काभ्रे । काभ्रे जिल्लाको प्रतिनिधि सभा २ को प्रदेशसभा (क) बाट नेकपा एसका लक्ष्मण लम्साल प्रदेशसभा सदस्यमा विजयी भएका छन् । लम्सालले आफ्ना निकटतम प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार कुमार खकुरेललाई १ सय ८८ मतान्तरले पराजित गर्दै विजयी भएका हुन ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय धुलिखेलका अनुसार नेकपा एसका लम्सालले १९ हजार ४ सय ९ मत प्राप्त गरि प्रदेश सभा सदस्यमा विजयी भएका हुन । उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका साझा कुमार खकुरेलले १९ हजार २ सय २० मत प्राप्त गरेका छन् । अघिल्लो ०७४ को निर्वाचनमा सोही क्षेत्रबाट अहिले विजयी भएका लम्साल नेकपा एमाले बाट प्रदेश सभा सदस्यमा नै विजयी भएका थिए । लम्साल एमाले पार्टी विभाजन हुँदा नेकपा एसमा बसेका थिए । अहिले विजयी लम्साल उनी बाम लोकतान्त्रिक गठबंधनका साझा उम्मेद्वार हुन् ।
प्रतिक्रिया