजमा प्रयोग हुने गाग्री, अम्खोरा, फसी, भाँडाकुँडा, थाल, बटुका, लोटा, कचौराहरू पनि कुलुङ जातिभित्रकै मोरोखु, वारोखु, गोक्तुलुलगायत विभिन्न थरका कुलुङ जातिभित्रकै मानिसहरूले बनाउँथे ।
विश्वका कुनै पनि जातिको उत्पत्ति थलो अर्थात् ऐतिहासिक भूमि रहेको हुन्छ । त्यसमा आदिवासीहरूको त उत्पत्ति थलो र ऐतिहासिक भूमि मात्रै नभइकन अन्य जातजातिभन्दा छुट्टै मातृभाषा, धर्म, भेषभुषा, संस्कार, संस्कृति, रहनसहन आदि पनि रहेको हुन्छ ।
यो लेखमा नेपालका प्राचीन जातिमध्ये किरात महाजाति भित्रपर्ने किराती कुलुङ जाति (समुदाय) र उनीहरूको ऐतिहासिक भूमि ‘महाकुलुङ भूमि’को सम्बन्धमा छोटो चर्चा गर्ने प्रयास गरिएको छ । हालको भौगोलिक विभाजनअनुसार ‘महाकुलुङ’ कोसी प्रदेशको सोलखुम्बु जिल्लाको उत्तर–पूर्वी क्षेत्रका तत्कालीन छेस्खाम, बुङ, गुदेल, सत्तो, पावै आदि गाविसहरू पर्छन् । यी भू–क्षेत्र हाल महाकुलुङ गाउँपालिका र सोताङ गाउँपालिकामा पर्छन् । स्मरणीय छ, हिन्दु धर्म–दर्शन र मिथकअनुसार पनि किरातीहरूको इतिहास देउताको पालाभन्दा अघिदेखि रहेको छ । हिन्दू धर्म ग्रन्थ महाभारतमा समेत किरातीहरूका बारेमा उल्लेख हुनुलाई पनि एक उदाहरणका रूपमा लिन सकिन्छ ।
अहिले किरात संवत् (यले दोङ) ५०८३ चलिरहेको छ । कुलुङ समुदायको जीवनचक्र अनुसार गएको १५ पुसदेखि यले दोङ ५०८३ सुरु भएको छ । त्यस्तै विक्रम संवत्को पहिलो महिनाको नाम ‘वैशाख’ भनेझैँ ‘कुलुङ’ जातिको पहिलो महिनाको नामचाहिँ ‘चाक्चाकूर’ हो । हुन त विभिन्न स्वदेशी एवं विदेशी विद्वानहरूले लेखेको किताब तथा जर्नलहरूमा सोलुखुम्बु जिल्लामा अवस्थित छेस्खाम, बुङ, गुदेल, (सत्तो) सोताङ र पावै गरी ५ गाविस (दूधकोसी पारिका भूभाग) लाई ‘महाकुलुङ’ भनेर लेखेको भेटिन्छ । यसरी हेर्दाखेरी जातीय स्वपहिचान, मातृभाषा, भेषभुषा, रीतिरिवाज, संस्कार, संस्कृति, रहनसहन आदिमा सचेत नेपालका केही जातिमा कुलुङ जाति पनि पर्छ । नढाँटी भन्ने हो भने, ‘महाकुलुङ’का यी कुलुङ’हरूका कथा–व्यथाहरू सुखद्भन्दा दुःखद् नै धेरै रहेका छन् ।
आधुनिकतासँगै आएको भौतिक निर्माणका वस्तुहरूलाई तिलाञ्जलि दिने हो भने महाकुलुङ क्षेत्रका कुलुङहरू जे कुरोमा रमेका छन्, त्यसैलाई सुखद् अवस्था मान्दा फरक पर्देन । ‘महाकुलुङ’को गुदेलमा आन्तरिक विमानस्थल बनाउका लागि गृहकार्य स्वरूप सर्भेसमेत भइसकेर वातावरणीय प्रभाव मूल्यांकनका लागि सूचनासमेत जारी भएको छ । यसरी हेर्दा सोलुखुम्बु जिल्ला निकट भविश्यमै ५ वटा विमानस्थल भएको जिल्ला हुँदै छ । खासमा कुलुङ जातिलाई हालसम्म कथित् ‘राई’ जातिमा जबरजस्ती गाभिएको अवस्था छ । त्यसैले त अहिलेसम्म पनि ‘कुन जाति÷थर हो ?’ भनेर सोध्नेहरूलाई कुलुङ जाति हो भन्यो भने उनीहरू ‘कुलुङ त राई होइन र ?’ भनी प्रश्न गर्ने गर्छन् । वास्तवमा ‘राई’ शब्दले नेपालका कुनै ‘जात’ वा ‘जाति’ वा ‘समुदाय’लाई नजनाएर ‘पदवी’ वा ‘पगरी’ मात्रै जनाउँछ÷जनाउँथ्यो ।
