भँडार खनेर आँगन पुर्नु हुँदैन । आकाशतिर फर्किर थुक्दा आफ्नै सिरमा थुक पर्छ भनेर पनि नबुझ्नेलाई कसरी बुझ्झकी भन्न सकिन्छ । महिला पनि सुझबुझका हुन्छन् र उनमा पनि देशभक्ति हुन्छ भन्ने अनेक उदाहरण छन् । यसको एक उदाहरण बिनु बन्नुभयो । ज्ञान, बुद्धि र उच्च चेतना पदका र ओहदाका ठूला मान्छेमा मात्र हुँदैनन् । सामान्य ठानिएका र गनिएका मानिसमा पनि हुन्छन् । यसको पछिल्लो प्रमाण बिनु हुनुहुन्छ ।
हेर्दा एक सामान्य जस्ती लाग्ने महिला बिनुको भिडियो भाइरल भयो । उहाँले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको विदेश भ्रमणमा नेपालीहरूलाई बेइज्जत गर्न खोज्नु र यस्ता कर्म गर्न उक्साउनु दुवै गलत भनेर दुत्कार्नु भयो, तर अर्कातिर शिक्षा मन्त्रीसमेत भएकी सुमना श्रेष्ठले प्रधानमन्त्रीविरुद्ध नानाभाँती गर्न गराउन अमेरिकास्थित नेपालीलाई उक्साइन् । दुबै महिला हुन्, तर आकाश र जमिनको कति अन्तर । त्यसैले आमा भनेर मात्र हुँदो रहेनछ । प्रितम आमा र पुतना आमा पनि यस धर्तीमा हुँदा रहेछन् । ओलीलाई देशको कार्यकारी प्रमुख भएकाले विदेशमा उहाँलाई बेइज्जत गर्नु देशको इज्जत माटामा मिलाउनु हो भनेर अन्तर्वार्ता दिनुहुन्छ बिनु । तर शिक्षा मन्त्री नै भइसकेकी एक महिला देशको इज्जत र आबरु सडकमा नै उतार्न न्वारानदेखिको बल लगाउँछिन् ।
प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण विषयमा अनेखालका सामाजिक सञ्जाल भाइरल बने । युट्युबलगायत फेस बुक पनि हेरियो । जताततै ओली विरुद्धको फतुरे माहौल खडा गर्न खोजिएको देखियो, तर त्यसमा एक महिला मित्र बिनुले भने मार्मिक कुरा सञ्जालमा उल्लेख गरेको पाइयो । हुन त एक महिलाले उल्लेख गरेको भनेर त्यति उल्लेखनीय नठानिएला तर सामान्य मानिसमा पनि उच्च चेतना, चिन्तन, विचार र व्यवहार हुन्छ भन्नेले यसलाई महत्व नै देलान् । किनकि नेपाल एकीकरण गर्दा यसका मूल अभियन्ता पृथ्वीनारायण शाहलाई आर्थिक सहयोग सजिलै तरिकाले जुटाउने अमूल्य सुझाव दिएका थिए ।
बिनु मेमले ओलीलाई एकोहोरो खेदो पाइलो गर्नेलाई दह्रो झापड दिएको देखियो । उहाँले देशभित्रका विवाद विदेशमा छताछुल्ल पारेर देशको इज्जत माटामा मिलाउन आतुर महान् ठानिएका व्यक्तिलाई झटारो हानेको पाइयो । हुन त कलमलाई नै झटारो ठान्ने पूर्वशिक्षामन्त्री श्रेष्ठमा बिनुको जत्तिको सामान्य विवेक पनि देखिएन । श्रेष्ठले ओलीलाई विदेशमा बेइज्जत गर्न उक्साएको उनैले आफ्नो फेसबुक वालमा राखिन् । यहाँ नारीका दुई परस्पर भिन्न चरित्र देखियो । संसारमा पुतना आमा पनि हुन्छन् भन्ने श्रेष्ठको अत्यन्त दरित्र चिन्तन र तुच्छ चरित्रबाट थाहा भयो भने त्यहाँ बिनुले पुत्र पुत्री कुपुत्र भए पनि माता कुमाता हुन्नन् भन्ने उदाहरण पेस गनर््ुयो ।
