मुगु– १ (२) मा माओवादीका उम्मेदवार मंगलबहादुर शाही विजयी

मुगु । मुगुको निर्वाचन क्षेत्र नम्बर १ प्रदेश (२) मा नेकपा माओवादी केन्द्रका उम्मेदवार मंगलबहादुर शाही विजयी भएका छन् ।

आज बिहान सम्पन्न भएको मतगणनाको नतिजाअनुसार शाहीले ८ हजार ४ सय २९ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कर्णबहादुर मल्लले ४ हजार ८ सय ८४ मत ल्याएको निर्वाचन अधिकृत दिलकुमार बर्देवाले जानकारी दिए ।

यही मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा उक्त निर्वाचन क्षेत्रमा १३ हजार ८ सय ८१ मत खसेको थियो ।

प्रतिक्रिया