काठमाडाैं । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ नेकपा एमालेले १७ लाखभन्दा बढी मत प्राप्त गरेको छ । निर्वाचन आयोगले शनिवार विहान ५ बजेसम्म अद्यावधिक गरेको मतपरिणाम अनुसार एमालेले १७ लाख १७ हजार ३६ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले १६ लाख ३२ हजार ६६४ मत प्राप्त गरेको छ ।
घण्टी चिह्न भएको राष्ट्रिय स्वतन्त्र पार्टीले ७ लाख ४५ हजार ५६१ मत प्राप्त गरेको छ भने नेकपा माओवादी केन्द्रले अहिलेसम्म ७ लाख १९ हजार ३७२ मत प्राप्त गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३ लाख ७८ हजार २३३, जनता समाजवादी पार्टी (जसपा) नेपालले २ लाख ४ हजार ७२४, नेकपा एकीकृत समाजवादीले १ लाख ४८ हजार २१७ र नागरिक उन्मुक्ति पार्टीले १ लाख लाख ३३ हजार ५०४ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया