इलाम, १७ असार । मंगलबार राती परेको अविरल वर्षाका कारण इलामका धेरै स्थानमा क्षति भएको छ । वर्षास“गै परेको चट्याङले लागेर दानाबारीमा एक बालिकाकोे मृत्यु भएको छ । मृत्यु हुनेमा दानाबारी–४ की १४ वर्षीया करुणा राई रहेको प्रहरीले जनाएको छ ।
यस्तै वर्षापछि आएको बाढीले बगाएर ल्याएको अवस्थामा महमाई–९ स्थित माईखोलामा एक व्यक्तिको शव फेला परेको छ । सो शव चुलाचुली–६ का ४८ वर्षीय फूर्वा शेर्पाको रहेको प्रहरीले बताएको छ । यस्तै महमाई भएर बग्ने माईखोलामा आएको बाढीले बगाउ“दा महमाई–९ का ५३ वर्षीय सूर्यकुमार राई बेपत्ता भएका छन् । वर्षापछि खोलामा आएको बाढीले महमाईकै माईखोलामा मे १ ज २८०१ नम्बरको टयाक्सी डुबेको छ ।
उता रातभर भारी वर्षापछि पहिरो झर्न थालेपछि शान्तिपुर–५ सिरिसेका ३० घरपरिवार विस्थापित भएका छन् । सो क्षेत्रमा पहिरो जाने क्रम नरोकिएपछि ३० परिवारलाई सुरक्षित स्थानतर्फ सार्न अनुरोध गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी डिएसपी प्रकाश रानाभाटले बताए । आपतकालीन अवस्था आइपर्ने सम्भावना भएपछि उक्त क्षेत्रमा नेपाल रेडक्रस सोसाइटीमार्फत ३० थान टेन्ट लगिएको जनाइएको छ ।
यस्तै पहिरोका कारण कोल्बुङ–२ का मिलन राई र सूर्योदय नगरपालिका–२ का जरल सुब्बाको घर पहिरोले पुरेपछि ती परिवार पनि विस्थापित भएका छन् । सो क्षेत्रका पाँच घर पहिरोको उच्च जोखिममा परेको छ । लक्ष्मीपुर–७ का चुडामणि पौड्याल र द्रोण कट्टेलको घर पनि पहिरोले पुरेको छ । यस्तै गोदक–२ का जितबहादुर सोराली, गोदक–३ का बमबहादुर सोरालीको घर पहिरोको जोखिममा परेको प्रहरीको भनाइ छ ।
अविरल वर्षाकै कारण मेची राजमार्गको विभिन्न स्थानमा पहिरो झरेर बाटो अवरुद्ध भएको छ । अवरुद्ध बाटो खुलाउने काम बिहानैदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले गरिरहेका छन् । राजमार्गको इलाम–झापा सीमावर्ती किटेनीदेखि कन्याम हर्कटेसम्म गएका ७ स्थानका पहिरोहरू ५ घण्टाभित्रमा हटाई यातायात सुचारु गरिएको छ । तर गोदकदेखि माइखोलासम्म गएका ३÷४ स्थानका पहिरो हटाउने काम भइरहेको छ । सो पहिरोहरू स्काभेटरको सहायतमा हटाइ“दै आएको प्रहरीले जनाएको छ ।
यस्तै वर्षापछि खोलामा आएको बाढीले गोदक र चिसापानी गाविस जोड्ने करफोक खोलाको पक्की पुल बगाएको छ । पुल बगाएपछि दक्षिणी क्षेत्रका आधा दर्जन गाविसस“ग इलाम सदरमुकामको सम्बन्ध पनि टुटेको छ ।
प्रतिक्रिया