नवलपुर– १ बाट कांग्रेसका शशांक कोइराला विजयी

काठमाडौं । नवलपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रसका केन्द्रीय सदस्य तथा पूर्वमहामन्त्री डा. शशांक कोइराला विजयी भएका छन् । उनी एमालेका कृष्ण पौडललाई २ हजार ८२ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।

डा. कोइराला यो क्षेत्रबाट लगातार चौथो पटक निर्वाचित भएका छन् । उनी २०६४, ७०, ७४ र यो पटक गरी एउटै निर्वाचन क्षेत्रबाट लगातार विजयी भएका हुन् ।

उनी नवलपुर क्षेत्र नम्बर १ बाट एमालेका पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजन गौतमसँग प्रतिस्पर्धा गरेका थिए ।

डा. कोइरालाले २७ हजार १ सय २७ प्राप्त गर्दा एमालेका पौडेलले २५ हजार ४३ र स्वतन्त्र पार्टीका राजन गौतमले २३ हजार ३ सय १ मत प्राप्त गरेको निर्वाचन कार्यालय नवलपुरले जनाएको छ । साथै, क्षेत्र नम्बर २ मा एमालेका तिलक महत क्षेत्री र कांग्रेसका विष्णुकुमार कार्की प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया