म्युजिक एन्ड फेसन अवार्ड प्रदान

काठमाडौं । तेस्रो संस्करणको नेपाल म्युजिक एन्ड फेसन अवार्ड २०२२ सम्पन्न भएको छ । गीत संगीततर्फ ४१ विधा र फेसनतर्फ ८ विधामा अवार्ड प्रदान गरिएको हो । यो वर्षको सर्वोत्कृष्ट आधुनिक गीत गायकको अवार्ड यश कुमारले ‘तिम्रो मन बदलिएछ’ बाट र गायिकाको अवार्ड कमला रिसालले ‘आमाको काखै प्यारो’ बाट जित्न सफल भए । ‘धनबीर’ गीतबाट अञ्जु पन्तले वर्षको पपुलर गायिका र यसै गीतबाटै बी पाण्डेले सर्वोत्कृष्ट गीतकारको अवार्ड हात पारे । महिला गीतकारको अवार्ड ‘यस्तो माया’ बाट निशा अर्याल, संगीतकारको अवार्ड ‘बलेको आगो’ बाट सुनिल राईले प्राप्त गरे ।

आधुनिक गायकको अवार्ड राजकुमार सिंह र गीतकारको अवार्ड प्रकाश योञ्जनले पाउन सफल भए । यस्तै, आधुनिक गीतको भिडियोतर्फ सर्वोत्कृष्ट पुरुष मोडलको अवार्ड ‘जोगी बनायौं’ बाट रमेश थापा, महिला मोडलको अवार्ड ‘तिम्रो आकर्षण’ बाट प्रतीक्षा काफ्ले, म्युजिक भिडियो निर्देशकको अवार्ड ‘एकै नजरमा’ बाट केशवराज भट्ट, कोरियोग्राफरको अवार्ड ‘झिमिक झिमिक’ बाट संदीप भुजेल र भिडियो निर्देशक डायस्पोराको अवार्ड प्रभु गुरुङले पाए ।

वर्षको सर्वाधिक लोकप्रिय गीतको अवार्ड ‘टाढा भए पनि’ गीतबाट गायिका अस्मिता अधिकारी, वर्षकै लोकप्रिय पुरुष मोडलको अवार्ड ‘तातो गोली २’ बाट निश्चल बस्नेत र वर्षकै लोकप्रिय महिला मोडलको अवार्ड ‘टाढा भए पनि’ बाट मल्लिका महतले चुमे । वर्षको सर्वोत्कृष्ट युगल मोडलको अवार्ड ‘खुसी साटौं’ गीतबाट सविन श्रेष्ठ र अनु शाहले जित्न सफल भए ।

अवार्ड समारोहमा सर्वोत्कृष्ट लोकदोहोरी गीत भिडियो निर्देशकको अवार्ड ‘बरको हाँगो’ बाट निरेन श्रेष्ठ, भिडियो निर्देशनमै जुरी अवार्ड दीपेन्द्र तिमल्सिना, सर्वोत्कृष्ट लोकदोहोरी गीत भिडियो नृत्य निर्देशकको ‘अवार्ड चिया पकाउ’ बाट सुवास बुढाथोकीले हासिल गरे । सर्वोत्कृष्ट राष्ट्रिय गीतको अवार्ड गायक पूर्णबहादुर राईले ‘हाम्रो साझा हिमाल’ गीतबाट, सर्वोत्कृष्ट गजल गायनको अवार्ड ‘तिम्रो याद’ बाट सानुबाबु महर्जन र गजलमा जुरी अवार्ड ‘अँधेरीमा’ बाट सुवर्णकुमार श्रेष्ठले पाउन सफल भए ।

पपतर्फ सर्वोत्कृष्ट गीतकारको अवार्ड ‘मुना तिमी’ बाट विश्व गौंडेल, सर्वोत्कृष्ट गायकको अवार्ड ‘सास’ बाट अंकित श्रेष्ठ, गायनमै जुरी अवार्ड ‘मन त यो हरामी’ बाट चिरञ्जिवी भण्डारी र पब्लिक च्वाइस अवार्ड ‘मेरी डल्ली’ बाट नवीन पौडल, गायिकाको अवार्ड ‘मन बुढो भएन’ बाट बेनिशा पौडल, संगीतकारको अवार्ड सरोज प्याकुरेल, महिला गीतकारको अवार्ड प्रतिमा गुरुङले पाए ।

यस्तै, पपतर्फ भिडियो पुरुष मोडलको अवार्ड ‘ओ मेरो’ बाट प्रकाश श्रेष्ठ, जुरी अवार्ड ‘तिम्रो नाममा’ बाट रञ्जित सिन्जाली मगर, पपगीत महिला मोडलको अवार्ड ‘पागल बन्दैछु’ बाट मेलिन गुरुङ, आधुनिक पपगीत महिला मोडलको अवार्ड ‘म तिमै हुँ’ बाट साक्षी लम्साल, पपगीत भिडियो निर्देशकको अवार्ड ‘पागल बन्दैछु’ बाट लक्षु गौतम, पपगीत कोरियोग्राफरको अवार्ड ‘पूर्वदेखि’ बाट कृष्ण रसाल र नवमोडलको अवार्ड विकाश विश्वकर्माले जिते । यस्तै, मौलिक गीतको अवार्ड गदरसा (थारु लोक) गीतबाट निकिता बिकले हासिल गरिन् ।

