मेरो प्यारो गाउँ कति राम्रो ठाउँ
बिगार्ने भए यी नेताले सुन्दर–सुन्दर गाउँ ।
यता हे¥यो हरियाली उता खोलानाला
यो ठाउँको हरियाली सुन्दरताको माला ।
यता हे¥यो सगरमाथा उता गोसाइँकुण्ड
नेपाललाई अशान्तिको नामै दिनुहुन्न ।
नेपालीको आँखामा छ स्वयम्भूनाथ
त्यसकै मुनि रहेको त्यो काठमाडौंको फाँट ।
काठमाडौंको बीचमा छ पशुपति नाथ
पर्यटक आउँछन् घुम्न यहाँ एकै साथ
पर्यटकले मनपराउने बुद्ध जन्मेको गाउँ
गौतम बुद्ध जन्मिएका यही नेपाली ठाउँ ।
रसुवागढी रहेको छ नेपालीको साथ
गोसाइँकुण्ड रहेको छ नेपालीको माझ ।
सीता अनि भृकुटी छन् नेपालीको साथ
यिनीहरूले बनाएका छन् हामीलाई महान् ।
चौध अञ्चल पचहत्तर जिल्ला छ राम्रो
जे भए नि राम्रो राम्रो संस्कृति छ हाम्रो ।
नेताहरूको कामै छैन लिन्छन् दामैदाम
भिख माग्छन् विदेशीसँग बेच्छन् हाम्रो नाम ।
पैसा जति उडाउँछन् हेलिकप्टर चढेर,
जनताहरू बसेका छन् सडकमा लडेर ।
छुवाछूत र अन्धविश्वासको नामै दिनुहुन्न,
नेपालीलाई नेपालीको साथ टुट्न दिनु हुुन्न ।
भाषण मात्र दिने नेता कामै छैन यहाँ,
भाषणसँगै दिनुपर्छ हामीलाई न्याय ।
सबैभन्दा अग्लो स्थानमा तलेजुको ताल
सबैभन्द डरलाग्दो गण्डगीको छाल ।
प्रतिक्रिया