बिनुले आफू नेपाली कांग्रेस सम्बद्ध कार्यकर्ता वा नेता भएको बताउनुभयो सन्जालमार्फत्, तर उहाँले विदेशको औपचारिक भ्रमणका बेला अराजक जत्थाले जुन दुव्र्यवहार गर्न खोजे र भएनभएका दुव्र्यवहारलाई सामाजिक सन्जालमा फैलाए, त्यसको बिनुले खुल्ला विरोध गर्नुभयो । यो उहाँको विचार सुन्दा मलाई र मेरो छाती भुक्क भएर फुल्यो । कम्तीमा पनि एक आमा, दिदी वा बहिनी हुनुहुँदोरहेछ जसले पुतना मातालाई पाता फर्काउनुभयो । तर अधिकांश प्रगतिशील महिला न कुनै लेख लेखेर, न कुनै टिप्पणी लेखेर न कुनै मिडियामा बालेर असत्य, अपराध र फरेबको भण्डाफोर गर्छन्, अचम्म छ । काम गर्नु भनेको बेकम्बा विचार र व्यवहारलाई विचारले नै निरुत्साहित पार्नु हो । असत्यलाई फैलन दिएर सत्य स्थापित हुँदैन ।
बिनुले भन्नुभयो, जे जस्तो भए पनि प्रधानमन्त्री देशको प्रमु्ख कार्यकारी हो । यसले देशको प्रतिनिधित्व गरेको हुन्छ । उहाँका अनुसार देशभित्र विभिन्न कारणले प्रधानमन्त्रीको विरोध पनि हुनसक्छ गर्न सकिन्छ । आफ्नै पिताबारे पनि यदाकदा आक्रोश व्यक्त गर्नै सकिन्छ, तर छरछिमेकमा गएर बाबुको बेइज्जती कहिल्यै गरिन्न र गर्नु हुँदैन । उहाँका विचार सामाजिक सन्जालमा मनपरिजस्तो प्रधामन्त्रीविरुद्ध एकोहारो गालीको बौछारविरुद्ध थियो । हुन पनि युट्युबमा प्राडा सुरेन्द्र केसीले एउटा फेक फेसबुकमा आधारित भएर ओलीलाई त जुत्ताले नै हाने रे भनेर हाहा गरेको देखेँ । अर्कातिर भरत दाहाल भन्ने पूर्वमाओवादीले पनि ओलीलाई मनपरी बोलेको सुनेँ । अर्का मुमाराम खनाल भन्ने पनि युट्युबमा बोले । उनले पनि ओली उपर फतुर कुरा भने ।
सिंहदरबार जलाउँछु् भन्ने बालेनको वाह वाह भन्छन्, यस्ता कुरा कुन बुद्धिले भन्छन् । हर्क साङपाङ तमाम धरानेहरूबाट एक्ला भएका छन् ती धरानमा धार्मिक रक्तपात मच्चाउन भित्रभित्रै लागिपरेका छन् तर तिनैको उफ्री उफ्री तारिफ गर्ने पनि हुँदा रहेछन् । महिला वा नारी पहिलो आमा हुन् । उनका आमा हृदय र भावना हुन्छ र हुनुपर्छ । अझ त्यसमा पनि देश भनेको त आमाकी पनि आमा हुन् । आमा सबै सिर्जनाकी खानी ह्ुन् । योगमायाले आफ्ना लागि होइन जनताका न्यायका लागि अरुण नदीमा जलसमाधि लिनुभयो । राणाकालमा असत्य र अन्यायका विरुद्धमा दबाब दिन यस्तो बाटो रोज्नुभयो । हामी खानका लागि बाँचीरहेको जस्तो लाग्छ । घरपरिवारमा ठास्सठुस्स हुन्छ तर तिललाई ताड बनाएर विदेशमा रत्यौली खेल्न हुन्न भन्ने श्रेष्ठलाई थाहा रहेनछ ।