यसैगरी, लोकगीत विधातर्फ सर्वोत्कृष्ट गायनमा ‘असारै मास’ बाट अलिफ खान, म्युजिक भिडियोतर्फ पुरुष मोडलको अवार्ड ‘जाला जोवन’ बाट सागर लम्साल (बले), महिला मोडलमा ‘चर्को घाम’ बाट सञ्चिता शाही, भिडियो निर्देशनमा ‘कोल्की हाम्रो गाउँ’ बाट उमेश गुरुङ, म्युजिक भिडियो कोरियोग्राफरको अवार्ड ‘सालीज्यू’ बाट जोगेन्द्र केसी र सर्वोत्कृष्ट लोक पपगीत महिला मोडलको अवार्ड घरमा ‘आइस्यो’ बाट सृष्टि खड्काले हात पार्न सफल भइन् । यस्तै, लोकदोहोरी विधातर्फ सर्वोत्कृष्ट गायकको अवार्ड ‘मुख छोपी रुन’ बाट कृष्ण कँडेल, गायिकाको अवार्ड ‘करिमैको दोष’ बाट चन्दा अर्याल, संगीतकारको अवार्ड ‘हजुर मुसुक्कै’ बाट सुरेश अधिकारीले जिते । लोकदोहोरी गीत म्युजिक भिडियोतर्फ सर्वोत्कृष्ट पुरुष मोडलको अवार्ड ‘भुरुरु उडेर चरी’ बाट कृष्ण सापकोटा, पुरुष मोडलकै जुरी अवार्ड जीतबहादुर रावत, महिला मोडलको अवार्ड साया भण्डारी, लोकदोहोरी गीत भिडियो सम्पादकको अवार्ड राजकुमार मगरले प्राप्त गरे ।

यस्तै, भाषाभाषीतर्फ तामाङ भाषाको गीत अवार्ड ‘माथि माथि’ बाट राजशुक्र लिम्बु, थारु भाषाको प्रतिस्पर्धामा गीतकार, संगीतकार र गायक गरी तीनवटै अवार्ड ‘सखिया हो’ बाट राजेन्द्र शर्माले चुमे । नेपाल भाषातर्फ गीतकारको अवार्ड ‘बुलु बुल’ बाट उत्तम मानन्धर, सर्वोत्कृष्ट संगीतकारको अवार्ड बुलु बुलुबाटै जुगल डंगोल र गायकको अवार्ड नुगः या मिखाबाट सानुबाबु महर्जनले प्राप्त गरे ।

कार्यक्रमको जुरीमा गायक सिताराम पोखरेल, गीतकार डब्बु क्षत्री, संगीतकार दीपक शर्मा, राजेन्द्र बजगाईं, गायक कृष्ण भट्टराई, संगीतकार शंकर थापा ‘स्माइल’ र ध्वनी सम्पादक मनोज परियार थिए । यसैगरी, फेसनतर्फ पेजेन्ट कोरियोग्राफरको अवार्ड अश्विनीकान्त झा, बेस्ट मेकअप आर्टिस्ट (मेल) अवार्ड टेकराज पान्डे, मेकअप आर्टिस्ट (फिमेल) अवार्ड जमुना पुन, बेस्ट फेसन मोडल (मेल) को अवार्ड रणधीर शाह, पिजेन्ट डिरेक्टर (मेल) अवार्ड निशुकान्त झा, पिजेन्ट डिरेक्टर (फिमेल) अवार्ड प्रतिमा कार्की र इभेन्ट म्यानेजमेन्ट कम्पनी अफ द इयर अवार्ड रिबन इन्टरटेनेमन्टले हासिल गरे ।

नेपाली गीत संगीत तथा पत्रकारिता क्षेत्रमा योगदान दिएको भन्दै पत्रकार कुवेर गिरी, पत्रकार तथा चलचित्र निर्माता कमला जोशी, गीतकार कमल सरगम चौलागाई, गीतकार सुरेन्द्र महर्जन (अमर), गायक नाम्जा भोटे, अभिनेता सागर घिमिङ, कोरियोग्राफर अजय स्याङतान, गायक नारायण थापा, दीलिप केसी, गायिका सुनिता गुरुङ, संगीतकार योगेन्द्र उपाध्याय निरौला, मोडल ज्ञानेन्द्रबहादुर खड्कालाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा पूर्वउपराष्ट्रपति परमानन्द झाले गीत संगीत तथा फेसन क्षेत्रका स्रष्टालाई अवार्ड प्रदान गर्दै उनीहरुलाई आफ्नो क्षेत्रमा लाग्न आफूले अझ हौसला बढाएको बताए । नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले यस्ता अवार्ड कार्यक्रमले गीत–संगीतको बजारलाई अझैमाथि उठाउन पुग्ने बताए । स्टार वन इन्टरटेनमेन्ट र विलक्षण क्रिएसनद्वारा आयोजित समारोहमा कार्यक्रमको उद्देश्य र औचित्यबारे कार्यक्रम निर्देशक बालकृष्ण पोखरेल र प्रबन्ध निर्देशक सरिता भारतीले प्रकाश पारे ।

प्रतिक्रिया