धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका डिल्लीराज पन्त विजयी भएका छन् । पन्त आफ्ना निकटतम प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार नारदमुनि रानालाई पराजित गर्दै विजयी भएका हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका पन्तले २१ हजार ३९२ मत प्राप्त गरी विजयी भएका छन् ।
उनका निकटतम प्रतिष्पर्धी एमालेका रानाले २० हजार ३१८ मत प्राप्त गरी पराजित भएका छन् । अघिल्लो निर्वाचनमा एमालेका राना सो क्षेत्रबाट कांग्रेस नेतृ डा. आरजु राणा देउवालाई पराजित गर्दै विजयी भएका थिए ।
कैलाली
प्रतिक्रिया