काठमाडौं । हरियो ट्रयाक सुटमा अनामननगरको छेउमा एक युवालाई त्यतिखेर दखेपछि मलाई लाग्यो ‘हेर हेर यस्ता उनाउ युवाको बिजोग’। त्यसबेला बहुदल आएको तातो ओदान नसेलाउदै फेला परेका यी युवालाई देखेपछि बहुदल भरिएका हाम्रो दिमागमा मज्जाले हाँसो उठेको थियो। त्यो हाँसो अरु कुनै विषयमा होइन, बिचारमा थियो ।
मलाई लाग्थ्यो सकेसम्म यस्ता क्रान्तिकारी युवा कम्युनस्टि हुनु, नभए कांग्रेससम्म हुनु न , भरखरै पञ्चायत फालेको प्रेतात्मालाई जगाउन यिनिहरु किन पूर्ब पचहरुको पार्टीमा लागि रहेछन ?’। म उनलाई भेटन्का लागि गएको थिइन । भेट्न ईच्छा पनि थिएन । तर, कुमार यात्रुका कारण उनीसँग पहिलो भेट थियो त्यो ।
भेट र संगत पछि उनीसंग नजिकको सम्बन्ध रहदै आयो। सबै कुरा मिलेपनि त्यसबेलाको पद्धतिका विषयमा कुरा मिल्दैनथ्यो । सबै विषयमा कुरा मिल्ने तर पार्टीको विषयमा भने पटक्कै कुरा नमिल्ने । उनी कुरैपिच्छे राजसंस्थाको पक्षमा एउटा शब्द खर्चिहाल्थे ।
त्यो सुनेपछि हाम्रो कम्परा तातेर आँउथ्यो । तै पनि ब्यक्तिगत सम्बन्ध भने उनीसँग कहिल्यै बिग्रने । मलाई लाग्थ्यो – मान्छे यस्तो युवा छ, अहिल्यै बन्दुक बोकेर हिँड्ला जस्तो लाग्छ । तर, कुरा गर्दै गएपछि त्यही राजसंस्थाको कुरा गर्ने कस्तो प्रतिगामी रहेछ, यस्तो युवामा त्यस्तो बिचार कसरी आउँछ ?
उनको जीवनकालमा व्यवस्था फेरियो, पञ्चायत गयो बहुदल आयो तर उनको बिचार फेरिएन । राजनीतिमा जसरी उनी प्रवेश हुँदा उनको जस्तो बिचार थियो त्यसबेला पनि त्यो कायम नै थियो ।
बहुदल आएपछि उनलाई राजनीतिको बाटो देखाउनेहरु र उनीभन्दा वरिष्ठहरुले बिचार परिवर्तन गरे । त्यसैकारण सत्ताको तर मारे । तर, त्यसमा उनले काहिल्यै र्याल चुहाएनन् ।
उनी २०४९ देखि २०५४ सम्म राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनको संस्थापक केन्द्रीय अध्यक्ष भए । भरखर बहुदल आएको राप र ताप भएको यस्तो बेलामा उनको यो जिम्मेवारी चानचुन थिएन । उनीहरुलाई देख्दा ढुंगा हान्नका लागि अरुका हात चिलाई हाल्थे ।
उनी राप्रपाको तर्फबाट बहुदलीय व्यवस्थापछिका दुवै स्थानीय निर्वाचनमा तत्कालीन गोलधाप गा.वि.सं. वडा नं ३ को वडाध्यक्ष भए । उनी त्योसँगै राप्रपा झापाको प्रवक्ता र सचिव हुँदै तात्कालीन राप्रपा नेपालको केन्द्रीय सदस्य बने । पूर्वाञ्चल संयोजक र राप्रपाको महामन्त्री, सङ्गठन विभाग प्रमुख राप्रपाको नेपालको के.स., पूर्वाञ्चल संयोजक र राप्रपाको महामन्त्री र सङ्गठन विभाग प्रमुख बने ।
२०६० मङ्सिर देखि २०६१ आषाढसम्म र २०६२ जेष्ठ देखि चैत्रसम्म जि.वि.सं झापाका . सभापति समेत भए ।
उनले प्रतिनिधित्व गर्ने पार्टीका अनेक विभाजन र फुट भए । तर, लिङ्देन बिचारको आधारमा पार्टीमा अडे ।
पार्टीमा कमल थापा अध्यक्ष हुँदा यीनले राप्रपाको महामन्त्रीको जिम्मेवारी पाए । आफ्ना मूल्य र मान्यतामा उनले अध्यक्ष कमल थापासँग सम्झौता गरेरन् ।
