डडेल्धुरा प्रदेशसभा (क) बाट माओवादीका खगराज भट्ट विजयी

धनगढी । डडेल्धुरा प्रदेशसभा (क) बाट नेकपा (माओवादी केन्द्र) का नेता खगराज भट्ट प्रदेशसभा सदस्यमा विजयी भएका छन् ।

भट्टले आफ्ना निकटतम प्रतिष्पर्धी नेकपा एमाले उम्मेदवार पठानसिंह बोहरालाई २ हजार ९१७ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार माओवादी केन्द्रका भट्टले १२ हजार ११२ मत प्राप्त गरि विजयी भएका छ्न् ।

उनका निकटतम प्रतिष्पर्धी एमालेका बोहराले ९ हजार १९५ मत प्राप्त गरेका छन् । अघिल्लो निर्वाचनमा सो क्षेत्रबाट एमालेका बोहरा विजयी भएका थिए ।

प्रतिक्रिया