चन्द्रपुर । रौतहटको प्रतिनिधीसभा क्षेत्र नम्बर ४ मा दोस्रो पटक निर्वाचित हुँदै नेपाली कांग्रेससका नेता देवप्रसाद तिमल्सिनाले इतिहास रचेका छन् ।
तिमल्सिनाले २०७४ मा एमालेका डा. बन्शिधर मिश्रलाई ५ हजार २ सय २५ मतान्तरले हराएका थिए भने २०७९ को निर्वाचनमा एमालेकै उद्धब रेग्मीलाई ७ हजार ६ सय २ मतान्तरले हराएका छ्न् ।
नेता तिमल्सिनाले ३४ हजार १ सय ६१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी उद्धब रेग्मीले २६ हजार ५ सय ५९ मत प्राप्त गरे । यो क्षेत्रमा दुई पटक निर्वाचित हुने तिमल्सिना पहिलो उम्मेदवार बन्दै इतिहास रच्न सफल भएका हुन् ।
यस्तो छ क्षेत्र नम्बर ४ को इतिहास
२०४८ सालमा एमालेका डा. बन्शिधर मिश्र विजयी भएका थिए भने २०५१ सालमा कांग्रेसका उद्धब ढकाल विजयी भएका थिए । २०५६ सालमा कांग्रेसका प्रकाश कोइराला विजयी भएका थिए । २०६४ सालको पहिलो संविधानसभा चुनावमा माओवादीका देवेन्द्र पटेल विजयी भएका थिए ।
२०६८ सालको दोस्रो संविधानसभाको चुनावमा एमालेका रामकुमार भट्टराई विजयी भएका थिए । २०७४ मा कांग्रेसका देवप्रसाद तिमल्सिना विजयी भएका थिए भने पुनः २०७९ सालको चुनावमा देवप्रसाद तिमल्सिनानै विजयी भएका छ्न् ।
राैतहट
प्रतिक्रिया