आन्तरिक पर्यटकको गन्तव्य बन्दै मुगुको सिप्टीचौर

मुगु । मुगुकाे छायानाथ रारा नगरपालिका वडा न ७ मा पर्ने सिप्टी चौर पाटन आन्तरिक पर्यटकहरुको रोजाइमा पर्न थालेको छ । देश कै ठूलो ताल राराताल पुग्दा जुम्लाको बुलबुले क्षेत्र कटेपछी यहि पाटन भएर आउनु पर्ने भएकाले पर्यटकहरु यो पाटनमा नओर्ली रहन सक्दैनन ।

वरिपरि परि घना जङ्गल,पाटनमा चरिरहेका वस्तुभाउ, चराचुरुङ्गीहरुको चिरचिराट अनि हरियो गलैचा विच्छाए जस्तो विचमा पाटन छेउ मै सेतो सडक यस्तो दृश्य देखे कस्को मन नलोभिएला र ? रारा घुम्न आउने पर्य्टकलाइ यो पाटनमा पुगेपछी रमाइलो गर्न र व्यक्तिगत तथा सामुहिक फोटाहरु खिच्न मन लागि हाल्छ ।

सुखेत, नेपालगन्ज भएर गाडीको यात्रा गर्दै रारा गन्तव्य बनाएर आएका पर्यटकहरुलाइ यहि सिप्टिचौरले थकान मेटाउन तथा प्राकृतिक सुन्दरताले स्वागत गर्न बसेको जस्तो लाग्ने गरेको सिप्टिचौरमा भेटिएका रारा घुम्न आएका बर्दिया तारातालका रन्जन शर्माले बताए ।

उनीसँगै बाइकमा सवार बर्दिया कै निकल बस्नेतले भन्नुभयो कर्णालीको विजोक सडक,दुर्गमतामा जटिल यात्रा गर्दै आउदा यहि सिप्टिचौरले सबै कष्ट, दुख्ख भुलाउदो रहेछ । यहाँ पुग्दा लाग्यो बेग्लै संसारमा छौ ।

सिजनमा दैनिक जसो यहाँ प्राकृतिक सुन्दरतामा रमाउन सय दुइसय जना आन्तरिक पर्यटकहरु पुग्ने गरेको छायानाथ रारा नगरपालिका वडा न ७ का निवर्तमान वडा अध्यक्ष हरिचन्द्र शाहीले बताए ।

उनले भने, ‘बर्खा सिजनमा यो पाटनमा गाई, भैँसीका खर्क समेत हुने भएकाले यो पाटन भएर आउने पर्यटकहरुले प्राकृतिक सुन्दरतामा रमाउनुका साथै दहि, दूध, घिउ खान पनि धित मरुन्जेल खान पाउँछन् ।’

पछिन्ल्लो समय रारा पुग्ने पर्यटकहरुको रोजाइमा परेको यो पाटनमा विभिन्न व्यक्ती, कार्यालय तथा संघ सस्थाहरुले उत्सव मनाउने, कार्यक्रम आयोजना गर्ने गर्दै आएका छन ।

यो पाटनबाट सवारी साधन भएर रारा ताल पुग्न १ घण्टा मात्र लाग्ने भएकाले पर्यटकहरु अघिल्लो रात बुलबुलेमा रहेका होटेलमा बास बस्ने विहान १/२ घण्टा सिप्टीचौरमा रमाउने त्यसपछि रारा पुग्ने गरेका छन ।

सिप्टिचौरमा पर्यटक मैत्री भौतिक पुर्वाधारको कुनै पनि विकास गरिएको छ अहिले जे छ त्यो प्राकृतिक मात्र छन । यहाँ पर्यटकहरुलाइ भुलाउने अन्य संरचनाहरु बनाउन सकिएमा पर्यटकहरुको बसाइ लम्विने र मुगु तथा जुम्लाका जनताले यस्को फाइदा लिन सक्ने सामाजिक अभियान्ता मीनरावल बताए ।

उनी हिरिसडेक नेपाल नामक गैर सरकारी सस्थाका सस्थापक अध्यक्ष हुन् । शनिवार उनको संस्थाको १७औँ बार्षिक साधारण सभा तथा ५ औ जिल्ला अधिवेशन यहि सिप्टिचौरमा आयोजना गरिएको थियो ।

प्राकृतिक सुन्दरतासङ्गै रमाउदै कार्यक्रम गर्नुको मजा भनेर साध्य छैन उनले भने, ‘यो ठाउमा जति रमाए उति रमाउ रमाउ र बसौ बसौ लाग्छ । सिप्टिचौर रारा राष्ट्रिय निकुन्ज अन्तरगत मध्यवर्ती क्षेत्रमा पर्ने यहाँ पुग्ने पर्यटकहरुले भने निकुन्जको नियम भित्र रहेर आफ्ना गतिविधी गर्नुपर्ने हुन्छ ।’

प्रतिक्रिया