इलाम प्रदेश सभा : एमालेले दुई र माओवादीले एक क्षेत्र गुमायो, कांग्रेस र समाजवादीलाई फाइदा

इलाम । इलामको प्रत्यक्ष तर्फको दुवै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणा सार्वजनिक भएको छ । क्षेत्र नम्बर १ को समानुपातिक तर्फको मतगणना जारी रहेकाले औपचारिक घोषणा हुन मात्र बाँकी छ ।

यसपटकको निर्वाचनमा प्रतिनिधि सभातर्फ नेकपा (एमाले) लाई फाइदा पुगेको छ भने नेकपा (एकीकृत समाजवादी) लाई क्षति पुगेको छ । प्रदेश सभातर्फ भने नेपाली कांग्रेस र एकीकृत समाजवादीलाई फाइदा पुगेको छ । प्रदेश सभामा एमाले र नेकपा (माओवादी) केन्द्रलाई क्षति पुगेको छ ।

प्रतिनिधि सभातर्फ अघिल्लो निर्वाचनमा दुवै क्षेत्र जितेको एमालेले यसपटक पनि जोगाउन सफल भएको छ । पार्टी विभाजनपछि गुमाएको एक सिट प्राप्त गर्न एमाले सफल बनेको छ । इलाम १ बाट एमाले जिल्ला अध्यक्ष महेस बस्नेत र २ बाट केन्द्रीय उपाध्यक्ष सुवासचन्द्र निर्वाचित भएका छन् ।

उता एमाले विभाजपछि एकीकृत समाजवादीमा लागेका पूर्वप्रधानमन्त्री झलनाथ खानल पराजित भएपछि एकीकृत समाजवादीले आफ्नो क्षेत्र गुमाएको छ । यसरी प्रतिनिधि सभामा एकीकृत समाजवादीले क्षति व्यहोरेको छ ।

उता प्रदेश सभातर्फ भने एमालेले अघिल्लो निर्वाचनमा जितेका तीनै क्षेत्र गुमाएर माओवादीले जितेको अर्को एक क्षेत्र मात्र जितेको छ । उसले इलाम १ को प्रदेश सभा ‘क’ र ‘ख’ एवम् २ को प्रदेश सभा ‘क’ गुमाएको छ ।

एमालेले गुमाएको इलाम १ को प्रदेश सभा ‘ख’ र २ को प्रदेश सभा ‘क’ बाट कांग्रेसका उम्मेद्वार निर्वाचित भएका छन् । १ को प्रदेश सभा ‘ख’ बाट कांग्रेसका शम्शेर राई र २ को प्रदेश सभा ‘क’ बाट गोविन्द गिरी निर्वाचित भएका छन् । अघिल्लो निर्वाचनमा कांग्रसले कुनैपनि क्षेत्र जितेको थिएन । यसपटक भने दुई क्षेत्र आफ्नो बनाउन सफल बनेको छ ।

त्यस्तै एमालेले गुमाएको एक क्षेत्र भने विभाजनपछि बनेको एकीकृत समाजवादीले लिन सफल भएको छ । एमालेले गुमाएको इलाम १ को प्रदेश सभा ‘क’ बाट एकीकृत समाजवादीकी खिनु लङ्वा लिम्बू निर्वचित भएकी छन् । उनी अघिल्लो विर्वाचनमा सोहक्षी क्षेत्रबाट एमालेको तर्फबाट निर्वचित भएकी थिइन् । आफूले जितेको सो क्षेत्र समेत एमालेले गुमाएको छ ।

अघिल्लो निर्वाचनमा माओवादी केन्द्रले जितेको क्षेत्र इलाम २ को ‘ख’ मात्र एमालेले जित्न सफल भएको छ । यसअघि माओवादी केन्द्रका धिरेन्द्र शर्मा (रमण) ले जितेको सो क्षेत्रमा एमालेका रामबहादुर मगर राना निर्वचित भएका छन् । माओवादीले सोही क्षेत्र समेत गुमाएको छ ।

प्रतिक्रिया