कतिपय पार्टीका माथिल्लो निकायमा पदाधिकारी भएकाहरुले चम्चाको काम गर्ने गरेका छन् । तर यीनले त्यो काम गरेनन् । उनले केवल महामन्त्रीले गर्नूपर्ने काम गर्दै आए । उनले चम्चाको काम गरेको भएअहिले पनि कमल थापा नै अध्यक्ष हुन्थे होलान् ।
नेताको चम्चा नबन्ने पाएको जिम्मेवारी पुरा गर्ने बानीका कारण कमल थापा आफै बाहिरिएर अलगै पार्टी खोले। यिनले राप्रपाको महाधिेवेशनमा अध्यक्ष रहेका कमल थापासंग चुनाव लडेर जिते। संविधानसभाको पहिलो निर्वाचनमा राप्रपाल समानुपतकि तर्फबाट ४ सिट पायो ।
२०७० सालको निर्वाचनमा राप्रपाले समानुपतिक तर्फबाट २४ सदस्य जितेको थियो यसको एउटै कारण थियो– हिन्दू राष्ट्रको मुद्दा । तर, तत्कालीन अध्यक्षले त्यसलाई क्यास गर्न सकेनन् । जनताले गरेको विश्वासको पोकोलाई त्यसबेलाको नेतृत्वले जोगाउन सकेन ।
कतिपय सबालमा उही सत्ता लेन देनको सबाल बनाए। जसका कारण २० सिटको पार्टी २०७४ सालको निर्वाचनमा खुम्चीएर १ सिटमा झर्यो । त्यो एक सिट जित्ने पनि सौभाग्याशाली नेता थिए – लिङ्देन। उनले त्यसबेला पनि झापा – ३ बाट नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई हराएका थिए ।
अहिले पनि उनै सिटौलालाई हराएर लिङ्देन सिंहदरवार प्रवेश गर्ने भएका छन् । नेपालमा गणतन्त्रको स्थापनापछि उनले राप्रपालाई पहिलो पल्ट राष्ट्रिय पार्टीको हैसियत दिलएर सिंहदरवार प्रवेश गर्दैछन् । यसरी प्रवेश गर्नुको कारण उनको नेतृत्व हो भन्नेमा कुनै विवाद छैन ।
२४ सिटको पार्टीलाई एक सिटमा झार्ने नेतृत्वले मात्र होइन, उनको नेतृत्व शैलीलाई ठूला दलले पनि पाठ सिक्नुपर्ने भएको छ । चुनावअघि उनले गरेका केही बाचाले मतदाताको मन छुन पुग्यो । भ्रष्टाचार गर्नु र आमाका रगत खानु एउटै हो भन्ने र प्रदेश सरकार खारेजीको एजेण्डाले जनताको मन छोएको देखिन्छ ।
हजुरबाउ र बाउ पुस्ताका उमेरको नेता कार्यकर्ताको बाहुल्य रहेको राप्रपालाई एक तन्नेरीले नेतृत्व दिदा सफल हुन्छ भन्ने उदाहारण हो लिङ्देन । पाखुरा हुदैमा र उमेर थोरै हुदैमा मात्र पनि युवा हुदैन त्यसका लागि बिचार चाहिन्छ भन्ने कुरा लिङ्देन उदाहारण बनेका छन् ।
नयाँं बन्दुक युवा हो भने त्यस भित्रको बारुद बिचार हो भन्ने उदाहारण नेपालको निर्वाचनमा देखा पर्दैछन् । त्यसकारण युवा मात्र भएर पुग्दैन, सुझबुझ र बिचार पनि सँगै चाहिन्छ भन्ने केही उदाहारण नेपालको राजनीतिमा देखा पदैछ। त्यसैले भनिन्छ– सिंहले नेतृत्व गरेको भेडाको बथानले भेडाले नेतृत्व गरेको सिंहको बथानलाई जित्न सक्छ ।
लिङ्देन अध्यक्ष भएपछि उनले सरकार र प्रतिपक्षको कडा आलोचना गर्दै आईरहेका थिए । उनले आफूलाई संसदमा जिताउन सहयोग गर्ने एमाले पार्टी र त्यसको नेतृत्वको समेत आलोचना गरेका थिए। त्यसको जवाफ दिँदै एमाले अध्यक्ष केपी ओलीले उनीबारे टिप्प्णी गरेका थिए ‘पुराना गोरुको दाँजोमा सुरुमा नयाँ बाच्छो अलि बढी नै कुद्छ’ ।
प्रतिक्रिया