लमजुङ । लमजुङको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका टकराज गुरुङ निर्वाचित भएका छन् ।
गुरुङले १ हजार १६१ मतान्तरले नेकपा एमालेका जमिन्द्रमान घलेलाई हराएका हुन् । गुरुङले १८ हजार ५०४ र एमालेका घलेले १७ हजार ३४३ मत पाएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अप्सरा साहले १ हजार १८, मंगोल नेशनल अर्गनाइजेसनका बृखबहादुर तामाङले ४५६ मत र जनता समाजवादी पार्टी नेपालकी सरस्वती गुरुङले ११५ मत पाएकी छन् ।
लमजुङ
प्रतिक्रिया