लमजूङ । लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिकामा पर्यटन प्रवद्र्धन गर्न दोस्राे हामखोला महोत्सव आयोजना गरिएको छ । उक्त महोत्सवमा साइकल र्याली बेसीशहर देखि भुलभुले हुँदै ङादीबजारसम्म साईकल र्याली गरिएको हो ।
मर्स्याङ्दी गाउँपालिका ८ भुलभुले स्थित हामखोला झरनामा दुईदिन पर्यटन प्रबद्र्धनका लागि दोस्रो महोत्सव आयोजना गरिएको छ । सोही अवसरमा र्यारलि आयोजना गरिएको हो । सदरमुकाम बेसीशहर देखि सुरु भएको साईकल र्यालीको बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले उद्घाटन गर्दै साईकल यात्रीलाई वधाई एवं यात्रा सफलताको शुभकामना दिएका थिए ।
सो अवसरमा उनले साईकल यात्रा प्रभावकारी हुने साथै वातावरण मैत्री र आर्थिक हिसाबले पनि कम र्खचिलो हुने बताए । साईकल सकरात्मक सन्देशमुलक कार्य भएकाले सरोकारवालाहरुले यसलाई निरन्तरता दिँदै अघि बढाउनु पर्नेमा उनले जोड दिए ।
हामखोला छहरा व्यवस्थापन समितिका अध्यक्ष प्रमोद घलेको अध्यक्षतामा भएको सो कार्यक्रममा पर्यटन व्यवसायी एवं लमजुङ उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष रामकुमार श्रेष्ठ लगायत व्यवसायी र सञ्चारकर्मीको सहभागिता रहेको थियो । साईक्लिङ एशोसियसन लमजुङका अध्यक्ष ध्रुवराम प्रधानको अगुवाईमा एकदर्जन साईकल यात्रीले सहभागिता जनाएका छन् ।
गाउँपालिकाले सम्वृद्ध, आधुनिक, हराभरा मर्स्याङ्दी गाउँपालिकाको आधार, कला संस्कृतिको संरक्षण, कृषि, पर्यटन, उर्जा र पूर्वाधार भन्ने नारा तय गरेको छ । गाउँपालिकामा पर्यटन र पर्यटकीय गतिविधि वृद्धि गर्ने लक्ष्यका साथ महोत्सव आयोजना गरिएको गाउँपालिका अध्यक्ष गुरुङले बताए ।
लमजुङ
प्रतिक्रिया