दाङमा एमालेका शंकर पोखरेललाई हराउँदै गठबन्धनकी रेखा शर्मा विजयी

काठमाडौंं । दाङ क्षेत्र नम्बर २ बाट नेकपा एमाले महासचिव शंकर पोखरेललाई हराउँदै वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट माओवादीकी नेतृ रेखा शर्मा विजयी भएकी छन् ।

माओवादी नेतृ रेखा शर्मा २ सयभन्दा कम मतान्तरले विजयी भएकी हुन् । त्यस्तै एमाले महासचिव शंकर पोखरेल दोस्रो स्थानमा रहे ।

शर्माले २६ हजार ८ सय ७७ मत ल्याउँदा पोखरेलले २६ हजार १ सय ८९ मत प्राप्त गरे । दुई नेताबीचको अन्तर १९६ मत रहेको छ । मतपरिणामको औपचारिक घोषणा भने हुन बाँकी छ ।

प्रतिक्रिया