रुकुम पश्चिममा माओवादी केन्द्रको सानदार जित

रुकुम पुर्व । रुकुम पश्चिमका एक प्रतिनिधी र दुई प्रदेशसभामा निर्वाचन क्षेत्रमा माओवादी केन्द्रका सबै उम्मेदवारले जित हासिल गरेका छन । प्रतिनिधी सभामा माओवादी केन्द्रका उम्मेदवार जनार्दन शर्मा ३९ हजार ५ सय ४९ मत सहित विजयी भए । शर्माले प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार नन्दराम देवकोटालाई २६ हजार ५ सय ८८ मतान्तरले पराजित गरे । पराजित देवकोटाले १२ हजार ९ सय ६१ मतमा चित्त बुझाए ।

प्रदेश सभा (क) मा माओवादी केन्द्रका उम्मेदवार महेन्द्र केसी विजयी भएका छन् । केसीले जम्मा १९ हजार ३३ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी एमालेका नारायणकुमार शाहले ८ हजार ८१ मत ल्याए । केसी र शाहबीचको मतान्तर १० हजार ९ सय ५२ रह्यो ।

प्रदेश (ख) मा पनि माओवादी केन्द्रकै उम्मेदवार विजयी भएका छन् । माओवादी केन्द्रका राजकुमार शर्माले एमालेका कर्णबहादुर घर्ती मगरलाई १२ हजार ८२ मतले पछी पार्दै विजयी भए ।

शर्माको कुल मत २० हजार १ सय ६० रहेको छ । पराजित भएका घर्तीले जम्मा ८ हजार ७८ मत ल्याएका छन । २०७४ को निर्वाचनमा पनि यहाँ माओवादी केन्द्रले नै जितेको थियो ।

मदन विसी

रुकुम पूर्व

प्रतिक्रिया