पाँचथर (क) मा एकीकृत समाजवादीका जवेगू विजयी

पाँचथर । प्रदेशसभा सदस्य तर्फ क्षेत्र (का) मा सत्तारुढ गठबन्धनका उम्मेदवार कमल जवेगू विजयी भएका छन् ।पाँचथर प्रदेशसभा (क) तर्फ नेकपा (एकीकृत समाजवादी) का कमलप्रसाद जवेगू विजयी भएका हुन् ।

जवेगूले १६ हजार ८३७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिष्पर्धी नेकपा (एमाले) का राजकुमार भण्डारीले १६ हजार २०४ मत प्राप्त गरे । जवेगू एकीकृत समाजवादी पाँचथरको अध्यक्ष तथा भण्डारी एमाले पाँचथरको अध्यक्ष हुन् ।

प्रतिक्रिया