रूकुम पश्चिममा फराकिलो मतान्तरले अर्थमन्त्री जनार्दन शर्मा विजयी

रुकुम पुर्व । रूकुम पश्चिममा अर्थमन्त्री जनार्दन शर्मा विजयी भएका छन् । माओवादी केन्द्रका नेता समेत रहेका शर्माले नेकपा एमालेका नन्दराम देवकोटालाई फराकिलो मतान्तरले पराजित गरे । शर्माले २६ हजार ५८८ मतान्तरसहित चुनाव जितेका हुन् ।

शर्माले ३९ हजार ५४९ मत ल्याउदा उनका निकटम प्रतिद्वन्द्वी देवकोटाले १२ हजार ९६१ मत ल्याएका छन् ।

रुकुम पश्चिमका दुबै प्रदेश निर्वाचन क्षेत्रमा माओवादीका उम्मेदवार विजयी भएका छन ।

मदन विसी

रुकुम पूर्व

प्रतिक्रिया