कैलाली–५ प्रदेशसभा (क)बाट माओवादी केन्द्रका रमेशसिंह धामी विजयी

धनगढी । कैलाली निर्वाचन क्षेत्र नं.५ प्रदेशसभा (क)बाट नेकपा माओवादी केन्द्रका नेता रमेशसिंह धामी विजयी भएका छन् । धामी नेकपा एमालेका उम्मेदवार नेपालु चौधरीलाई पराजित गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका माओवादी केन्द्रका धामीले ९ हजार ३८७ मत प्राप्त गरि विजयी भएका छन् । उनका निकटतम प्रतिष्पर्धी एमालेका चौधरीले ९ हजार २६२ मत प्राप्त गरी पराजित भएका छन् । सो क्षेत्रबाट गत निर्वाचनमा एमालेका चौधरी निर्वाचित भएका थिए ।

प्रतिक्रिया