काठमाडौं । विश्वका विभिन्न देशमा रहेका इलामेली स्रष्टाको भर्चुअल जमघट सम्पन्न भएको छ । पहिलोपटक अन्तर्राष्ट्रिय इलामेली भर्चुअल साहित्यिक भेटघाट कार्यक्रममा नेपाललगायत भारत, हङकङ, दुबई, कोरिया, बेल्जियम, अमेरिका, क्यानडा लगायतका देशमा बसोबास गरेका चार दर्जन बढी इलामेली स्रष्टाले भर्चुअल प्रविधिमार्फत कविता वाचनसमेत गरेका थिए । इलाम विकास समाज काठमाडौंले संयोजन गरेको सो कार्यक्रमको उद्देश्य सिर्जनामार्फत देशलाई चिनाउने रहेको थियो । समाजका अध्यक्ष राधेश्याम लेकालीले कार्यक्रमको उद्देश्य र महत्वमाथि प्रकाश पार्दै समाजको आगामी कार्यक्रमबारे जानकारी गराएका थिए । उनले भने, ‘विश्वमा छरिएर रहेका इलामेली स्रष्टालाई एकस्थानमा जमघट गराइ साहित्यिक रसास्वाद गराउने लक्ष्य राखेर कार्यक्रमको आयोजना गरिएको हो ।’
कार्यक्रममा इलाम समाज प्रदेश १ का अध्यक्ष कृष्ण शाहले धन्यवाद ज्ञापन गर्दै ग्लोबल मिट कार्यक्रमबारे बताएका थिए । यसैगरी सोही समाजका सचिव अर्जुन भट्टराई र सदस्य पुष्पा खनालले कार्यक्रम सञ्चालन गरेका थिए । त्यस्तै, डम्बर पहाडी, प्राज्ञ नन्दु उप्रेती, धरणीप्रसाद गौतम, दीपक गौतम, रविन्द्र भट्टराई, ईश्वर श्रेष्ठ, टिका आत्रेय, देवी पन्थी, गणेश पराजुली, विजेन्द्र गुरुङ, प्रकाश थाम्सुहाङ, डा. चूडामणि खनाल, सचित राई, द्रोण पराजुली, गङ्गा बस्नेत, शोभा घिमिरे, बालकुमारी घिमिरे, प्रेमसागर चापागाईं, यादवप्रसाद अधिकारी, शकुन्तला भूषाल, डा. सञ्जिव सापकोटा, सागर सुवेदी, अशोक वान्तवा, सुलोचना कर्माचार्य, सागर सुवेदी, मुकुल कायस्त लगायतले आआफ्नो रचना वाचन गरेका थिए ।
कार्यक्रममा समाज कल्याण परिषदका कोषाध्यक्ष लोकनाथ सुवेदी, मोहनभक्त राजलवट, प्रदीप घिमिरे, जनक सिह, मोहन सुवेदी, यशोदा कायस्त, जितेन्द्र बस्नेत, वसन्त खान, वसन्त वान्तवा, रविन लामा, जानकी प्रधान, अन्जना दुवे, गंगाप्रसाद श्रेष्ठ, तिलोत्तमा खत्री, सकुन खत्री आदिको उपस्थिति रहेको थियो भने कार्यक्रम ३ घण्टा बढी चलेको थियो ।
प्रतिक्रिया