‘राई’ शब्दको व्युत्पत्ति ‘राय’ हो । ‘राय’ भन्नाले कर्णालीतिर ‘राजा’ भन्ने अर्थ जनाउँथ्यो । तर, नेपालको भौगोलिक एकीकरणपछि शासकहरूले पूर्वका किरातीहरू, जो असलीयतमा खम्बुका सन्तानहरू थिए, उनीहरूलाई ‘राय’ ‘राई’ पदवी अथवा पगरी दिएर छोटे राजासरह मान्ने प्रचलन सुरु भयो । त्यसैले कुलुङ जातिले आफ्नो समुदाय कथित ‘राई’ जाति नभएर अलग्गै जाति हो । कुलुङ जातिलाई अलग्गै कुलुङ जाति भनी आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन–२०५८ को दफा २ (क) अनुसार छुट्टै जातिको रूपमा सूचीमा सूचीकृत गरियोस् भनी आन्दोलन गरेको पनि लगभग २१ वर्ष भएको छ ।
डा.हर्क गुरुङका अनुसार कुनै पनि जातिको ‘जाति हुने पहिलो आधार भनेको उसको मातृभाषा हो ।’ यस हिसाबले हेर्दा कुलुङ जातिको पनि नेपालका अन्य जातिहरूको जस्तै अलग्गै मातृभाषा छ । त्यस्तै कुलुङ जातिभित्रै विभिन्न भाषिकाहरू पनि छन् । कुलुङ जातिको ऐतिहासिक भूमि ‘महाकुलुङ’ छ भन्ने त माथि नै वर्णन गरिएको छ । जसरी नेपालका अरू जातजातिमा आफ्नै जातिभन्दा बाहिर बिहेवारी नगर्ने प्रचलन छ, त्यसरी नै कुलुङभित्रै पनि आफ्नो जातिभित्र बाहेक बिहेवारी नगर्ने प्रचन छ । किनभने, कुलुङ जातिभित्रै ३८० भन्दा बढी थर÷उपथरहरू छ ।
दुःखका साथ भन्नुपर्दा हालसम्म पनि कुलुङ जाति नेपालका अन्य जातिसरह अलग्गै जाति हुन नसकेको अवस्था विद्यमान छ । यसरी हेर्दा महाकुलुङ क्षेत्रमा भाषा, संस्कार, संस्कृति, रीतिरिवाज, भेषभुषा, रहनसहन, गरगहना, कला, संस्कृति आदि जीवित रहे तापनि आधुनिक विकासले भने गति लिन सकेको छैन । विकासले गति नसक्नुमा भौगोलिक रूपमा महाकुलुङ क्षेत्र एकदमै विकट र कुना छ । त्यही भएर विभिन्न कालमा (नेपालको भगौलिक एकीकरणपछिको राणाकाल, पञ्चायतकाल, प्रजातन्त्रकाल र हालसम्म पनि) यहाँका कुलुङहरू अन्य जातजाति र विभिन्न राजनीतिक दलको भोट बैंक मात्र बनेको अवस्था छ । सुन्दा र पढ्दा नमीठो लागे तापनि शिक्षा र चेतनाको स्तरमा पनि अन्यत्रका कुलुङहरूभन्दा महाकुलुङका कुलुङहरू पछाडि नै छन् ।
अँध्यारोमा नै उज्यालोको संकेत भेट्न सकिन्छ भनेझैँ महाकुलुङका युवापुस्ता भने आफ्नो गाउँठाउँको विकासका लागि खटेका छन् । विभिन्न राजनीतिक दलमा संगठित भएका छन् । तत्कालीन छेस्खाम गाविस–१ का पूराना र चल्तापूर्जा गाउँस्तरका कुलुङ समुदायका नेता, समाजसेवी तथा स्थानीयस्तरको शासक ‘राई !’ पदवी वा पगरी पाएका नरमान ङोपोचो कुलुङ पञ्चायतकालमा हुने विभिन्न चुनावहरूमा भोट माग्न आउने तल्लो भेगका नेता तथा कार्यकर्ताहरूले कुलुङ समुदायलाई हेपेर ‘आयो है कुलुङे भाङ्ग्रेहरूको गाउँ !’ भनेको अझै पनि झल्झली सम्झन्छन् ।
