प्रतिनिधिसभा समानुपातिकतर्फ : एमाले र कांग्रेसको सात लाख बढी

काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फ दुई वटा दलले सात लाखभन्दा बढी मत पाएका छन् । बिहीबार रातिसम्मको मतगणना अनुसार, नेकपा एमाले र नेपाली कांग्रेसले समानुपातिकतर्फ सात लाखभन्दा बढी मत पाएका हुन् । नेकपा एमालेले हालसम्म ७ लाख ४१ हजार २ सय ५२ मत पाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले भने ७ लाख ११ हजार ७ सय १२ मत पाएको छ । निर्वाचनअघि मात्र स्थापना भएको दल राष्ट्रिय स्वतन्त्र पार्टी समानुपातिकतर्फ तेस्रो स्थानमा छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले हालसम्म ३ लाख ५४ हजार ७ सय ७२ मत पाएको छ । नेकपा माओवादी केन्द्रले हालसम्म ३ लाख २७ हजार ८ सय ९१ मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि १ लाख ९० हजार ३ सय ८९ मत प्राप्त गरेको छ ।

अन्य दलले भने एक लाख मत पनि पु¥याउन सकेका छैनन् । जनता समाजवादी पार्टी (जसापा)ले ९९ हजार ८ सय ५२ मत पाएको छ । सीके राउत नेतृत्वको जनमत पार्टीले हालसम्म ५९ हजार ९ सय ६९ मत पाएको छ ।
यसैगरी नागरिक उन्मुक्ति पार्टीले ५५ हजार ६ सय ८० मत प्राप्त गरेको छ । नेपाल मजदुर किसान पार्टीले ५३ हजार १ सय १६ मत प्राप्त गरेको छ । नेकपा एकीकृत समाजवादीले भने हालसम्म ४९ हजार ३ सय ७१ मत पाएको छ ।

प्रतिक्रिया