मुगु । मुगुबाट प्रदेश (१) मा नेकपा एमालेका उम्मेदवार जितबहादुर मल्ल विजयी भएका छन् । आज बिहान सम्पन्न मतगणनाको नतिजा अनुसार मल्लले ६ हजार ६ सय १८ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीकाका उम्मेदवार गोपाल बहादुर बमले ५ हजार ५ सय ७५ मत ल्याएको निर्वाचन अधिकृत दिल कुमार बर्देवाले जानकारी दिए ।
यही मंसिर ४ मा सम्पन्न भएको निर्वाचनमा उक्त निर्वाचन क्षेत्रमा खसेको कूल १२ हजार ६ सय ९९ मत खसेको थियो ।
मुगु
प्रतिक्रिया