त्यो वेला तल्लो भेगका मान्छेहरूले त्यसरी ‘कुलुङे भाङ्ग्रेहरू !’ भन्दा कुलुङहरू हाल कथित् ‘दलित’ भनिने जातका मान्छेभन्दा पनि सानो र तल्लो जात पो हो कि ? भनी आत्मग्लानी भएको सम्झन्छन् । तर, भोट भने, त्यसरी कुलुङ समुदायलाई हेपेर वा होच्याएर ‘कुलुङे भाङ्ग्रेहरू !’ भन्नेहरूलाई नै दिएर जिताएको पनि अचम्म मान्दै विगत सम्झन्छन्, नरमान ङोपोचो । महाकुलुङ क्षेत्रका नयाँ पुस्तामा भने धेरै नै चेतना र जागरण आई सकेकोमा नरमान गर्व नै गर्छन् । उनी थप्छन्, ‘अबका युवा पुस्ताले महाकुलुङलाई जिल्लास्तरमा मात्रै नभएर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने र विकास निर्माणको पथमा डोर्याउनेछन् ।’ तर, यसका लागि ‘महाकुलुङका कुलुङ अगुवाहरू खसगरी राजनीतिज्ञहरूले राजनीति, राजनीतिक दल, विकास कसको दलले र कसले ल्याएको भन्ने निहुँ, कसले कसलाई र किन सम्मान गर्ने÷नगर्ने ? भन्ने र, अन्य सामान्य निहुँमा एकआपस्तमा भैmझगडा गरिन्नु हुन्न, मारपिटमा उत्रनु हुन्न ।
किनभने, राजनीति, राजनीतिक दल, विकास कसको दलले र कसले ल्याएको भन्ने निहुँ, कसले कसलाई र किन सम्मान गर्ने÷नगर्ने ? भन्ने र, अन्य र, अन्य सामान्य निहुँमा एकआपस्तमा भैmझगडा गर्दा जजसले कुटाइ खाए तापनि, जो कोही घाइते भए तापनि, मरे तापनि महाकुलुङ क्षेत्रका कुलुङ नै मर्ने÷मारिने हो । त्यसैले अभैm पनि यस्तो कुरोहरू हाम्रो मान्छे (महाकुलुङ क्षेत्रका स्थानीय कुलुङहरूले) बुभ्mनुपर्ने, मनन गर्नुपर्ने देखिन्छ ।
अभैm पनि महाकुलुङ क्षेत्र किन र कसरी एकल जातीय वस्ती वा समाजशास्त्रीय भाषामा भन्नु पर्दा ‘इन्डोग्यामस’ भयो ? निश्चय नै यो विषय जातिशास्त्री, मानवशास्त्री, समाजशास्त्री, भाषाशास्त्रीलगायत अन्य खोज अनुसन्धानकर्ताहरूका लागि एक रोचक विषय हुन सक्छ । मानव सभ्यता ढुंगे युग हुँदै सिकारी युग अनि कृषि युगमा प्रवेश गरेको मानिन्छ भने हाल मेसिन अर्थात् औद्योगिक युगभन्दा पनि पर ‘सुपर सोनिक’ र ‘हाइपर सोनिक’ मा पुगेको मानिन्छ ।
केही समय अघिसम्म कुलुङ समुदायका मान्छेहरू आफैँले आफ्नो समुदायलाई चाहिने विभिन्न कृषिजन्य घरायसी मालसामानहरू बनाउने गर्थे । लत्ताकपडाहरू प्नि आफैँ बुन्थे । जस्तै ऊ बेला सिकार खेल्नका लागि चाहिने बन्दुक, भाला, तीर, बाम्फोक, खुकुरी, चक्कु, हँसिया आदि एवं कृषि कर्मका लागि चाहिने कोदालो, कुटो, फाली, करुवा आदि । त्यस्तै घरायसी कामकाजमा प्रयोग हुने गाग्री, अम्खोरा, फसी, भाँडाकुँडा, थाल, बटुका, लोटा, कचौराहरू पनि कुलुङ जातिभित्रकै मोरोखु, वारोखु, गोक्तुलुलगायत विभिन्न थरका कुलुङ जातिभित्रकै मानिसहरूले बनाउँथे । हिन्दू जात समूहमा जस्तो काम गरेकै आधारमा छुवाछूत गर्ने प्रचलनचाहिँ कुलुङ जातिमा लागू भएको थिएन, छैन ।
प्रतिक्रिया