भँडार खनेर आँगन पुर्नु हुँदैन । आकाशतिर फर्किर थुक्दा आफ्नै सिरमा थुक पर्छ भनेर पनि नबुझ्नेलाई कसरी बुझ्झकी भन्न सकिन्छ । महिला पनि सुझबुझका हुन्छन् र उनमा पनि देशभक्ति हुन्छ भन्ने अनेक उदाहरण छन् । यसको एक उदाहरण बिनु बन्नुभयो । ज्ञान, बुद्धि र उच्च चेतना पदका र ओहदाका ठूला मान्छेमा मात्र हुँदैनन् । सामान्य ठानिएका र गनिएका मानिसमा पनि हुन्छन् । यसको पछिल्लो प्रमाण बिनु हुनुहुन्छ । उहाँका उच्च विचार त प्रसिद्ध राजनीतिक विश्लेषक भनेर भाइरल भएका केसी, दाहाल र खनाल संग्रौला थरि प्राडा उपाधि धारीले पनि सिके हुन्छ । बिनुका अनुसार देशभित्रका कुनै कमजोरी र समस्यालाई बेलुन बनाएर आकासमा उडाउँदै देशको बेइज्जत गर्नु हुन्न ।
प्रधानमन्त्री ओलीले एसिड पीडित महिलाका पक्षमा नीति र विधि बनाएर अब आइन्दा त्यस्तो नहुने भए कडा कारबाही गर्ने प्रावधान बनाउनुभयो । नेपालको संविधान (२०७२)जारी नभएको भए नेपालीको हालत के हुन्थ्यो होला । जेलनेल निर्वासनलगायत अनेक हण्डर ठक्कर सहेर लोकतन्त्र गणतन्त्र ल्याएपछिको सहज अवस्थामा नेता हुन सजिलो होला । यस देशमा महिला पनि राष्ट्रपति, सभामुख, उपसभामुख, उपप्रमुख, नेपाल सरकारको प्रथम सचिवलगायत महिला जगत्लाई राष्ट्रिय राजनीतिको नीति निर्माण अधिकार सुनिश्चित गर्ने यिनै पुराना दल होइनन् । यसमा ओलीको महत्वपूर्ण भूमिका छैन ? ओलीलाई आफ्ना सन्तान दरसन्तान र तिनका लागि हुरुक्क हुनु छैन ।
जसलाई देश र जनताको हितभन्दा अरू कुनै पनि स्वार्थ छैन । यति कुरा त अतिसामान्य मानवले पनि जानेको बुझेको विषय हो । अनि प्रधानमन्त्री विरुद्धमा तथानाम भनेर आफूलाई भाइरल बनाउन खोज्नु निकम्वापन हो । हुन त यस्ता दुश्चरित्रका पुरुष पनि छन् । एक टेलिभिजनमा बलराम केसी र शेरबहादुर तामाङको अन्तर्वार्ता सुनियो । त्यहाँ पनि पूर्वन्यायाधीश केसीको विचार सुनेर अचम्मै लाग्यो । एमाले नेता शेरबहादुरले राम्रै जवाफ केसीलाई दिए तर तिनले त्यो कुरा बुझेका र मनन गरेका भए त जाती नै हुन्थ्यो । तर बुझ पचाउनेसित कसैको केही लाग्दो रहेनछ । थेत्तरालाई त मुखै टाल्ने गरी जवाफ दिनुपर्ने रहेछ ।
मन्त्री हुँदैमा माननीय हुँदैमा र न्यायाधीशलगायत अनेक पदमा पुग्दैमा बुद्धि आउँदो रहेनछ । किताब पढेर मात्र ज्ञानी बनिँदो रहेनछ । ओलीले नै पनि जीवनका क्षेत्रका अनेक सामाजिक व्यावहारिक क्षेत्रका अनुभवका आधारमा पनि अनेक शिक्षा पाइन्छ भन्नुभएको छ । त्यसैले अनुभव, ज्ञान र उमेरको ज्येष्ठतासितै ज्ञानको पनि वृद्धि हुँदो रहेछ । कुखरा पालूँ कि, पोइल जाउँ भन्दाभन्दै अमुक एउटा ठूलै चिट्ठा पर्दैमा महान् भइन्न । समी र पोथ्राजस्ता दुवै खालका नरनारी यस धर्तीमा पाइन्छन् । आदरणीय स्रोता र पाठकले निष्पक्ष रूपमा विवेक नगर्ने हो भने पोथ्रा मानवको बिगबिगी बढ्छ ।
प्रतिक्रिया