कैलाली-२ मा झपटबहादुर रावललाई पराजित गर्दै नागरिक उन्मुक्ति पार्टीका अरुणकुमार चौधरी विजयी

धनगढी । कैलाली निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार अरुणकुमार चौधरी विजयी भएका छन् । चौधरी आफ्ना निकटतम प्रतिष्पर्धी एमालेका उम्मेदवार झपटबहादुर रावललाई पराजित गर्दै विजयी भएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार नागरिक उन्मुक्ति पार्टीका चौधरीले २१ हजार ८७१ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिष्पर्धी एमालेका रावलले १६ हजार १२८ मत प्राप्त गरेका छन् ।

त्यस्तै माओवादी केन्द्रका भगतबहादुर बड्वालले १५ हजार ११६ मत प्राप्त गरेका छन् । सो क्षेत्रमा अघिल्लो निर्वाचनमा एमालेका रावल विजयी भएका थिए

प्रतिक्रिया