भक्तपुर– १ मा नेमकिपाका प्रेम सुवाल विजयी

भक्तपुर । प्रतिनिधिसभातर्फ भक्तपुर क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का उम्मेदवार प्रेम सुवाल तेब्बरभन्दा बढी मतान्तरले विजयी भएका छन् ।

भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको सभाकक्षमा आज सम्पन्न प्रत्यक्ष तर्फको मतगणनाको परिणाम अनुसार उनी ४२ हजार सात सय ६१ मत ल्याएर विजयी भएको मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले बताए ।

सुवालका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का नवराज गेलालले ११ हजार ९ सय ६८ मत ल्याएका छन् । नेमकिपाका प्रजापतिले एमालेका गेलाललाई ३० हजार सात सय ९३ को मतान्तरले पछाडि पार्दै प्रतिनिधिसभामा दोस्रो कार्यकालका लागि प्रवेश गरेका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका भरतबहादुर खड्काले ९ हजार ३ सय ३ मत प्राप्त गरे भने सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) का सुनिल गोठे बासुले पाँच हजार दुई सय ८३ मत ल्याएको मुख्य निर्वाचनत अधिकृत बास्तोलाले जानकारी दिनुए । समानुपातिकतर्फको मतगणना भने जारी छ ।

प्रतिक्रिया