नवलपरासी पश्चिमबाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवार बस्नेत विजयी

नवलपरासी । नवलपरासी पश्चिमको क्षेत्र नम्बर २ (१) मा स्वतन्त्र उम्मेदवार खड्क बस्नेत विजयी भएका छन् । बस्नेतले प्रतिद्वन्द्वी राप्रपाका उम्मेदवार आशिष प्रधानलाई ७१ मतको मतान्तरले पराजित गरेका हुन् ।

बस्नेतले १२ हजार ४४९ मत ल्याएका छन् भने राप्रपाका उम्मेदवार प्रधानले १२ हजार ३७८ मत ल्याएका छन् । तेस्रोमा एमालेका थानप्रसाद गैरेको ८ हजार ८८४ मत छ ।

माओवादी केन्द्रबाट टिकट नपाएपछि बस्नेतले स्वतन्त्र उम्मेदवारी दिएका थिए । सत्तारुढ गठबन्धनको समर्थनमा नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह हँसिया हथौडा लिएर चुनाव लडेका पूर्व संविधान सभा सदस्यद चिनक कुर्मी भने २ हजार २९ मत पाएर छैटौँ स्थानमा रहे ।

कुर्मीको जमानत जफत भएको छ । जमानत जोगाउन सदर मतको १० प्रतिशत आवश्यक छ । कुर्मी २०६४ सालको संविधान सभा सदस्य निर्वाचनमा माओवादीबाट नवलपरासीबाटै निर्वाचित भएका थिए ।

पछि डा. बाबुराम भट्टराइले पार्टी विभाजन गरेपछि भट्टराइतर्फ लागेका थिए । चौथो र पाँचौंमा क्रमशः राष्ट्रिय उन्मुक्ति पार्टी र लोसपाका उम्मेदवार रहे । कुल ३७ हजार ९५२ मत खसेको प्रदेश सभामा ७ राजनीतिक दल र ४ स्वतन्त्र गरी ११ जनाले उम्मेदवारी दिएका थिए ।

प्रतिक्रिया