सिरहा । सिरहामा जिल्ला बाल भेला सम्पन्न भएको छ । सिरहा सदरमुकाममा आयोजित भेलाले मन्दिप महराको अध्यक्षतामा २५ सदस्य जिल्ला बाल सञ्जालको गठन गरिएको छ ।
भेलाले अध्यक्ष मन्दिप महरासहित क्रमशः उपाध्यक्ष दिपिका कुमारी यादव, सचिव सुभ्म सिंह, सहसचिव रञ्जना यादव, कोषाध्यक्ष अशियाना खातुन, सदस्यहरुमा आर्यन महासेठ, मनिष चौधरी, मो. तारिक सम्स, राहुल पासमान, सुमन यादव, राधा कुमारी मण्डल, पिंकी राम, राधिका यादव, पिंकी कुमारी सिंह, सुष्मा यादवलगायत चयन भएका छ्न ।
जिल्ला बाल भेलाका संयोजक नईम राईनको अध्यक्षतामा आयोजित कार्यक्रममा सिरहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे, प्रहरी प्रमुख टेकु नन्द इवा लिम्बू , जिल्ला समन्वय समिति सिरहाका उपसभापति दिलिप लामा, वडा प्रहरी कार्यालय सिरहाका प्रमुख विश्वबाबु बुढाथोकी, मातृभूमि युवा समाज नेपालका अध्यक्ष मनिषकुमार यादव, नेपाल पत्रकार महासंघ सिरहाका सचिव शिवदयाल यादवलगायत व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा वक्ताहरुले आ आफ्ना धारणा राखेका थिए भने अतिथिहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो । उक्त भेला गर्न मुक्ति नेपाल, दलित जन कल्याण युवा क्लब, जागृति नेपाल, मातृभूमि युवा समाज नेपाल, समग्र जन उत्थान केन्द्र, ओरेक नेपाल, सवल नेपाल, आसमान नेपाललगायत संघ संस्थाको महत्वपूर्ण भूमिका रहेको बताइएको छ ।
प्रतिक्रिया