काठमाडौं । के एल दुगड गु्रप अन्तर्गतको हेल्दी वाइट घरेलु सामानको अग्रणी ब्रान्ड, स्काईवर्थले नेपालमा इन्भर्टर डाइरेक्ट ड्राइभ मोटरको साथ आफ्नोे ‘सेभेन स्टार प्रो वाश टेक्नोलोजी’ सार्बजनिक गरेको छ । उच्च टिकाऊ र एड्भान्स्ड इनभर्टर डाइरेक्ट ड्राइभ मोटरसँग रहेको १० वर्षको वारेन्टीले यसको आयुलाई जनाउने गरेको छ । स्मार्ट एप्लिकेसन नेशनल सेल्सका प्रमुख भास्कर मुननकर्मीका अनुसार यी सुसज्जित सुविधाले बहुमूल्य ग्राहकलाई १० वर्षका लागि पिस अफ माइन्ड प्रदान गर्ने छ ।
७ मोसन टेक्नोलोजीले अधिक सजिलैसँग कपडालाई स्वतन्त्र रूपमा ड्रम भित्र जानका लागि सहयोग गरी लुगा धुने कार्यलाई निकै सहज बनाउने छ । इन्भर्टर डायरेक्ट ड्राइभ मोटर सीधै ड्रममा जोडिएको हुन्छ । यस्ले कम आवाज, राम्रो स्थिरता, उच्च स्थायित्व र ऊर्जा बचत प्रदान गर्ने पनि जनाएको छ । स्काईवर्थ ७ मोशन डीडी वाशिंग मेशिन अब तिन नयाँ मोडल इप ८०१२ जीआरडी, यप ८०१४ जीआरडी, यफ ९०१४ जीआरडीे ८ केजी र ९ केजी क्षमतामा डार्क सिल्वर कलरमा उपलब्ध रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया