जनताको भावना अनुसार काम गर्छु : सूर्य थापा

प्युठान । नव निर्वाचित प्रतिनिधि सभा सदस्य एवं नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य सूर्य थापाले जिल्लाको विकासका लागि आफनो पहलकदमी रहने प्रतिवद्धता जनाएका छन् । उनले जनताको भावना अनुसार काम गरेर जिल्लाको विकासलाई गति दिने बताएका हुन् ।

प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि मतदातासँग भेट्दै उनले भने,‘मतदाताको आर्शिवादलाई कार्यकाल भरी सदैव आफ्नो मार्गदर्शनको रुपमा लिएर काम गर्नेछु ।’ सदरुमकाम खलंगा पार्टी चोकमा भएको कोण सभामा बोल्दै उनले प्यूठान जिल्ला पछाडी परेको र यसलाई विकासको उचाईमा पु¥याउन काम गर्ने बताए ।

आफूले चुनावमा जनाएको प्रतिवद्धता र ५२ सूत्रिए विकासको एजेण्डालाई प्राथमिकता दिएर काम गर्ने दोहो¥याए । सुखी नेपाली, समृद्ध नेपालको अभियानसँग जोड्दै प्यूठानलाई समेत सुखी प्यूठानी, समृद्ध प्यूठानको रुपमा अघि बढाउने उनको भनाई छ । ‘चुनाव लड्दा हामी विभिन्न पार्टीबाट उम्मेदवाट प्रतिस्पर्धा गरेका थियौ,’ उनले भने,‘चुनाव जितिसकेपछि हामी जिल्लाकै साँझा हौं ।’

नेता थापाले पाँच हजार तीन सय ४ मतले जित हासिल गरेका हुन । उनले ४१ हजार १ सय १८ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले ३५ हजार ८ सय १४ मत प्राप्त गरिन ।

त्यसैगरि प्रदेश निर्वाचन क्षेत्र नं. १ मा नेकपा एमालेका तुल्सीराम शर्मा विजयी भएका छन् । उनले २० हजार २ सय १० मत प्राप्त गरे भने प्रतिस्पधी गठबन्धनबाट नेकपा(माओवादी केन्द्र)का कृष्ण अधिकारीले १७ हजार ६ सय २७ मत प्राप्त गरे ।

त्यसैगरी, प्रदेश निर्वाचन क्षेत्र न.. २ मा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार सरोज थापा(रोज राणा) विजयी भएका छन् । उनले २२ हजार ५ सय १८ मत प्राप्त गरे भने प्रतिस्पर्धी नेकपा (एमाले) का हरि प्रसाद रिजालले २० हजार ८ सय ७ मत प्राप्त गरे ।

जिल्लामा प्रतिनिधि सभा तर्फ एक निर्वाचन क्षेत्र र प्रदेश सभा तर्फ दुई वटा निर्वाचन क्षेत्र रहेको छ । १ लाख ५९ हजार ७ सय ६० मतदाता मध्ये ८८ हजार ९ सय ९८ मत खसेको थियो ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया