नयाँ सुपर स्प्लेन्डर सार्वजनिक

काठमाडौं । हिरो मोटोकर्पले नेपालमा आफ्नो उच्च वृद्धि रणनीतिलाई निरन्तरता दिँदै नयाँ सुपर स्प्लेन्डर सार्वजनिक गरेको छ । प्रिमियम बोल्ड डिजाइन र नवीनतम प्रविधिका साथ नयाँ हिरो सुपर स्प्लेन्डर सुपर–पावर, सुपर–माइलेज र सुपर–कम्फर्टको तेब्बर प्रतिज्ञाका साथ ल्याइएको हो ।

यसले परिष्कृत ईन्धन दक्षता प्रदान गर्ने र यसलाई नयाँ डिजी–एनालग क्लस्टर, इन्टिग्रेटेड यूएसबी चार्जर, साइड–स्ट्यान्ड इन्जिन कट–अफ र रिफ्रेस लुकजस्ता रोमाञ्चक नयाँ सुविधाहरूले पावर–प्याक गरिएको हिरो मोटोकर्पले जनाएको छ ।

यो मोटरसाइकल देशभरका हिरो मोटोकर्पका डिलरसिपमा २ लाख ६६ हजार रुपैयाको आकर्षक मूल्यमा उपलब्ध हुने पनि कम्पनीले जनाएको छ । नेपाल हिरोका लागि एक प्रमुख बजार हो । आफ्नो पोर्टफोलियोमा नयाँ सुपर स्प्लेन्डर थपिएसँगै यसले आफ््नो उत्पादन पोर्टफोलियोलाई थप मजबुत बनाएको दाबी कम्पनीले गरेको छ ।


हिरो मोटोकर्पले सन २०१० मा नेपाल जनरल मार्केटिङ प्राइभेट लिमिटेड (एनजिएम) लाई आफ्नो आधिकारिक वितरक नियुक्त गरि नेपालमा प्रवेश गरेको थियो । यसले नेपालमा ८२ डिलरसीप, ९३ सर्भिस सेन्टर र ९१ भन्दा बढी स्पेयर पाट्र्स आउटलेट सहित २ सय ६६ भन्दा बढी सम्पर्क स्थानमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

हिरोका उत्पादनमा एचएफ डिलक्स, स्प्लेन्डर प्लस, सुपर स्प्लेन्डर, ग्ल्यामर, ग्ल्यामर एक्सटेक, हंक १ सय ५०आर, एक्सट्रीम १६०आर, एक्सट्रीम २००आर, प्लेजर, माएस्ट्रो एज, डेस्टिनी १२५, माएस्ट्रो एज १२५, एक्सपल्स २०० टी र एक्सपल्स २०० फोरभी रहेका छन् ।

सुपर स्प्लेन्डरको साथ सवारी चालकले सवारी र कनेक्टिभिटीको कार्य पहुँच छिटो र छरितोरूपमा प्राप्त गर्न सक्दछ । इन्टिग्रेटेड यूएसबी चार्जिङ पोर्टका साथै डिजी–एनालग स्पिडोमिटरले रियल टाइम माइलेज इन्डिकेटर, सर्भिस सेड्युल रिमाइन्डर र लो फ््युल इन्डिकेटर पनि उपलब्ध गराउने उल्लेख छ । नयाँ सुपर स्प्लेन्डरमा १२५ सीसी, एयर कुल्ड, ४ स्ट्रोक, सिंगल सिलिन्डर इन्जिन रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया